गजल 'जाउँ

खुशी मिल्छ भने डाँडै,काटेर जाऊ !
मन मुटु अन्त कतै,साटेर जाऊ !!

मुटु मिले सोच मिले तन मिल्दैथ्यो 
(आवाज् मिले धड्कन् मिले तन नि मिल्दैथ्यो,)
धोकेवाज् न  पर्‍यौ आखिर फाटेर जाऊ !!

जुट्ला साथ  बस्ला माया मन मिले त,
प्रेमील् डोरी  नौला-नौला,बाटेर जाऊ !!

रच्दै छौ रे  नयाँ नाता  हल्ला चल्या छ,
थाहा छैन  भनी अझै, ढाँटेर जाऊ !!

बाग बिच  असुरक्षित  'मञ्जरी' देख्दा,
यता उती  झारपात काँडा,छाँटेर जाऊ !!

कथा 'पहिलो भेट'

                                              कथा 'पहिलो भेट'
       आज निक्कै दिन पछी केही लेख्ने जाँगर चल्छ कि जस्तो छ, सोचे एउटा कथा किन नलेखु, लेख्न त लेख्ने तर सधैं मेरो समस्या पात्रको खोजी.... मन पर्ने पात्र खोज्दै आज आफ्नै क्याम्पसे जीवन सम्म पुग्न मन लाग्यो, अनी तुरुन्तै दिमागले सम्झना पनि दिलायो, मेरो एक प्रिय पात्र... जो मेरो कथामा धेरै जसो भिन्न भिन्न भूमिकामा  पात्र  बनेर आउथ्यो, तर आज उस्लाई कुनै कल्पनिक पात्रको भूमिका नदीई उसलाई बस्तविक पात्र बनाउने मनले  कथात्मक ढाँचामा उसैको जीवनमा घटेको एक सत्यतालाई आफ्नो कल्पनाशिलताले रङ्ग्याई उतार्ने कोशीस गरे.... मेरो प्रिय पात्र तिमीलाई धन्यवाद, आज फेरी तिमी पात्र बनेर आयौ...
       ठिक साढे दुईबजे  उस्ले मलाई भेट्ने समय दिएकी,, ठमेलकै कुनै  क्याफेमा, मनमनै फुरुङ्ग पर्दै आफुले आफैलाई निक्कै ह्यान्डसम देखाउने झुटो कोशिस गर्दै थिए बिहानै बाट...  मनमा एक  प्रकारको उमङ्ग त थियो सँगै  डर पनि किनकि जीन्दगीको २४ औ बसन्त पार गरिसकेको म आज सम्म पनि कुनै मान्छे सँग खुलेर बोल्न सक्दिन,,,, क्याम्पसे जीवन बाटै  अलिक लजालु थिए, कयौ पटक आफ्नै सह-पाठीहरु बाटै म जिक्याईएको छु ... क्याम्पस पछीका केही बर्ष बितिसक्दा  पनि मेरो बानीमा खासै परिवर्तन  आएको  थिएन... अफिस मा पनि संगैका स्टाफहरु सँग  बसेर गफ गर्न मैले कहिल्यै जानिन न त घरमै पनि ... सोधेको कुराको उत्तर दिनु बाहेक म सँग बोल्ने कुरा अरु केहि हुदैनथ्यो  ... त्यसैले बर्षमा एक दुई पटक म घर जादा पनि अल्पभाषिको नाम पाउथे आफ्नो  लागि....  आमा बाबा अनि दाजु र छिमेकीहरुबाट .... तर कोहि भने ''धेरै पढे भनेर आफैमा घमण्डी भा को खुबै कत्ति न आफैलाई ठुलो मान्छे भए भन्ने ठान्दो हो'' यो पनि मैले नसुन्नु परेको भने पक्कै होइन तर मलाई जसले जे भनोस वास्तै काहाँ थियो र ... आज पनि सजिलै  उ सँग भेट्न म कसरी तयार हुन्थे र  उसैले  बारम्बार फोन, म्यासेज अनी मेल बाटै भेटु कि भेटु भनी, कती दिन बाहाना पार्नु, के के बाहाना पार्नु, भनेर आजलाई हुन्छ भने....  एउटी केटीले भेटौ  भनेर यस्तो हत्ते गर्दा पनि भेट्न नजाने आफु देखि आफैलाई हाँसो लाग्यो,  अनि आफै  देखि लाज पनि कि कति सम्म आँट नभएको  रहेछु म भनेर ...
       ढिलो भयो भने फेरी के होला उस्ले के भन्ली  भनेर झन्डै पाँच मिनेट पहिले नै म क्याफे पुगेर उसलाई कुर्न थाले ... दुई बज्ना साथै आँखा यता उता गर्दै ढोका सम्म पुगीरह्यो तर त्यहाँ आउने सबै जसो मा कुनै पनि उ देखिन मैले ... हुन त  हाम्रो पहिलो भेट हुँदै थियो ...तर पनि  फोटो सम्म भने मैले उसको फेसबुकको भित्ताभरी आफै सँग  आफै लुकी लुकी धेरै पटक हेरी सकेको थिए ...एकै छिनमा दुईजना (ति मध्ये एक मैले फोटोमा चिनेकी जसलाई म कुर्दै थिए र  अर्की नौली ) आए... मैले फोटोमा चिनेकी चै मौन छे, अर्की  हाँस्दै  आई म अप्ठ्यारोमा परे कारण नौली  पो हाँसी...  आफुले चिनेकी  घोस्सेमुन्टो लाएर  बसेकी छ.... म अलमल्लम परे त्यै हाँस्ने  अझ मुस्कुराउन्दै भन्छे मलाई त तपाई यसरि भेटिनुहुन्छ भन्ने लागेकै थें,न ... म चुपचाप रहे... उ फेरी बोल्दै गई थाहा छ म त तपाईलाई भेट्न कति उत्सुक थिए, तर तपाई त कुराकानी मा जस्तै चुप चुप बस्नु हुँदो रहेछ त है...  मलाई उकुसमुकुस भयो अब पनि नसोधी त भएन भनेर सोधे तर म त यँहालाई चिन्दिन त... के हजुर मलाई चिन्नु हुन्छ? मेरो कुराले हाँस्दै उस्ले भनि 'च्याट र फोन मा को सँग त' ??? मैले अर्की चुपचाप घोप्टोमुन्टो पारेर बस्ने तिर ईसारा गरे, मेरो ईसारा पाएर उसले तर्सेको आँखाले हेर्न थाली, म भने अझै चक्रब्युहमा फस्दै गए झैँ भए... त्यसपछि उ फेरी बोली त्यँहा कुरा गर्ने म हुँ तर त्यो आईडी उसको हो अनि मोबाईल नम्बर चै मेरो हो...हजुर संग कुरा गर्ने म हुँ ..... हजुरलाई मिसकम्युनिकेशन होला भनेर साथी पनि लिएर आकी....अब  मैले के बोल्नु पर्ने हो आफैलाई थाहा थिएन, त्यसैले म चुप रहेँ.... एक मन त लाग्यो कति बेला उठेर कोठामा पुगौ झैँ, तर त्यति साहस पनि आएन त्यसैले मुर्तिवत भई त्यहिँ बसिरहे .... मन भने कोठामा पुगिसकेको थियो ... उ मलाई कहाँ  पढ्ने,कुन लेबलमा पढ़नुहुने?,के पढ़नुहुने?.अफिस काहाँ ?  काम के सबै सोध्दै थिइ, मलाई एउटै जवाफ दिने मन भएन, तर म बाध्य थिए मन नलागी नलागी पनि उसको प्रश्नहरुको जवाफ दिई रहे... उसकी साथि( फ़ोटोकी )  चुप थिई ...
     करिब एक घण्टा पछी मैले भने अब म निस्किन्छु है, एउटा सानो काम पनि सक्नु छ... भन्दै आफुलाई त्यहाँ बाट छुटकारा दिलाउने झुटो कोशिस गरे किनकि ... यो जानाजानी बाहाना थियो तर पनि मलाई त्यहाँ बाट निस्किनु थियो .... अहिल्यै !! उस्ले भनि एकै छिन त बस्नुहोस न फेरी भेट कहिले पो होला र ... मलाई उसको यो कुराले मन खलबल पार्यो म भने उम्कन खोज्दै छु उ त फेरी भेट्ने कुरा पो गर्छे  हे भगवान ! म कहाँ  फसे भनेको जस्तो लाग्यो..आफैले आफैलाई धिक्कारे ...
     त्यहाँबाट निस्केर कोठासम्म अनेकौ कुरा मनमा आए ....आउन पनि दिए.. एक मन सोचे आ ... किन यति धेरै कुरा खेलाउदै छु म ति दुई का  बारेमा ''दोबाटोमा भेटिएका ति फेरी अर्को दोबाटोमै छुट्ने न हुन'' भनेर मनलाई सम्झाउन खोजे... तर त्यो मुन्टो झुकाउनेलाई भुल्नै पो सकिन के मलाई तिनी मन पो पर्न थालिन ? ... हेर केटा यो केटीको  चक्कर तिर नलाग तैले आफु को हुँ, अनि त यहाँ के को लागि छस नभुल, तेरा बाबा आमाले के के सोचेका छन् थाहा छ नि  सबै भन्दै आफुले आफैलाई झपार्दै बसे, तर मन कुन्नि के पो भाको हो मन मान्दै मान्दैन त ....
       भेटिएका आईडीहरुमा म्यासेज लेखु भने त्यै अर्की क्यार क्यार कराएर झिझो लागाउनेले हेर्ली...नगरौ भने उसलाई कसै गरि भेट्ने मन छ .... यदि उसले पनि मलाई याद गरेकी भए अनि उ आफैले म सम्म कुनै माध्यम बाट आफुलाई उपस्थित गराईदेओस् भन्ने कामना मनमा अईरह्यो... के त्यस्तो होला त ???  कतै सुरु हुनु पहिलेनै सकिने त होइन मेरो प्रेम कहानी ... भित्र कुनामा कतै छट्पट छट्पट भएको अनुभव हुन थाल्यो... तै पनि आफुलाई सके सम्म सम्झाउन  तिर लागे... तर अन्तर मनमा त्यो मुन्टो झुकाएर बस्नेले राज गरिरही....
     आज यो कुरा लेखिरहँदा पनि उ म भित्र उसैगरी राज गर्दै छे... आज उसलाई यहाँ बाटै यो भन्छु कि तिम्रो मनमा पनि म प्रति केहि भावना छन् भने,  तिमी म सम्म आउने कोशिस गर्नु, म तिमीलाई पर्खने छु .... यदि चाहन्छ्यौ भने मलाई केहि माध्याम देउ, तिमी  सम्म पुग्ने ... तिमी चाहन्छ्यौ भने सबै सम्भव छ, मैले देखेको मेरो सपना पनि पुरा हुनेछन...तिमीलाई भेट्न मैले गरेको पहिलो र अन्तिम कोशीस यही हुनेछ... सबै भन्दा उपयुक्त मध्यम पनि....तिमी सम्म यो पुग्ने नै छ,मैले फेसबुकको भित्ताभरी यस्लाई टाँस्ने छु, कारण तिमी सम्म यस्लाई पुर्‍याउनु नै हो, चाहे ति तिम्री बोलक्कड साथीकै माध्यम बाटै किन नहोस्, तर मलाई मेरा यि कुरा तिमी सम्म पुगाउनु नै छ  अनी मेरो मन भन्छ तिमीले मलाई चिन्नेछौ पनि, म तिम्रो जुनसुकै प्रतिक्रियाको लागि तयारीमा राख्ने छु आफुलाई ...

गजल :-'तिम्रो शहरमा'

रहर जत्ती सुकाको छु, तिम्रो शहरमा !
ईच्छाहरु लुकाको छु, तिम्रो शहरमा !!

चिन्दिन म भन्यौ,माफी भए गल्ती तिम्रा,
आँफै शिर झुकाको छु,तिम्रो शहरमा !!

नाता मेरा कोही छैनन्, र त ओहदामा,
थुप्रै मौका चुकाको छु,तिम्रो शहरमा !!

बनावटी देखे सबै,अनी यस्तो गरे,
हाँसो मात्रै फुकाको छु, तिम्रो शहरमा !!

अप्ठ्यारोमा पर्‍यो कोही,हाँस्ने मिल्छ निहुँ,
धेरै मन दु:खाको छु,तिम्रो शहरमा !!

भरिन थाल्छन् आँखा

आउँछौ जब सम्झनामा, भरिन थाल्छन् आँखा !
छाउँछौ जब कल्पनामा, भरिन थाल्छन् आँखा !!

यो माया थियो साँच्चै चोखो, तैपनी टाढिनु पर्‍यो,
धाउँछौ जब सपनामा, भरिन थाल्छन् आँखा !!

अनिँदा रात कती कती, दिनमा भेटिने आश,
ल्याउँछौ जब तर्कनामा, भरिन थाल्छन् आँखा !!

शुन्य छ

शुन्य छ शहर अचेल !
शुन्य छ रहर अचेल !!

तिम्लाई फेरी भेटौँला,
शुन्य छ ठहर अचेल !!

रात भो चित्कारमयी,
शुन्य छ प्रहर अचेल !!

बन्नेछ दुनियाँ  रुखो ,
शुन्य छ नहर अचेल !!


घटेको यो  जिजिबिषा ,
शुन्य छ जहर अचेल !!

गजल:-''छैन अब''

तिम्रै हुँला भन्ने अठोट, छैन अब... 
घाईते मुटु तर चोट, छैन अब...

जता ततै धोका मात्र पाईन्छ किन ? 
ओत खै? भर पर्दो बोट, छैन अब... 

दुनियाँ जाली गर्छ सधैं छल मात्रै...
सक्छौ भन्न मायामा खोट, छैन अब...  

कहाँ छिन मुना ? न त देख्छु मदन... 
अलिनै छ चुलो के भोट, छैन अब...

तिम्रै हुँला भन्ने अठोट, छैन अब... 
घाईते मुटु तर चोट, छैन अब...

गजल :-'' मन लुकाउँछन यहाँ''

जानेरै, मन लुकाउँछन यहाँ...
छानेरै, घाऊ दुखाउँछन यहाँ...


पराई माझ  पनि आफन्त कोही ...
मानेरै, पिर फुकाउँछन यहाँ...


शिखर पुग्न आँट्यो एउटा भने...
तानेरै, उँधो झुकाउँछन यहाँ...


दुनियाँ स्वर्थी थियो, छ, र रहला...
हानेरै, तीर चुकाउँछन यहाँ... 

कथा :- ''गुमनाम पात्र ''

     लप्सीफेदीको उकालो लाग्दै गर्दा उस्ले मलाई एक्कासी सोधी '' तपाईले बिहे किन नगर्नु भएको अहिले सम्म??'' म के जवाफ दिने आँफैमा अलमल्ल परे किनकी, ऊ बाट यस्तो प्रश्न आउँला मैले सोच्दै नसोचेको  ... उसलाई टार्ने बिचार गर्दै भने हतारो किन गर्नु र होइन? मैले यो भनि नसक्दै तुरुन्तै उस्ले भनि ''अब त बेला पनि त हुन थाल्यो नि होइन र ??'' मैले पनि  उसलाई अल्मल्याउने उदेश्य राख्दै भने '' काहाँ लेखेको छ कि बिहे गर्ने यति बर्ष हो त्यस पछी ढिलो हुन्छ भनेर '' मेरो जवाफले एकै छिन ऊ मौन देखीई....मैले बाईक निरन्तर कुदाईरहें .. ढुंगा छापिएको बाटो अनि त्यो बाटोको शुन्य अनुभव भएको मलाई केहि असजिलो भने पक्कै लाग्दै थियो तै पनि ऊ सँगको यात्रा अनि त्यो दिन भरी मैले उसको साथ पाउँने कुराले थोरै खुशी पनि थियो...
     कार्तिक निख्रदो अनी मंसिर लाग्दो भएकाले  उपत्यकामा जाडो बढिसकेको थियो.. हामी उपत्यकालाई पछाडी छोड्दै केहि उचाई जाँदै भएकाले चिसो झन झन बढ्दै थियो... घना जंगल को बिच बिचै रहेको उक्त बाटोमा चिसो हावा चल्दै थियो.. जति जति उकालो बढ्दै गयो हाम्रो लागि नयाँ  नयाँ वातावरण देखा पर्न थाल्यो... निक्कै रोमान्चक यात्रामा सहभागी भए झैँ लाग्दै थियो... तर बेला बेलामा उसका केहि प्रश्नहरु ले मलाई नाजवाफ बनाउथे.. उ जति जति मलाई प्रश्न गर्दै जान्थी म माथि त्यतिनै हावी पनि हुन्थी ...
     'ऊ'.... उसलाई मैले चिनेको त्यति धेरै त भएको छैन र पनि हामीमा एक प्रकारको आत्मियता गाँसिएको छ... मलाई ऊ केहि अचम्मकी भने पक्कै लाग्छे, हेर्दा त सामान्य न त अग्ली न होची, न त मोटी न दुब्ली, न त राम्री न त नराम्री नै, तर पनि मलाई उ मन पर्थी.. कहिले निक्कै गम्भीर हुने त कहिले निकै रमाईलो गर्नु पर्ने उसको बानी .. कयौ घण्टा  एक्लै एकान्तमा बस्न रमाउँथी ... सायद  यी यस्तै केहि बानी उसका अनि  मेरा मिल्दाजुल्दा थिए त्यसैले हामी  नजिक थियौ कि ...
  मैले उसको बारेमा जे जति जान्न चाहे पनि म सफल भने पक्कै भईन, यस कारण कि उसलाई न त अन्तर्मुखी भन्न सकिन्थ्यो न त बैरमुखी  नै कति कुरा भन्थी भने कतिपय कुरा मनमै लुकाउँथी ... आजको यात्रामा भने म उसका बारेमा थप केहि कुरा जान्ने मनसायमा थिए, उ केही खुल्दै पनि थीई अघिल्ला भेटमा भन्दा ....
        राजधानी नजिकैको कुनै गाउ बाट एस एल सी पछी आफ्नी दीदी तथा दाजु सँगै  राजधानी छिरेकी उ उच्च शिक्षा हासिल गर्ने अभिलाषा सहित.. दश जोड दुई सम्म को पढाई पछी भने उसको जीवनमा निक्कै परिवर्तन आएको र आफ्नो लागि आफै गर्दै आएकी रहिछिन.. सबै सँग सजिलै नजिक हुने बानीका कारण कयौ दुख त कयौ खुशी पनि सबै अनुभव थियो उ संग... आज पनि उ घरि खुशी हुन्थी  त उतिन्खेरै खै के के सम्झेर भावुक पनि ...
        जरसिं पौवा  र चौकी भन्ज्यांग हुँदै हामी उपत्याका देखि झन्डै एक्काई बाईस किलोमिटर टाढा अनि निक्कै उचाईमा पुगिसकेका थियौ, जब हाम्रो यात्रा झुले गाँउ तिर मोडियो उ थोरै  रमाउन थाली, सायद उसलाई आफ्नो गाउको झल्को आएछ क्यारे ...मैले उसको बारे थप केहि कुरा जान्ने मनसायले सोधे ''तिम्रो के कस्तो योजना छ नि भविष्यको'' यसको उत्तर दिनु पूर्व केहि बेर मौन रहेर भनि मैले भबिष्य देखेको छैन के प्रमाण छ खै भबिष्य आउँछ भन्ने?? म त आज (बर्तमान मा बाँच्ने  ) खुशी रहने कोशिस  गर्छु बस त्यहिँ हो म सँग  कुनै योजना  छैन कि जीवन यसरि उसरी बिताउला भनेर ... भोलिलाई के साँच्नु  छ र ??'' उसको यस कुराले म झन् बिचल्लित हुन पुगे, कारण  मलाई त घर परिवार, आफन्त, दाजुभाईले के भन्लान अनि भोलिको जीवन के कस्तो होला भनेर खुबै  पिर लाग्थ्यो.. तर एउटी केटीको यस्तो कुराले अवश्यनै मलाई सोच्न बाँध्य पार्यो... मैले बिस्तारै सोधे '' के तिमीलाई घर परिवार अनि छिमेकीले के भन्लान भन्ने पिर छैन??'' उस्ले तुरुन्तै बोलि जब म एक्लै थिए संघर्ष गर्दै थिए, त त्यतिबेला घर परिवार अनि छिमेकीले खै मलाई के गरे र? आज म जे छु जस्तो छु आफ्नै कारण ले छु, भने अब  म फेरी  किन उनीहरु को वास्ता गरु ?? मैले फेरी  सोधे ''त्यसो भए के तिमि आफुलाई यो समाज को मान्दिनौ ?? आखिर तिमिले यहि बस्नु पर्छ नि त होइन ?? '' मेरो यस प्रश्नलाई उस्ले सहजै भनि ''हो पनि पनि यहि समाज कि नै हुँ,  तर मेरो यो समाज संग केहि लिनु दिनु छैन'' मैले फेरी तुरुन्तै अर्को झटारो छोडे 'तिम्रा त धेरै पुरुष साथीहरु छन् नि असजिलो लाग्दैन ?? ' उस्ले उस्तै गरि तुरुन्तै भनि ''किन असजिलो लाग्नु ? त्यसो हो भने तपाईलाई असजिलो लाग्दै छ र तपाईको साथी केटी हुँदा ?? मैले हतार हतार भने ''छैन म त एउटा लेखक मान्छे, को संग भेट्छु को संग भेट्दिन भन्ने नै छैन,  मलाई त बस मेरो कथाको पात्र भेट्नु आवश्यक छ,महिला या पुरुष होइन...''  मेरो जवाफ सुनेर ऊ  हाँसी...मैले चुपचाप हेरे मात्र त्यो हाँसोलाई .... नजिकै देखिएका हिमाल झैँ थिए उसका दाँत टम्म मिलेका ...  ऊ फेरी बोली ''के अब मेरो नि कथा लेख्नु हुन्छ?'' मैले भने ''सोच्नु पर्छ'' ..'यदि लेख्नु भयो भने शिर्षक के दिनु हुन्छ  नि' - फेरी ऊ बोलि, मैले भने 'त्यो पनि सोच्नु पर्छ'.  ''के म  तपाईले लेख्नु भएको मेरो कथाको शिर्षक दिऊ ?? उसको जवाफ दिंदै ' भने ''तिम्रो कथा जुन बेला  लेख्छु  त्यो बेला तिमीलाई फोन गरेर सोध्ने छु या भेटेरै देखाउने छु अनि राखुला है '' मेरो कुरा नसकिदै  उस्ले हाँस्दै  भनि ''खै के थाहा र पछी भनेको कहिले  पो  हो फेरी पछी फोनमा  या यस्तै भेट होला  के भर र ?? पक्का त छैन नि होइन ?'' मैले भने ''किन नहुनु फोन, इमेल, फेसफुक, अनि ...अरु पनि त माध्यम छन्   नि होइन र ??'' ऊ केहि बोलिन...मैले सम्झे मौन समर्थन...
              आज निक्कै दिन पछी उसको कथा तयार भयो तर अफशोच !! साँच्चै उसलाई न त फोन मा भेटेको छु न त इमेल नै  रिप्लाई आएको छ,,, उनको फेसबुक अनि अरु सामाजिक साइट पनि निक्कै पहिले देखि अपडेट भएका  छैनन  .. आज मलाई उनलाई भेटेर भन्नु थियो ''मैले तिम्रो कथा लेखे ल, अब तिमी  शिर्षक देउ''  तर... खै उनि कहाँ  के गर्दै होलिन .... के उनले यो पढ़लिन ?? के मेरो कथाले शिर्षक पाउँला त ?? 

पापीहरुको शहर

पापीहरुको शहर अनी यस्तै हुन्छ यहाँ...
ठालुहरुको रहर अनी यस्तै हुन्छ यहाँ...

भन्छन एक गर्छन् अर्को भोग्ने भने छ अर्कै,
निर्दोषलाई जहर अनी यस्तै हुन्छ यहाँ...


अन्धकारले छाउँछ देखिन्न रे कतै घाम,
छैन बिहानी प्रहर अनी यस्तै हुन्छ अब...

जामिन् धर्ती त्यो सँगै मानव मन मुटु रुखो,
छैन बाँध र नहर अनी यस्तै हुन्छ यहाँ...


यसो उसो जसो तसो लेख्यो अनी भन्यो गजल्
चलनमा खै बहर अनी यस्तै हुन्छ यहाँ...

यस्तै छु

आँखा चिम्लिएर,
दुनियाँ भुलेर,
जती जती घात गर्छ  उ,
म त्यती त्यती नै  उसैलाई,
विश्वाश गरिदिन्छु...

अनिँदो रात,
बिझाउँदा परेला ,
भोको पेट,
र,
झर्दो आसुँ,
चुपचाप चुपचाप,
दिनै सहिदिंछु...


पागल प्रेमी,
एकलकाटेँ,
बेमत्लबी,
बानी लागाउँदै छु,
दिनै सुन्न ...

झर्दा आँशु मुस्कुराउन,
मुटु दुखाउँदै बाँच्न ,
अरु कसैको सपना साँच्न,
रहर कल्पना बनाउन,
सिकेकी छु,
एकान्तमा रमाउन...


सबैलाई ढाँट्दै ,
आफुलाई लुकाउँदै ,
तर,
खुल्दै एकान्तमा ,
कस्ले रोक्नु,
आँखा रुझाउँन ...

गजल

तन लाग्यो कसैले मन दिए तिमीलाई... 
मन मुटु को आफ्नो पन दिए तिमीलाई...

तिम्रो मेरो मिलन अनी छोडेका ती याद...
तिनै यादको रन वन दिए तिमीलाई...

तिमी भन्दा बाहेक अरु कसरी म रोजौं...
यही सम्झे र त यो जीवन् दिएँ तिमीलाई...

टाढा भयौ तिमी

टाढा भयौ तिमी मलाई यता, दु:खायौं... 
हाँसो मात्र दियौ र त ति आसुँ, लुकायौं... 

हुन्थ्यो जीवन् सधैं सधैं नै भरीभराउ...
मेरै लागि त्यो मौका जाना-जानी, चुकायौं...

सागर झै स्थिर र बोक्दै गहिरो भाव...
जुध्ना साथै नयनहरु तिम्ले, झुकायौं...

खोजी थियो एउटा मुटु तिमी मै भेटे...
बोकी ल्यायौ मिठो मिलन प्रेम, फुकायौं... 

को होला र एक्लै खुशी यो दुनियाँ माझ...
थाम्यौ हात एक्लोपनको आसुँ, सुकायौं...

रहर या वास्तविकता ??

भिजेका परेलाहरु
चर्केका मनहरु
टुटेका सपनाहरु
यी सब
म कसरी दिऊ
तिमीलाई
त्यसैले
अब,
आँशुमा मात्र भेटिने छु
तर,
ति तिम्रा होइनन
मेरा आँखाबाट बग्नेछन
तिम्रा याद सँगै
तिम्रो सम्झना सँगै
किनकी,
यस्लाई मैले नै रोजे
जे बुझ्छौ तिमी
रहर या  वास्तविकता  ??

गजल :-एक्लै परे

छोडि गयौ जब तिमी संसारमा एक्लो  परेँ... 
नदिंदामा तिम्ले साथ जंघारमा एक्लो परेँ...

हराभरा बन पाखा उजाड पो लाग्छ किन...
फुल्ने झुल्ने रहर थ्यो बहारमा एक्लो परेँ ...

कसमको के भर भो थाहै न'भै टुट्यो जब... 
जीवन् अनी मरणको संघारमा एक्लो  परेँ...

रम्ने अनी रमाउने कथै जस्तो लाग्छ अचेल्...
सुर ताल मिल्दै बज्दो झंकारमा एक्लो परेँ ...


छोडि गयौ जब तिमी संसारमा एक्लो  परेँ... 
नदिंदामा तिम्ले साथ जंघारमा एक्लो  परेँ...

पर्खदै छु

हरेक उषा
हरेक गोधुलीले
एक झोक्का बतास
सुस्तरी
मन्द मन्द
मलाई छुदै
तिम्रै याद
तिम्रै झझल्को
सँगै
ती सुखद हामीले भोगेका
देखेका
अनी,
कल्पना गरेको सुन्दर संसारको
प्यास बढाउन
मलाई पठाउँछ !
ति झोक्का
मलाई छुँदै जान्छन,
अनी,
तिम्रा याद छरपस्ट छर्दै जान्छन,
निक्कै टाढा
त्यो क्षितिज भन्दा पनि !
म सोच्दछु,
ति झोक्कले तिमीलाई भेट्लान
मेरो हाल सुनाउलान !
र ,
तिमी त्यसै सँग आउँने छौ
अनी,
मेरो पर्खाइले पूर्णता पाउला !
यस्तै यस्तै...
सम्झना अनी कल्पनामा
आँफैलाई हराउँदै
तिनै रहर माझ आफुलाई नियाल्दै
हरेक उषा सँगै
अनी,
हरेक गोधुली सँगै
तिमीलाई पर्खदै छु,
बाटो हेर्दै छु !!!

दोष कस्लाई दिने ?


चाहेर पनि
नचाहे जस्तै,
देखेरै पनि
नदेखे जस्तो,
आफ्नै मन मारेर
पल पल जिउदै
अनी ,
पल पलमा मर्दै
रहरका कुरा त खै के गर्नु र?
मेरा रहर,
अनी,सपनाहरु
छरपस्ट पारेर
धेरै पहिले नै छरिसकेको छु
त्यो खाली चौर भरी
एक मुठी निला फूलहरुको साथमा !
दोष कस्लाई दिने ?
तिमीलाई
कि,
मलाई
या यो समयलाई
जस्ले पटक्कै बुझ्दैन
वा,
बुझ्न चाहँदैन
कि,
बुझेर पनि अबुझ बन्छ?
तिम्रो रहर
मेरो सपना
अनी,
हाम्रो भविष्य !!

नफर्कने गरी

धेरै अघी
समयको पञ्जामा परेर
अनवरत खाएका झाप्पड
सँगै
शिथिल भएको
म अनी मेरो हाँसो
अब फेरी
कहिले फर्कने हो
कुनै ठेगान छैन.
तिम्रो हाँसो
तिम्रो खुशी
अनी तिम्रै ईच्छा अनुरुप
त्यो बेला
जनाजानी
समयलाई आफु
अनी,
आफ्ना खुशीहरु
बली दिए
अफशोच
आज फेरी खोज्यौ
तर
अब कहाँ पाउँनु
ति त निक्कै
टाढा भईसके
जब,
तिमीले महशुस गर्यौ
त्यो भन्दा पहिले नै
अब फेरी नफर्कने गरी...

मेरो सँग तिम्रो


मेरो सँग तिम्रो, चाहाना मिलेन...
भेट हुने कुनै, बाहाना मिलेन...

लौ सँगै जीवन बिताउ भनेर...
गरेका बाचाको, निशाना मिलेन...

कस्तो माया खोज्यौ र आज तिमीले ...
एका एकै भन्यौ, जमाना मिलेन...

भित्री त्यो मनमा अरु कोही रै'छ...
त्यसैले भनेथ्यौ, भावना मिलेन...

मेरो सँग तिम्रो, चाहाना मिलेन...
भेट हुने कुनै, बाहाना मिलेन...

''नकुर्नु बाटो सानु ,नआउने भएँ म त''


नकुर्नु बाटो सानु ,नआउने भएँ म त ...
सपनी माझ तिम्रो, नछाउने भएँ म त ...

रहर थिए तिम्रा जीवनका खुशी उन्ने ...
त्यो सबै पुरा गर्न, नपाउने भएँ म त ..

चाहना तिमी सँग अजम्बरी माँया लाऊ...
नहुँने भयो पुरा, नलाउने भएँ म त..

यात्रामा कती भेटे साँचो माया खोज्न हिंड्ने...
रोकिँदा यात्रा बिचै,नधाउने भएँ म त...

नकुर्नु बाटो सानु ,नआउने भएँ म त ...
सपनी माझ तिम्रो, नछाउने भएँ म त ...

''बुलबुल तिमी''

उसैको याद बोकी, आऊ है बुलबुल तिमी...
सबको मन मन्दिरमा, छाऊ है बुलबुल तिमी...

सामुन्ने तिमी आउँदा, याद मलाई उसको हुने...
सधैं सधैं सबको माया, पाऊ है बुलबुल तिमी...

पर्खाई सधै हुने गर्छ, तिम्रो अनि उसको यहाँ...
चोखो माया सुटुक्कै, लाऊ है बुलबुल तिमी...

तिमीले नै मलाई उसको, प्रिती दिलाएथ्यौ...
अमर प्रेमका गीत गजल, गाऊ है बुलबुल तिमी...

तिमी मेरो होलाउ भन्ने, ठहर मर्दै गयो...

तिमी मेरो होलाउ भन्ने, ठहर मर्दै गयो...
सँगै जिवन् जिउला भन्ने, रहर मर्दै गयो...

लेख्नु छैन गजल अब यादमा तिम्रो मैले...
याद उन्ने गजल को त्यो, बहर मर्दै गयो...

एक्लै यात्रा सहज बरु चहिन्न कोही साथ...
यस्तो लाग्छ अचेल दिनै, शहर मर्दै गयो...

आफ्नै प्यारो सपनी त्यो नै सिरान हाल्छु अब...
देख्नै पर्ने सपना तिम्रो,कहर मर्दै गयो...

कसो कसो परेछ बानी साहस बढ्दै आयो...
डस्दै तिम्ले छोडेको जती, जहर मर्दै गयो...

यही हो

आज म कम्मर कसेर बजार निस्कने सुर मा छु... निक्कै दिन भएछ आफुलाई नहेरेको आज हेर्दा पो थाहा पाए धेरै कुरा जम्मा भईसकेछन... सबै निकाल्न मिल्ने जत्ती निकालेर बिक्री मा राख्नु छ सबै भन्दा बढी त तिम्रो याद रहेछ तर उत्पादन बढ्दा र बजार मा आपुर्ती बढ्दै मा स्वाट्टै मुल्य घट्ने त्यो अर्थर्शात्र को नियम लागु यहाँ हुन्न किन कि म सँग टन्नै भएको तिम्रो याद को मुल्य सधैं उच्च नै रहने छ चाहे कोही किनोस या नकिनोस....अनी किन्ने कुरा चै फेरी फेरी तिम्रो याद बेच्नु नपरोस भनी तो सब्बै याद अटाउने एक ठाउँ किन्नु छ आफ्नै मनको लागि.....

फरक तिम्रो अनी मेरो

मैले तिमीलाई पहिल्यै भनेको थिए कि प्रेम गर्ने सजिलो छैन तर त्यती बेला तिमीले मेरो कुरा का सुन्यौ र तिमी त एकहोरो मेरो पछी लागेका थियौ केही दिन पछी मैले सोचे जीवन कती नै छ र आखिर मरी लानु के नै छ जहिले भए पनि आखिर कसै न कसैलाई त अपनाउनै पर्छ यही सोचे र मन को गहिराई बाटै तिमीलाई माया दिए तर आज तिमीलाई शायद प्रेम निभाउन गार्हो हुँदै छ त्यसैले त यो सब हुँदै छ ..............'तिमी'' त भावना कती पनि बुझ्दैनौ न त बुझ्न नै चाहन्छौ भावनामा डुब्नु भनेको तिम्रो लागि सायको बर्बादी मात्रै हो यस्तो लाग्छ तिमी ले तिम्रा साथी सँग बाजी पो थापेका थियौ कि मलाई नजिक बनाउने किनकी म त सधैं एक्लै रमाउने मान्छे कसैको नजिक पनि हुन नचाहने तिमीले जित्यौ तिम्रो उदेश्य पुरा भयो कमजोरी मेरो कि यती पछी मात्रै यो थाहा पाउँनु .............
आज तिमी त खुशी छौ त्यो बिशाल शहरमा ती अग्ला अग्ला घरहरु जस्तै अग्लिएका होलान तिम्रा सपनाहरु तर मेरो हेराईमा ती अग्ला अग्ला घरमा बस्ने सबै जस्तै होचो मन भएको तिमी मलाई पुग्ने ठाउँ खै त्यो मनमा जती नै ठुलो शहरमा बसे पनि अनी ठुल्ठुला सपना देखे पनि ती सब तुच्छ मेरो लागि...
तिमीले मन पनि बेचि सक्यौ होला अब त सबै कुराको किन बेच हुने तिम्रो शहरमा के बाँकी राख्यौ होला त तिमीले आफ्नो मन पनि ...तिमीले सोच्लाउ कि म सँग के छैन भनेर अनी मलाई भन्लाऔ कि त सँग के छ भनेर तर म त तिमीलाई रित्तो देख्छु बिल्कुलै असाहय जब जब तिम्रो ठिट लाग्दो अनुहार देख्छु नि मलाई तिमी प्रती म मा मानविय सम्बेदना हुरुरुरुर आउँछन तिमीले जिएको खोक्रो जीवन अनी दिन दिनै बधेको तिम्रो असन्तुस्टी हरु उफ अनी मनै बाट भन्न मन लाग्छ बिचरा तिमी....भावनालाई बेकार को ठान्ने तिमीमा प्रेमिल मन छैन तिमी रुखो छौ ...तिमी भन्दा त म धेरै सुखी अनी खुशी पनि छु मेरो मित्रता शहर अनी ठुल्ठुला घर सँग होइन मनहरु सँग छ आँफु जस्तै मनहरु ...मलाई खुशी हुन तिम्रो जस्तो करण चहिदैन तिमीलाई नाफा र घाटा ले खुशी र दुखी बनाउने गर्छ मलाई होइन ....

तिमीलाई त माया गर्छु भन्यो सकियो पुग्यो त्यहाँ न त कुनै भावना हुन्छ न त भूमिका नै तिमीलाई के थाहा प्रेम निभाउन कती गार्हो छ यदी प्रेम सजिलो हुन्थ्यो त जो पनि प्रेन गर्थ्यो सबै अमर प्रेमी बन्थे यहाँ किन मुनामदन, लैलामजुन,रोमियो जुलियट मात्र अमर हुन्थे र ....आजै बाट तिमीले यो सोच्न छोड कि तिमीले कसैलाई माया गर्न सक्छौ तिमीले कसैलाई माया गर्न सक्दैनौ किनकी तिमी रित्तो छौ तिमीले मन बेचि सक्यौ माया गर्न को लागि मन चाहिन्छ.....भावना बुझ्नु पर्छ तिम्रो जस्तो ठुल्र्ठुला घर अनी सपनाको भरमा माया कदापी हुँदैन किनकी मायाले सधैं यथार्थता खोज्छ न कि सपना......

गजल :-घाम रोयो आज, जून रोयो आज...

घाम रोयो आज, जून रोयो आज...
राग नमिल्दामा, धुन रोयो आज...

भने जस्तो हुन्न, हिजो आज भोली...
लाएका ति कयौ, गुन रोयो आज...

पहिचान छुट्टै,अस्तित्व थ्यो बेग्लै...
पित्तलमै तौल्दा,सुन रोयो आज...

स्वप्न थिए नौला, अधुरा नै रहे...
चुल्हो नबल्दामा,नुन रोयो आज...

निराशामै जीवन,रुँदै बाँचेकी छु...
आँसु रित्तिदिँदा, खुन रोयो आज...

कविता:-छरपस्ट सपनाहरु...

मनको कुनामा,
बर्षौ देखी को रहर,
कतै टाढा पुगेर सुन्दर संसार बसाउने,
तर,
कहिलै कल्पना सम्म नगरेको
र ,
सोच्न सम्म पनि नभ्याएको ,
निर्दयी समयले उस्लाई सिकार बनायो,
उल्टो हिंडेर,
आफ्नो सक्कली रुप देखायो,
एका एकै...
अनवरत...
एक माथि अर्को गर्दै
आफ्ना थप्पडहरु बर्षायो,
अनी
टुट्यो रहर,टुक्रियो मन,
छरपस्ट सपनाहरु....

चाहे अरुको तोडेरै किन नहोस्,
आफ्नो रहरहरु
आफ्नो मनहरु
पुर हुनै पर्‍यो,,
यो अहंम..
कुन्नी कहिले देखी पालेर हो ,
कसैले थाहै नपाउने गरी
भित्र भित्रै ,
एक्लै एक्लै,
सबैका रहरहरु...
मनहरु...
सपनाहरु...
सुटुक्क सखाप पारेर,
आफु मस्त हुँदै सबै का सामु
पून:
दुधले नुहाएर आउँछ
तर,
के थाहा निर्दयीलाई
मनहरु दुखेको...
रहरहरु पोखिएको...
अनी,
जता ततै छरपस्टिएका सपनाहरु,
र ,
तिनका दु:ख नबुझिदिँदा ,
टुट्यो रहर,टुक्रियो मन,
छरपस्ट सपनाहरु....

डायरीको एक अंश...

तिमीलाई धेरै पहिलेबाटै त्यस ठाउँमा त्यसै गरी बसेको मैले देखेको थिएँ... सधैं झै आज पनि तिमी त्यही पुरानो ठाउँ अनि त्यही पुरानै शिरिषको फेदमा गम्भिर मुद्रामा भेटियौ... आज पनि कुनै गहिरो सोचमा डुबे जस्ती, केही गुमाए जस्ती..... निक्कै माया लाग्दो अनुहारको साथमा...... तिमीमा बाहिरी वातावरणको प्रभाव खासै देखिएको थिएन... तिमीलाई त्यस रुपमा हेर्दै तिम्रो बारेमा कुन्नी के के सोच्नु एक प्रकारले मलाई बानी भईसकेको थियो... खोई कुन संसारमा हराएकी तिमीलाई हावाका झोकासँगै झर्दै गरेका कोमल र निलानिला शिरिषका फूलहरु माझमा अझ सुहाएको देखिन्थ्यो.... भुँईका कयैँन निला फूलहरुसँगै अर्को एक जोडी त्यस्तै निला आँखा कतै हराइरहेका थिए...

म ढुक्क थिएँ सधैंजस्तै तिमीबाट जोगिन्छु तर आज त्यस्तो भएन... तिमीले आज चाल पाईहाल्यौ... मैले आफुलाई बचाउने लाख कोशिश गर्दा पनि भाग्न सकिन ''समिर, तिमी यहाँ कती बेला आयौं ?'' यो प्रश्नको जवाफ थिएन... धेरै खोजे तर पाईन... अकमक्किदै बोले ''ए...मौनता... म.... म भर्खरै एकै छिन...साँझ... यसो निस्केको'' यति भनेर जहींको त्यहीँ उभिरहें... फेरी तिम्रो आवाज आयो ''समी, आऊ न बस''... म आज्ञाकारी बनेर चुपचाप तिम्रो छेउमा बसें...

दुईजना बसियो मात्र... केही बोलचाल भएन... निक्कै समयको शुन्यता पछी खै कहाँबाट, सके सम्म साहस बटुलेर बल्ल बोले ''मनु, अब जाने कि??? साँझ निक्कै परिसक्यो..." मेरो बोलीले गहिरो निद्राबाट ब्युँझे झै झस्केर तिमी बोल्यौ ''ए... हो रहेछ हिँड जाँउ'' यति भनेर तिमी अघि लाग्यौ म चुपचाप पछ्याउदै आएँ... नजिकैको दोबाटोले हामीलाई छुटायो...तिमी आफ्नो घर लाग्यौ म मेरो कोठातिर...

बाटोभरि अनि कोठा पुगेर सोझै खाटमा पल्टिदाँ सम्म पनि तिम्रो त्यो गम्भिर अनुहार बिर्सन सकिँन... एकाएक "कलेजकी मौनता र अहिलेकी मौनता एकै हो त???" भनी आफैलाई प्रश्न गर्न थालें... सोचें- कहाँ त्यो कलेजकी चकचके, चञ्चले, केही न केही बोलिरहनु पर्ने सबैकी प्यारी मौनता अनि कहाँ आजकी गम्भिर, गहिरो सोचमा डुबेकी, अनि एकान्तमा हराएकी मौनता... अहँ!!! कतै केही समानता पाईन हिजोकी मौनता र आजकी मौनतामा...

त्यस्तो के पर्‍यो होला तिमीलाई... म नचाहेरै पनि सोच्न पुगेछु... आफैले रोजेको जीवनसाथी, सहयोगी र सम्पन्न परिवार, आफ्नै व्यवसाय, पढेलेखेकी तिमी... आफ्नै जागीर पनि, झनै पूर्ण जीवन जिउनु पर्ने मौनता आज किन केही हराएकी, खुशी लुटिए झैं उदास उदास... यस्तै सोच्दा सोच्दै सायद रात बित्यो...

सोच्दा सोच्दै निदाएको थाहा भएन... बिहानीको सुस्केराले मलाई ब्युँझाएपछी एक पटक हिजोको साँझ सम्झिएँ र आज तिमीलाई भेटी केही कुराहरु गर्ने निश्चित गरे... आज शनिबार तिम्रो पनि फुर्सद अनि मेरो पनि... सोचें तत्काल फोन लगाऊँ ता की तिमीले आज साँझ सम्ममा मलाई थोरै समय दिन्छ्यौ....सके सम्म आँट जम्मा गरेर फोन लगाए.. तिमीबाट जवाफ पाएँ -"आज साँझ फेरी हामी उही पुरानै ठाउँमा भेट्छौँ..." आज तिमी एकै बोलीमा तिमी मलाई भेट्न राजी भयौं... सम्झेर मनमनै खुशी भएँ... सधैं झै आज साँझ तिमीभन्दा पहिले नै त्यहाँ पुगेर तिमीलाई पर्खन्छु... समयभन्दा पहिले नै गएँ तर तिमी त अझ पहिलेदेखि नै पर्खंदै रहेछौ... आज फेरी एउटा अन्जान हारबाट मलाई हारेको अनुभव भयो... टाढैबाट देखें तिमी सधैं जस्तै बसेकी थियौं... सायद म आएको तिमीले थाहा पायौ... अलि पर हुँदैमा आफ्ना ठुला निला आँखा उघारेर मलाई हेर्यौ, थोरै मुस्कानको साथमा... उस्तै मुस्कानको साथमा मैले सोधें "कती बेला आयौ???" "भर्खरै हो... आऊ न बस... अनि भन, किन भेट्न चाह्यौ???" तिमीले सजिलै भन्यौं...
"आऊ न बस..." सम्म त ठिकै थियो तर यो "किन भेट्न चाह्यौ???" को जवाफ अब मैले फेरी कहाँबाट खोज्नु... म दोधारमा पर्दै तिमी छेउ पुगेर बसे, चुपचाप...

मैले बोल्नै पर्छ... यही सोच्दै अलिक सहज हुँदै सोधें ''के छ मौनता??? जीवन के कसरी चल्दै छ???"' कुराकानीको सुरुवात गरें... मेरो कुरा सुनेर एकैछिनको शुन्यता चिर्दै तिमीले भन्यौ "ठिकै छ समिर... जीवन आफ्नो ठाउँमा चल्दै छ तर सायद म जीवनसँग चल्न सकिरहेकी छैन..." "अनि भन, सौरभ के कस्तो गर्दै छ?? व्यवसाय त सम्हालेको छ नि त्यसले??? साँच्चै मनु तिमीलाई याद छ... हाम्रा क्याम्पसका दिनहरु कति रमाइला थिए नि..." तिम्रो जवाफबाट झस्किएको मैले वातावरणलाई फेर्ने उद्देश्य राख्दै यो कुरा निकालें... चुपचाप मेरो कुरा सुनिरहेकी तिमीले एक पटक मलाई हेर्यौ... पुन: ती निला फूलहरुमा आफ्ना आँखालाई स्थिर पार्दै भावुक स्वरमा भन्यौ-"समी, जीवन सधैं एकैनास कहाँ हुँदोरहेछ र??? अँ, सौरभ राम्रै गर्दै हुनुहुन्छ... आफुलाई निक्कै जिम्मेवार मान्न थाल्नु भएको छ... व्यवसायको लागि यो त राम्रो नै हो नि, होइन र???"

तिम्रो यसप्रकारको जवाफले मलाई तिम्रो समस्या बुझ्न कुनैबेर लागेन... तिमीले सौरभसँग विवाह गरेपनि तिमीले मलाई अनि मैले तिमीलाई जस्तो क्याम्पसदेखि आज सम्म कसैले चिन्दैन होला... सौरभ तिमी अनि म एकै ग्रुपका साथी हौँ... तिनैजना असाध्यै मिल्थ्यौ पनि... तर पनि बिशेषत: मैले तिमीलाई अनि तिमीले मलाई निक्कै नजिकबाट चिनेका थियौ... म यस्तै सोचाई मा डुबूल्की मार्दै थिएँ अनायसै तिमी बोल्यौ "समिर, अब जाऔं है!! आज निक्कै काम पनि छ... तिमीले भनेकोले मात्रै एकैछिनको लागि आएकी... फेरी भेटौँला नि!! हुन्न??" मैले सजिलै हुन्छ भने किनकी अब मैले तिम्रो समस्या बुझिसकेको थिएँ... हिजोझैँ तिमी अगाडि लाग्यौ... मैले चूपचाप पछ्याए मात्रै... फेरी त्यही दोबाटोले हामीलाई छुट्यायो अनि हामी आफ्नो गन्तव्यतिर बढ्यौं...

तर हिजोको मेरो सोचाई र आजको सोचाईमा निक्कै भिन्नता पाएँ... आज पनि कोठामा आई चूपचाप आफुलाई ओछ्यानमा पल्टाए र थोरै विगत खोतल्ने प्रयास गरे... तिमी, सौरभ अनि मैले धेरै समय बिताएका कलेजका ती दिनहरु, ती घासें चौर, ती बगैंचा अनि ती कक्षाकोठाहरु आज फेरी सबै सबै सम्झन मन लाग्यो... तिनै दिन मध्यको एकदिन थियो जुन दिन तिमीले मलाई भनेकी थियौ "समी, तिमी अनि सौरभ र म सधैं साथै रह्यौ... हामी एकै ठाउँका पनि हौँ... हामीले एकार्कालाई निक्कै राम्रो सँग बुझ्छौं... आज तिमीबाट मैले केही सहयोग चाहेकी छु..." तिमीले यसो भन्दा मैले भने "भन न मनु, के कुरा हो??? मैले सक्ने सहयोग हो भने किन नगर्नु??? आखिर मेरो पनि त सबै भन्नु तिमी र सौरभ मात्रै नै हो..." "समी, घरमा पनि आमाबाबाले विवाहको कुरा गर्दै हुनुहुन्छ... अनि सौरभको कुरा तिमीलाई थाहै छ... अब तिमी भन मैले के गर्दा ठीक होला???"तिम्रो प्रश्नले मनको कुनै कुनामा असाध्यै पिडा त भयो तर पनि आफूलाई सम्हाल्दै मैले भने "मनु, सौरभ हाम्रो मिल्ने साथी हो... ऊ नराम्रो या नहुने केटा होइन... घरपरिवार पनि राम्रो नै छ अनि तिमीलाई धेरै माया पनि गर्छ... अझ तिमीले ऊसँग विवाह गर्यौ भने हामी कहिल्यै पनि त छुट्दैनौं किनभने तिमीहरु दुई मेरो साथी अनि तिमीहरुको साथी म... त्यसैले, मनु तिमीलाई ठीक लाग्छ भने सौरभलाई स्वीकार गर... हामी सबै सधैं खुशी हुन्छौं..."

मेरो कुराले एक पटक निक्कै माया लाग्दो अनुहार बनाएर तिमीले मलाई हेर्यौ... मैले तिमीसँग आँखा जुधाउन सकिँन... त्यसपछी तिमी गयौ... म चूपचाप हेरिरहेँ बस हेरी मात्रै रहेँ... केही दिनपछी सौरभ र तिम्रो विवाह भयो... केही दिन त हाँसीखुशी नै बित्यो तर मैले बिस्तारै आफुलाई तिमी र सौरभबाट एक्लै पार्दै गएँ... दिनभरी अफिसको काम अनि बिहान बेलुका आफूलाई यही सानो कोठाभित्रै सिमित गर्न थालेँ... बाहिर कमै मात्र निस्कन थालेँ... दुरीको हिसाबले सौरभ र तिमी मबाट धेरै टाढा थिएनौ तर पनि मैले मनको दुरी बढाउन थालेको थिए... तिमीलाई अनि सौरभलाई तिमीहरुको सुन्दर संसारमा छोड्ने कारण आफैसँगको डर थियो... कतै तिमीहरुको जीवनमा मैले गर्दा कुनै केही नहोस्.....तिमी दुईको विवाहपछी पनि हामी तिनजना सँगै नभएका त हैनौं तर त्यो भेटमा पहिले को जस्तो वातावरण पटक्कै बनेन... सौरभले तिमीलाई निक्कै बन्धन मा राख्दै छ भन्ने कुराको आभाष त्यहीँ दिनै मैले थाहा पाएको थिएँ... मैले तिमीहरुको वैवाहिक जीवनमा हस्तक्षेप गर्न चाहिन... त्यसैले चुप बसें...

आज तिमीलाई सम्झिएर मलाई निक्कै पिडा बोध हुँदै छ... अनि आफैलाई सम्झिएर पनि... जुन दिन तिमी मसँग सल्लाह लिन आएकी थियौ त्यो दिन पनि तिम्रो आँखामा मबाट चाहेको साथ नदेखेको होइन तर मसँग के नै थियो र मैले तिमीलाई अपनाउथे... सायद सौरभको जस्तो सम्पन्न परिवारमा गयौ भने तिमीलाई सबै सुख मिल्ला भनेर मैले तिम्रो खुशीसँगै मेरो खुशी सौरभको जिम्मा लगाएको थिए... तर आज समयले त्यस्तो बनाएन... खै कसलाई दोष दिने??? तिम्रो दोषी त म नै हुँ... सायद त्यसबेला मैले थोरै हिम्मत लिएर तिम्रो चाहना अनुरुप चलेको भए सायद आज यो दिन आउँदैन थियो कि??? बुझेर पनि अबुझ बनेको मैले तिम्रो भावनाको कदर नगर्दा आज न त तिमी खुशी छौ न त म... तर मैले त्यसबेला नराम्रो पनि त सोचेको होइन किनभने मसँग न त आज केही छ न त हिजो नै थियो... मैले तिमीलाई के नै दिन सक्थे र??? आखिर मायाले पेट पक्कै भरिदैन... आशा छ तिमीले मेरो यो बाध्यता पक्कै बुझेकी थियौ र आज पनि बुझेकी छ्यौ... सायद त्यसैले तिमी पनि चूपचाप छौ..

तर पनि तिम्रो उदासीको दोषी जसरी बने पनि जुन अवस्थामा बने पनि म नै हुँ... मै हुँ जसले गर्दा आज कुनै बेलाकी चञ्चल अनि चुलबुले मौनता आज साँच्चै मौन भएकी छ्यौ...

केही सेन्यु

छुटेको साथ
टुक्रा टुक्रा सपना
रुझेको मन...(एक)

रुझेको दिन
बितेका यादहरु
चसक्क मुटु...(दुई)

बढेको दुरी
रहस्यमय भोली
त्रसित आँखा...(तीन)

गजल :-''सोझो बाटो हिँड्दा''

सोझो बाटो हिँड्दा पनि आज फेरी ठोकिएँ...
मन भरी थियो पिर आसुँ भई पोखिएँ...

पाइला मेरो बढ्दै थियो चुम्न भनि शिखर...
कोहि आई खुट्टा तान्दा अनायासै रोकिएँ...


जे जे देखे त्यो त्यो भने बनावटी होइन...
किन फेरी आज आँफै झुट भित्र जोखिएँ...


राम्रो गरे राम्रै नाम चल्छ भन्ने सुनेंथे...
बदनामी "मञ्जरी" भै सबै माझ घोकिएँ..

"सधैं सधैं तिम्रै साथ चोखो माया लाउँ है सानु"

सधैं सधैं तिम्रै साथ चोखो माया लाउँ है सानु...
तिमीलाई माया गर्न हजार जुनी पाउँ है सानु...

तिमी भए दु:खहरु काट्ने आँट बढ्छ,
तन अनी मनै भरी लागेका चोट घट्छ,
स्वार्थी यो संसार भन्दा हामी टाढा जाउँ है सानु..
तिमीलाई माया गर्न हजार जुनी पाउँ है सानु..

तिमी छौ र म छु यहाँ छैनौ तिमी रहन्न म,
आँफै सँग लैजाउ साथै एक्लै कतै बहन्न म,
सँगै मर्ने बाँच्ने कसम पनि खाउँ है सानु...
तिमीलाई माया गर्न हजार जुनी पाउँ है सानु..

सधैं सधैं तिम्रै साथ चोखो माया लाउँ है सानु...
तिमीलाई माया गर्न हजार जुनी पाउँ है सानु...

कविता

आफन्त बेच्न पल्केकाहरु,
आज त आँफै पो,
आफ्नै भाउ बुझ्दै छन्....

सिमा पारी,
आफ्ना भन्दा निक्कै टाढा,
सायद फेरी कहिलै नभेटिने गरी,
एक एक गर्दै लैँजादा,
निख्खार मा एक्लियो,
अनी,
एउटा बिचार निस्कन्छ
आँफै बेचिने....

कती अनमोल,कती बेमोल
सबै को ठीक ठीक मोल,
कुर्लन नपाउँदै,
समयको लछार पछारमा परेर,
आज आँफै,
आफ्नो मोल कती हो ?
कती उचित कती अनुचित,
कती सस्तो र कती महँगो ?
अलमल्ल पर्दै,
एउटा निस्कर्ष निस्कन्छ..
सायद मुल्यहिन म....

अरु अनमोल हुनु,
अनी,
आफु मुल्यहिन,
कत्रो पिडा,
आफुले अनमोल बनाएका,
ती अनमोलहरु सँगै आज,
एक एकै इर्श्या जाग्छ,
कारण ,
अमुल्य ती र मुल्यहिन आफु....

कविता :- आज एउटा घाम डुब्यो.....

फेरी कहिलै नउदाउने गरी,
आज एउटा घाम डुब्यो ....

उषा कालमै,
उदाउँदा उदाउँदै
सुनौला किरणहरुले
कहीँ छुनै नपाउँदै
अफशोच,
आज एउटा घाम डुब्यो.....

संसारलाई उज्यालो दिने
आफ्नो छुट्टै अस्तित्व दिने,
अनी मनका असंख्य रहरहरु
रहरमै कायम राख्दै
आज एउटा घाम डुब्यो ....

अभागी घाम,
होइन,
अभागी हामी हौ,
किनकी उस्को साथ खै ?
अब तिम्रो अनी मेरो अस्तित्व के ?
खै अब के छ हामी सँग,
छ त केवल कटु सत्य
आज एउटा घाम डुब्यो .......

"रहर साथ हुँदा"

रहर साथ हुँदा साथ माग्ने कती कती ....
जहर साथ हुँदा हात झिक्ने कती कती ....

गजल अनी गीत लेख्ने धोको सधै सधैं ...
बहर साथ हुँदा आँट जाग्ने कती कती ...

ज्युँने इच्छा मनै बाट फेरी उठी आयो ...
प्रहर साथ हुँदा मात थप्ने कती कती ...

मायालु म तिम्रो बन्छु सधैं सधैं भरी...
ठहर साथ हुँदा रात गुन्ने कती कती ...

सही छैनौ भने पनि गलत कस्ले भन्छ...
शहर साथ हुँदा माथ थाप्ने कती कती ...

"मञ्जरी"को चाह राख्ने आए धेरै यहाँ ...
कहर साथ हुँदा पात रोज्ने कती कती ...

special thanks for "Jitendra Malla"

आस बोकी

टुटेका सपना साकार पार्ने, आस बोकी आउ ...
मनमा रहर मलाई सम्झी, खास बोकी आउ ...

फूलेकै फूलनै रोज्छन सबै कस्ले हेर्छ झर्दो ...
झरेकै फूलले सज्ने त्यो तिम्रो, बास बोकी आउ ...

मरेझै भएर बाँचेकी एक्लो एक्लो म त सधैं ...
आउँछौ भने त तिमीले थोरै, सास बोकी आउ ...

भेटेर तिम्लाई मनमा सधैं हुन्छ छुट्ने डर ...
कहिल्यै नढल्ने दिन र रात, मास बोकी आउ

टुटेका सपना साकार पार्ने, आस बोकी आउ ...
मनमा रहर मलाई सम्झी, खास बोकी आउ ...

फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...

फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...
छायासंग पो  डराएर, पागल भएँ म...
चिथोरेँ आफ्नै बदन, म चस्केँ र फस्केँ...
लडेँ, उठेँ लर्खराएर, पागल भएँ म...
बदनका चोटहरु त, सहेरै बाचेँथेँ...
अदृश्य घाउ चर्हाएर, पागल भएँ म...
लाग्थ्यो मेरो कहानी सुन्दैछन् सबै...
एक्लै मात्र कराएर, पागल भएँ म...
आँसु बग्न खोज्दा, रोकिदिन खोजें...
आँखा मात्र भराएर, पागल भएँ म...
केही साता अघिको बुलबुल कार्यक्रममा सुनेको यो गजलको प्रथम दुई सेरले मन यति छोएथ्यो... बयान गर्न सक्दिन... आज खै किन आफ्ना तिन सेर थपेर यसलाई पुरा गर्ने दुस्साहस गरें... गल्ती भएमा क्षमा....
फेसबुकमा "सुमन मञ्जरी" को सहयोगमा प्रकासित...

गजल

म दु:खी हुँदा पनि हाँसिदिन्छु...
म आसुँ झर्दा पनि नाचिदिन्छु...
जीवन त्यागी मर्ने त धेरै छन्...
म विषै पिएर पनि बाँचिदिन्छु...
साटेर जीवन बाँचेको  पनि देखें...
म तिम्रै नाममा जुनी साँचिदिन्छु...
झुठको छ कि डर त्यो मनमा कतै...
म कस्तो रहेछ भनी जाँचिदिन्छु....
'सामिप्य' पाएँ आज एक्लो 'सुमन'.....
म पातै सहितको हाँगो भाँचिदिन्छु ....

आज फेरी त्यो गाँउ को याद आयो

आज फेरी त्यो गाँउ को याद आयो ...
जन्मी हुर्केको ठाउँ को याद आयो ...

पाखा र पखेरा लडेर लागेका ती ....
पुराना तिनै घाऊ को याद आयो ...

तोते बोली र कखरा सिकाउने ......
ति बुढा भा'का बाउ को याद आयो .....

गोठालो जाँदा हानेर सताउने ....
लाम्काने ठुलो माउ को याद आयो ......

सुमन मञ्जरी

ईश्वर भाकी दिएको सुमन

दबिनेलाई चाप हो संसार
जल्नेलाई ताप हो संसार !!

जन्मिएपछी मरण निश्चित
काल यात्राको नाप हो संसार !!

सोच झैं भए रम्छ जीवन
नभए त अभिशाप हो संसार !!

मिल्दा साथ बरदानै हुने
नमिल्दा मन श्राप हो संसार !!

ईश्वर भाकी दिएको "सुमन"
"सामिप्य" हुँदा फाप हो संसार !!

"थाहै नभैइ सपनीमा आईदिने बानी राम्रो"

थाहै नभैइ सपनीमा आईदिने बानी राम्रो !!
चोखो माया सधैं-सधैं लाईदिने बानी राम्रो !!

स्वच्छ तिम्रो मनमुटु जहाँ कही जती बेलै
मेरै नाम गीत सरी गाईदिने बानी राम्रो !!

केही पल हुँदा टाढा तिम्रा आँखा माझ बाट
बेचैन भै खोजी गर्न धाईदिने बानी राम्रो !!

एक्लै पर्दा यदाकदा एकान्तमा पनि
सम्झनामै छपक्क भै छाईदिने बानी राम्रो !!

दिन्छौ कति चोट अझै, अब लाग्ने ठाउँ नै छैन..

दिन्छौ कति चोट अझै, अब लाग्ने ठाउँ नै छैन...
तिम्रो घात देखि अन्त , मेरो भाग्ने ठाउँ नै छैन...

सास मेरो तिम्लाई सुम्पी, तिम्रै भरमा बाचें...
मृत्यु शैया पुगेको छु, मेरो जाग्ने ठाउँ नै छैन...

जति नजिक रहन्थ्यौ, त्यति टाढा हुन खोज्छौ...
लगाएको पर्खाललाई , अब नाग्ने ठाउँ छैन .....

जतन गर्ने बाचा गरि, लिई गयौ मुटु मेरो ...
टुक्रिएको मुटु अब, तिमीले माग्ने ठाउँ नै छैन...

नोट :- मञ्जरी ,, सामिप्य संयुक्त
http://umesh-k.blogspot.com/2010/06/blog-post_14.html

"गजल "

बेइमानी बानी !!
नजरले हानी !!

समिप मै राख्छु
जबर्जस्ती तानी !!

हेर्छ्यौ जब तिमी
हुन्छु पानी पानी !!


किन लाग्छ यस्तो
माया कि हौ खानी !!

पछ्याउछन् सबै
घार कि हौ रानी !!

"मञ्जरी" भै फुल्यौ
टिप्छु त्यही छानी !!

" मुक्तक"

(एक)
थियो जोडी रामलक्ष्मण कस्ले आज जाल रच्यो
सुखा उजाड जमिन बिचै कुन्नी कस्ले ताल रच्यो
दुई ज्यान एक मुटु भएका थियौ हामी यसै-
छिन्न भिन्न पार्न हाम्लाई कुन्नी कस्ले काल रच्यो !

(दुई)
जे जे आउंछन सबै बाधा सँगै तर्ने थियो मन
भन्थ्यौ मलाई मेरो दाजु तिमी मेरो मियो बन
रिसाएर हिडेयौ तिमी भए म जिउदै लाश-
फटेको थ्यो दुबै मन कसरी सियौ भन!!

गजल

त्यो बात झुटो लाग्यो !!
त्यो रात झुटो लाग्यो !!

पिउँदा पिउँदैको
त्यो मात झुटो लाग्यो !!

साहारा बनिदिने
त्यो हात झुटो लाग्यो !!

जानेरै उस्ले दे'को
त्यो घात झुटो लाग्यो !!

"मञ्जरी" झरीदिँदा
त्यो पात झुटो लाग्यो !!

"गजल"

जति पटक सम्झ्यो तिमी त्यति मुर्छा परेकी छु
बाँच्दाबाँच्दै मै पनि किन भित्रभित्र मरेकी छु !!

सकिन गर्न केहि, न त थियो आँटै रोक्ने छेक्ने
विबश हुँदै दिनरात आँखाहरु भरेकी छु !!

छैनौ नजिक तिमी भन्ने थाहा भए पछि सधैं
क्षितिज पारि देखिन्छौ कि भनि हेर्ने गरेकी छु !!

कठैबरा!त कस्ले भन्ला स्वार्थी न हो जग सारा
देखावटी नै भएपनी आज हाँसो छरेकी छु !!

बगिरहने रित रै'छ जिन्दगीको बुझेँ बल्ल
जंघारहरु जसो तसो एक्लै तर्ने गरेकी छु !!

गजल

तराई पाँउ पहाड छाती सगरमाथा शिर अब
लर्खराउने होइन साथी सफल हुने धिर अब !!

जरुर आँखा लाग्छ फेरी नि सजग रहु सुस्ता तिमी
पारिआउदा लड्नु नै पर्छ सबैले राख तिर अब !!

ईतिहास छ जिवित अझै नसहेको'थ्यो परतन्त्र
मेट्न नदेउ त्यो पहिचान सधैंलाई नै चिर अब !!

बारम्बार नै प्रहारहरु हुन सक्छन आफु माथि
जोगाउनु र जोगिनु पर्छ सम्झ बुझ न पिर अब !!

डग्मगाउने हैन पाईला झुक्ने छैन है माथ अब
सम्हाल्नु पर्छ नेपाल सारा ढल्पल हैन थिर अब !!

गजल

मिलनको आश !!
एक्लिएको बास !!

मेरो लागि सधैं
तिमी मात्र खास !!

बिछोडको पीडा
दिनै घट्दो गाँस !!

हेरेर नै तिमी
अन्त्य होस सास !!

"मञ्जरी" मै देख्यौ
माया को त्यो रास !!

गजल :-"मान्छे"

मरे समान बाँचेको हुँदो रै'छ मान्छे
दुखी हुँदा त एक्लै नै रुदो रै'छ मान्छे !!

आफ्ना चाहना सबले पुरा गर्न खोज्दा
गाई नपुगी गोरु पो दुदो रै'छ मान्छे !!

लोक बुझाई उ आफु बन्न भनी चोखो
जाली आँशुमा त्यो पाप धुदो रै'छ मान्छे !!

फुली काँडाकै बिचमा एक्ली हाँस्ती सुमन्
काँडा बिचकै "मञ्जरी" छुदो रै'छ मान्छे !!

''गेडीहरु''

1.

किन जानु बिदेश गाँउघरै असल ,
हुन्छ राम्रो यतानै गोडे माटो फसल,
सार्हो छ,
तिमीबिना बस्न गार्हो छ !!

2.

नजाउ म भन्दै थे तर गयौ छुटेर,
कोमल यो मन त टुक्रा टुक्रा फुटेर,
बासैमा,
कती कुरौ आउने आसैमा !!


3.

सम्झनामै हुन्छौ'रे दिनरात साँझैमा ,
मैले पनि राखेको तिमी मुटु माझैमा ,
बल्झेर,
मुटु दुख्छ तिमी सम्झेर !!

गजल -"के रै'छ''

के रै'छ मात खाएर हेरें !!
के रै'छ घात पाएर हेरें !!

सुने'थें के के अर्काको बाणी
के रै'छ बात धाएर हेरें !!

उज्यालो अनि साँझ यो कत्ती ?
के रै'छ रात छाएर हेरें !!

देखेको एक्ली "मञ्जरी" मात्र
के रै'छ पात चाएर हेरें !!



के रै'छ मात खाएर हेरें !!
के रै'छ घात पाएर हेरें !!

गजल -:"टिप्यौ फूल"

थे'न र काँडा टुपुक्कै टिप्यौ फूल !!
आफ्नो नै सम्झि थुपुक्कै टिप्यौ फूल !!

सजे'थ्यो बाग छपक्कै ढाकिएर
कसरी एक्लै भुसुक्कै टिप्यौ फूल !!

भमरा लाग्थ्यो जोगाइ राख्दै थिएँ
नदीई चाल खुसुक्कै टिप्यौ फूल !!

सजाइ डोली "मञ्जरी" लिन आऊ
डोली न बाजा लुसुक्कै टिप्यौ फूल !!



थे'न र काँडा टुपुक्कै टिप्यौ फूल !!
आफ्नो नै सम्झि थुपुक्कै टिप्यौ फूल !!