माया गर्न सक्छु!!

की त माया गर्न सक्छु!!
की त माया मार्नसक्छु!!

पारिपटी देखिदा उ,
की त साघुँ तर्न सक्छु!!

एकान्तमा भेट हुंदा,
की त कान भर्नसक्छु!!

कल्पनामै रात बित्दा,
की त यादै हर्नसक्छु!!

नपाएमा उस्को साथ,
की त एक्लै मर्न सक्छु!!

के पाएर ,

के पाएर दीलमा सजाएर तिमीलाई,
परेलीका क्षीणमा बसाएर तिमीलाई !!


ठिकै भयो छुट्यो साथ टुट्यो नाता पनि,
बिर्साउछु यी आँखा रुझाएर तिमीलाई!!


समाहित सागर नदी भए जस्तै गरी,
के नै भो र मभित्र मिलाएर तिमीलाई!!


अनमोल मानेथे दाज्नु थेन केहीसँग,
राख्दिन'भो शिरमा चढाएर तिमीलाई!!

चाहिएन राम भो बेकसुर सिता त्याग्ने,
फेरौ कि त साटो उल्ट्एर तिमीलाई!!

पर्खाइमै तिम्रो सकिसके सासहरु

पर्खाइमै तिम्रो सकिसके सासहरु
नफर्कदा तिमी मरिसके आसहरु

बेदना र दुरी सबै सबै बिर्सिबसे
कुर्दा कुर्दै धेरै बितिसके मासहरु

बितेका ती दिन अधर रोज्दा खेरी
हिजोआज दिनै घटिसके गासहरु

हराभरा फुल्ने सुवासीने फुलहरु
आभवमा तिम्रा रित्तिसके बासहरु

त्यो काखको माया सम्झदामा दिनरात
नमिठोयादका बिझाउने रासहरु