गजल -मनभरीको माया


मनभरीको माया, तिमीलाई दिएँ !
तिम्रोहाँसो हाँस्न भनी,कती आसुँ पिएँ !!  

जब थिएनौ साथ, तिमीलाई सम्झी
मैले यो जीवन सधैं,आधा आँधी जिएँ !!  

आउँछ याद तिम्रो, र त हुन्छ घायल्  
फाट्यो मन अनी,नचाहेरै पनि सिएँ !! 

तिमीले मन बार्यौ रे, जब सुने अनी 
मनमा आँधी चल्यो,मुटुमा शोक लिएँ !!  

मनभरीको माया, तिमीलाई दिएँ !
तिम्रोहाँसो हाँस्न भनी,कती आसुँ पिएँ ...