क्यान्टिन गफ

''आज सर अलिक ढिलो आउनुहुन्छ रे'' भन्दै एउटा साथी कक्षाकोठा प्रवेश गर्छ । हल्ला र खुशीले कक्षा नै जुरुक्क उचालिन्छ । विद्यार्थी आखिर विद्यार्थी नै हो चाहेँ स्कुलका हुन या क्याम्पसका । सरको बोरिङ्ग लेक्चरबाट एकैछिन फुत्किन पाएका हामी गुरुरु कक्षा नै रित्तो पारेर क्यान्टिन पस्छौ चिया र तातो पकौडा खाने सुरले । अर्को क्यान्टिन बन्द भएकोले होला भिड निक्कै छ। हामी अलि खाली टेबुल हेर्दै खाँदखुद भएर सबै एकै बेन्चमा अटाएर बस्छौ। हामी भन्दा पछील्लो बेन्चमा दोस्रो बर्ष(मास्टर)का दिदिदाजुहरु पहिले देखी नै बस्दै हुनुहुन्थ्यो। सायद उहाँहरु कुनै बिषयमा कुरा गर्दै हुनुहुन्थ्यो, जसले त्यहाँको माहोल तताएको भान तुरुन्तै पाईन्थ्यो ।
हाम्रो ग्रुप पनि चिया र पकौडा लिएर आई खादै गफमा मस्त थियो तर मेरो ध्यान भने अघिनै देखी हामी भन्दा पछाडि तिर तानिदैँ थियो। साथीहरु के भन्दै थिए त्यता ध्यान नदिएर म पछाडिको बहस सुन्दै थिएँ, कुरा कहाँ देखी सुरु भयो थाहा थिएन तर जती सुने त्यती अनी त्यस्तै यहाँ लेख्ने कोशीस मेरो ।
बेन्चमा हामी झै खाँद्खुद भएर आठ जना बसेका थिए जहाँ तीन जना केटा र पाँच जना केटीहरु छन। तर बहस भने दुईजना बिच केन्द्रित छ अरु भने यदाकदा आफ्न बिचार मात्र राख्छनधेरै बोल्दैनन, लाग्छ ति यो जाडोमा चिया र पकौडा खान मै मस्त छन तर ति दुई भने चिया र पकौडा भन्दा आ-आफ्ना तर्कमा ध्यान दिँदैछन ।
लामो कपाल भएकी,गोरी र पातली वक्ता १
छोटो छोटो कपाल भएको काले काले केटो वक्ता २
कपाल छाडेकी र चस्मा लगाउने कहिले कहीँ मात्र बोल्ने केटी वक्ता  ३
चस्मा लाउने केटो वक्ता ४
वक्ता १ : ल तिमी भन आफ्नो बिचार, यो समाजको हैन दुनियाँको हैन तिमीलाई के लाग्छ ? के यो सहि हो?
वक्ता २: म एक जनाले बुझेर या मानेर मात्र यो हुने त हैन नि, हामी जुन समाजमा हुर्केका छौ त्यो समाजले यसलाई मान्दैन। यहाँ छोरीमान्छे नै दोषी देखाउने चलन छ । हो म तिम्रो कुरामा सहमत छु कि छोरा मान्छे र छोरी मान्छे दुबैको बराबरी हात हुन्छ ति दुबै उतिकै दोषी हुन्छन र पनि टाउको छोरीकै झुकाउछ यो दुनियाँले, छोरा मान्छे कहीँ कहिलै झुक्दैन अनी उसलाई झुक्न वाध्य पनि पारीन्न ।
वक्ता १: तर जे सुकै होस् म मान्दिन यो चलन। मलाई साह्रै रिस उठ्छ यो देख्दा कि यहाँ एउटा केटाले चार पाँच वटी केटी सँग जिस्किन्दाँ केही हुन्न, उल्टै साथीहरु माझ उ रवाफी भन्छ तर त्यहीँ कोही केही अली फ्रयाँन्क,हाँसेर बोल्ने र सबै सँग घुलमिल हुने स्वभावकी भए मान्छेहरु सोच्छन कि यो त सजिलै ओछ्यान सम्म पुग्छे। कती घटिया सोचाई हुन्छ मान्छेहरुको छि!
वक्ता ३: अनी नमानेर के गर्छेस हँ? तैले नमान्दैमा यो समाज आजको  भोली फेरिन्छ ?
वक्ता ४: अनी तिमेरुले याद गरेका छौ कि छैनौ यी यस्ता समस्या भनेको पढेलेखेका र आधुनिक भन्नेहरुको बिचमा मात्र छ ।
वक्ता १: तिम्रो कुरा ठीक हो। आफुलाई खुब आधुनिक र बुद्धीमानी ठान्नेहरुको अन्तर आत्मामा लुकेको पाखण्डीपनको यो भन्दा ठुलो अर्को नमुना के होला र? अझै प्रपोज गर्छन् यदी प्रपोज स्विकार भयो भने ए, फलानी त कस्ती एकै पटकमा मान्दी रहेँछे, कुन्नी कती जनासँग पो सम्बन्ध गाँसिहोली यसले, दुई चार दिन मस्ती गरुँ अनी देखाजाएगा भनेर साथीहरु माझ रवाफ देखाउँछ। यदी प्रपोज अस्वीकार भए पनि ए यल्ले त मलाई उल्कै गर्दै थीइ, यस्तीलाई कस्ले बाल दियोस,मलाई खुब फसाउँला  भन्नी सोचेकी थीइ होला कहाँ म त्यती सजिलै फस्छु र भन्छ र आँफै चोख बन्छ, ठुलो पल्टिन्छ। अब तिमेरु नै भनओ त यी दुईटै अवस्थामा किन छोरी मान्छेको मात्रै बेईज्जत हुन्छ?
वक्ता २: होलान एकाध त्यस्ता होलान, त्यसो भन्दैमा सबैलाई एउटै काँटिमा राख्नु पनि त गलत हुन्छ नि हैन र भन्या ?
वक्ता १ तिम्रो कुरा ठिकै हो। सबै तेस्तै नहोलान तर धेरै त्यस्तै छन, तिमी मान या नमान। राम्रो उदाहरण मैले आँफै फेला पारेकी छु यसको। मैले भेटेका मध्ये ९९.९ मान्छे त्यस्तै छन। बाँकी ०.०१ होलान छैनन भन्दिन।
''ओई सर आउँनु भयो रे, जाउ कक्षातिर'' भनेर सबै उठेर कक्षातिर लागे। ''ओई चाडो  आईज भन्या'' अर्कीले फेरी हात तानेर घिस्याई ।उनिहरुको बहस कती बेला कसरी टुंगियो कुन्नी  म भने तानिदै कक्षा तिर लागे। सरले के पढाउनु भयो केही बुझिन। मेरो मन,मष्तिस्कमा ती वक्ता १ दिदीको कुरा खेल्दै थियो। ओल्टाई पल्टाई ति दिदिको कुरा सम्झन्थे चित्त बुझ्थ्यो। साँच्चै किन यस्तो हुन्छ होला हँ ??
हिजो देखी म यिनै कुरामा अल्झिएकी छु ।

डायरिबाट

तिमीलाई नसम्झेको त दिन,हप्ता मात्र हैन महिनै पो हुन लागेछ । कुनै बेला थियो जब म दिन र घण्टा त टाढाको कुरो एक मिनेट पनि तिम्रो याद बिना बस्न सक्दिन थिएँ। खै किन तिमी तिर त्यती धेरै एकहोरिएकी थिएँ अहिले सम्झदाँ आँफै छक्क पर्छु। तिमी सँग जिन्दगी बिताउने रहर भनौँ या सपना त थिएन मेरो,यो सबै अर्कैलाई साँचिसकेको अवस्थामा पनि खै कुन आकर्षणले म तिमीतिरै एकहोरिएकी थिए अझै थाहा छैन। जे होस् अहिले सम्झदाँ साँच्चै रमाईलो जोक लाग्छ त्यो बेलाको आफ्नै अवस्था। कुनै नाटकको एक भाग जस्तो । तिमी कुरा गराई अनी ब्यवहार नै होला कि त्यो आकर्षण।
त्यो तिमी प्रतिको एकहोरोपना के का लागि अनी किन थियो त्यो त अझै स्पस्ट भएको छैन तर उतिबेला जब तिमीले आफुलाई मौनता भित्र लुकाउथ्यौ तब भने मेरो मन साँच्चै दुख्थ्यो। एक खाले छट्पटी र बेचैनी खुब बढेको थियो। तिम्रो स्वभाव त्यै थियो या मेरो एकहोरोपनको कारण  आफुलाई मौनताको खोल भित्र लुकाएका थियौ होला ? तिमीले वस्ता नगरेँ झै लाग्थ्यो, भित्र भित्रै मन चिढिन्थ्यो तिमी सँग तर तिमीलाई केही भने आँट हुन्नथियो । तिमीलाई म सधैंको लागि भुल्न चाहन्थे तर कसरी अलमल्लमा थिएँ।जब जब तिमीलाई भुल्छु भन्थे त्यतिखेर झन झन तिमीलाई सम्झन्थे। तिमीलाई भुल्नु असम्भव जाने देखी भने मैले तिमीलाई भुल्ने रहरलाई भुलिदिए । अब जती तिमी याद आउथ्यौ म तिम्रै यादमा हराईदिन्थे, याद आउन्जेल सम्झिदिन्थे।
आज समयले साँच्चै कोल्टो फेरेछ। जुन दिन देखी तिमीलाई दैनिक सम्झन्छु र मनमा ठाउँ दिन्छु भनेर आँफै सँग सम्झौता गरे त्यस दिन देखी तिमी याद आउथ्यौ,केही पल तिम्रै यादमा बिताईदिन्थे अनी तिमी जान्थ्यौ म आफ्नै काममा लाग्थे। आन्तत: आज यस्तो दिन आयो कि जुन दिनको खोजी मैले उतिखेर खुबै गरेकी थिएँ। अचेल तिमी मलाई त्यती याद आउँदैनौ,खै किन आउँदैनौ करण कहिलै खोजिन तर दिन दिनै तिमीलाई सम्झने समय छोटिएको आभाष पाएँ।
आज न त तिमी सँग गुनासो छ न त तिमीलाई भुल्ने रहर नै,न त मन दु:खाई नै छ कि तिमीले बेवस्था गर्यौ भनेर। आज म खुशी छु। यदाकदा तिमी सँग भेट हुँदा पहिले झै कुराकानी हुन्छ।तिमी पनि आफ्नै दुनियाँमा खुशी होलाउ है। तिमीलाई मनमा राखिदिए तिमी बस्यौ पनि त्यसैले अब याद आउन्नौ अनी मन दुखाउदैनौ पनि।थाहै नपाई याद हराएछ,बेचैनी र छट्पटी हराएछन। छ त केवल यदाकदा तिमी याद आउँदा तिमीलाई सम्झेर एक्लै सुटुक्क आउने मुस्कान अनी म ।।

कविता

भुकभुके उज्यालो नहुँदै
सुनसान रातमा
चलमलाउँछ रात झै एक छाँया ।।

अस्पातलको एउटा कुनोबाट
अस्पातल बिउझनु भन्दा पहिले,
डाक्टर,नर्स उठ्नु अगावै,
वरपरका कुरुवा र बिरामी हाई काड्नु अगावै,
सुटुक्क फाल हान्छ झ्यालबाट एउटा छाँया
ढोकाको पालेले नथापाओस भनेर ।।

सडक सडक झैँ लाग्दैन उस्लाई,
हिँडाई हिँडाई झैँ लाग्दैन उसलाई,
के भा'को यस्तो ?
एक्कैछिन घोरिएर फेरी
सुलुलु ओरालो झर्छ आफ्नै गतिमा।।

खै हिजो सम्म यो सडक भरी भएका खाल्डाखुल्डी,
खै दाँयाँबायाँ उभिएका धुपी र केतुके,
खै त्यो फोहोरको डङुर,
खै.....
खै....
खै......
कस्को लास होला त्यो बिहानै धुवाँ बनिरहेँको,
कस्तो मै जस्तो रहेँछ,
बरा! अल्पायु मै मरेछ ।।    

आफ्नै कुरा

जीवन एक यात्रा। अनेकौ मोड अनी घुम्तिहरु आउछ नै। अनेकौ मोडमा अनेकौ सहयात्री पनि भेटिन्छन फरक यत्ती हो कती थाहै नभई  छुट्छन भने कती केही समय सम्म याद आउछन। र अन्तत: ति पनि हराउछन यही दुनियाँमा। यी सब भन्दा भिन्न कोही भेटिन्छन्, मनलाई छुन्छन,थाहै नपाई ति आउछन हाम्रो जीवनका सुख दु:खमा सहभागी हुन। दिन,हप्ता,महिना गर्दै सयम बितेको थाहा हुँदैन। फेरी एक दिन यस्तो आउछ ति सहयात्री सँग पनि छुट्टीनु पर्छ। तब यो  किन सोच्न सकिन्न कि त्यस्ता सहयात्री पहिले पनि छुटेका थिए अनी फेरी भेटिन्छन् र छुट्छन।   
यही त रहेँछ गराई र भोगाईको फरक । सुन्दा जती सहज लाग्छन,यी कुरा ब्यवहारमा उतार्न उत्ती कठिन। जो कोहीलाई भुल्छु भन्नु उसलाई झनै याद गर्नु रहेँछ। मन भरी छुट्नुको पिडा हुन्छन,आँशुहरु थाहै नपाई गूड्किन्छन।  एक तमासको छट्पटी र बेचैनी मात्र हुन्छ। बुवा,आमा,दाजु,दिदी सबै माझ हुँदा पनि केही नपुगे जस्तो, केही छुटेँ जस्तो, उसैको अभाव र उसैको कमी। के भयो ? को जवाफ दिन नसकेर नजवाफ बन्नु अनी मौनता भित्र आँफैलाई लुकाउनुको सिवाय केही छैन झैँ लाग्छ। कामकाज एकातिर थन्क्याएर उसैको बियोगमा आसुँ बगाउनु बन्छ अभिन्न हिस्सा बन्छ  दैनिकीको।
मन भित्रको उकुसमुकुस र बह पोख्ने कोई नहुँदा एक्लै एकान्तमा घण्टौ रुनेहरु पाईलै पिच्छे भेटिन्छन् । सबैका सामु आफुलाई सहज उपस्थिती गराउने तर एकान्त पाउन साथ टोलाउनेको जमात थुप्रै छ। यी सबै जिन्दगीका बिशेषता रहेँछन। जसरी हुन्छ 'जीवन'नामको एक यात्रा पार गर्नु छ। हाँसो,आँशु,दुख,सुख सबै यही यात्रा क्रममा भेटिने मोड र घुम्ती रहेँछन ।।