गजल


अर्कैको हुन्छौ रे तिमी !
पराई बन्छौ रे तिमी !!

मेटाई हाम्रो साईनो...
अन्त नै सर्छौ रे तिमी !!

भुलु कि अब त भनी...
मनमा गुन्छौ रे तिमी !!

जीवन भर नसम्झी ...
मलाई भुल्छौ रे तिमी !!

सुमन् को साथ छोडेर...
टाढा गै फुल्छौ रे तिमी !!!

सम्झनामा मिस्का


   एक दिन  काम बिशेष एका बिहानै बागबजार तिर जाँदै थिए, रत्नपार्कमा बस बाट ओर्लिएर आकाशे पुल हुँदै भक्तपुर बसपार्क निस्कदै गर्दा बाटोमा कालो कभर भएको, नयाँ पनि होइन पुरानो पनि होइन, जाडोको बेला रातभरिको शितले बाहिरी कभर छपक्कै भिजेको एउटा डायरी फेला पारे, बिहानै मानिसहरु पातलो भएकोले अनि आफुलाई पनि त्यति हतारो नभएकोले त्यो डायरी टिपेर हेर्न विचार गर्दै टिपेर त्यसका पानाहरु क्रमश पल्टाउन थाले... डायरीमा कतै कहीं परिचय छ कि भनेर अगाडी र पछाडी हेरे तर ''सम्झनामा मिस्का'' बाहेक केहि भेटिन.. केहि पाना मात्र लेखिएको उक्त्त  डायरीको शुरुवात यसरि भएको थियो....
                                                                                        मिति :-  आईतबार बेलुका                                      
 'हामी कतै घुम्न जाउ न' मोबाईलको ईन्बक्समा शनिबार बिहानै एक्कासि आएको म्यासेजले आफैमा रनभुल्ल परे अनि को रहेछ  भनेर आफ्नै स्मृति केलाउंदै गएँ,  त्यस्तै पाँच  छ महिना पहिले भेट भएकी,राजधानीकै कुनै क्याम्पस पढ्दै गरेकी युवती जसको नाम मिस्का... हत्तपत्त रिप्लाई गरे ''स्योर, वाई नट.. होएनेभर यु वान्ट'' तुरुन्तै  रिप्लाई आयो ''आई वान्ट टुडे ईफ यु फ्री'' उसैगरी मैले रिप्लाई '' ओक आई विल वेट यु बानेश्वर एट नाईन ओ कल्क''  उसको रिप्लाई तुरुन्तै आयो, ''ओक डन'' उमेरले चार दशक नाघिसकेको म मा खै उस्ले के देखी र  घुम्न जाउ भनि होली... भर्खरै बिस नाघेकी ऊ अनि चालीस नाघेको म.. अलिकति पछुतो पनि लाग्यो आफ्नै उमेर सम्झेर... तैपनि उस्ले 'घुम्न जाउ' त भनि सम्झदै फुरुङ्ग पनि भए...र आफुलाई पनि बिस कै हाराहारी सम्झन थाले... दिनभरी अफिस मा घाम ताप्दा या गफ गर्दा पहिले पहिले मरिहत्ते गर्ने महिला स्टाफहरु समेत अचेल मलाई फिटिक्कै वास्ता गर्दैनथे,  सायद तिनलाई मेरो पाको पनको आभाष हुँदै थियो कि ....
       सरकारी जागिर थियो घर परिवारको जिम्मेवारी थिएन, एक्लो जीवन आफ्नै गतिमा चल्दै थियो... एक दुई दिन पाहुना बनेर साथ् दिन आउने बाहेक मेरो जीवनमा कोहि थिएन अरु... बिहानै उठ्नु आफ्नै लागि खाना पकाउनु, खानु अनि अफिस जानु, बेलुका यसो साथि भेटे कुनै क्याफे मा केहि बेर गफ्फिनु अनि साँझ तिर घर फर्किनु, घर फर्किदा एक्लो घर सधै मेरै बाटो  हेरिरहेको जस्तो लाग्थ्यो... घर पुग्नु लथालिंग कोठाहरु देखेर आफैसंग दिक्क मान्नु, अनि जाँगर लागे मिलाउनु नभए त्यतिकै , मन लाग्दा केहि बनायो खायो होइन भने पढ्ने मन भए  कुनै किताब खोजेर पढ्न बस्यो नत्र सुत्यो...बस यही थियो मेरो दैनिकी ..  सधै एकैनासको दैनिकीबाट दिक्दारी पनि लाग्थ्यो तर कुनै विकल्प पनि त थिएन म संग...सधै को दैनिकीमा आज केहि फेर बदल हुने त पक्का भैसकेको थियो तर कुन रुप मा भने थाहा थिएन...
        नौ बजे बानेश्वर चोकैमा बाईकलाई पार्किङ्ग मा राखेर म  उसलाई कुर्न थाले अनि आँखा चारै तिर  कुदाउन लागे.. कता बाट आउली त मिस्का भन्दै .. शंखमुल तिरको बाटो हुँदै छोडेको सिल्की कपाल, ओभर  कोट अनि घुँडा सम्म आउने जुत्ता लाएकी, उ हाँस्दै हाँस्दै  नजिकै अईपुगी सकिछ म भने खै कुन्नि कता... टोलाएर एकहोरै भएछु...छेउमै आएर ''हजुरलाई कतै डिस्टर्ब त गरिन नि मैले '' उसको तिखो बोलीले पो झसङ्ग भए, अनि झटपट आफुलाई सम्हाल्दै भने ''मेरो के नै काम हुन्छ र यसैनी आज त शनिबार...'' ए... भन्दै ऊ उभिरहीं... केहि क्षणको मौनता तोड्दै मैले अलिक जिस्क्याउने भावमा भने, ''लौ भन आज कसरि याद गर्यौ ?? अनि कहाँ लैजाने मन छ मलाई''  फिस्स हाँसेर उस्ले भनि ''आज कतै टाढा जाउ न दिनभरिलाई''.... 'भन न त कहाँ हो ??' मैले फेरी सोधे... एकै छिन मनमनै केहि गुने झैँ गर्दै उस्ले भनि 'धुलिखेल...' ओक एज योर्र विस...''  मैले सजिलै स्वीकार गरे !
   पार्किङ्को मोटरसाईकल निकालेर उसलाई 'बस' भने ... केहि बेर टक्क रोकिएर उ बसी ...हाम्रो यात्रा सुरु भयो... मन मनै आफैलाई भने ''शुभ यात्रा''...कोटेश्वर,सुर्यविनायक, जगाती हुँदै साँगाको उकालो उक्लिएर बनेपा लाग्दा सम्म ऊ केहि बोलिन ... यति लामो मौनता अलिक असहज लाग्दै थियो मलाई... ऊ भने चुपचाप् दुवै हात  मेरो काँधमा राखेर मुर्तिवत थिई... ''केहि त बोलन'' लामो मौनता चिर्दै मैले भने...प्रतिउत्तर मा उही हाँसो मात्रै ... ''भोक लाग्यो होला नि केहि खाने होइन??'' अब भने उसलाई बोल्न बाध्य पार्दै थिए म .... ''हजुरलाई पनि त लाग्यो नि भोक त होइन ??" उल्टै मलाई सोधी उस्ले पनि ...'' तिमीलाई लागेको भए मलाई नि लाग्यो होइन भने छैन'' ठट्टा गर्दै मैले भने.. फिस्स हाँसी मात्रै उ...
     धुलिखेल को कुनै एउटा राम्रो रिसोर्ट छानेर हामी बस्यौ... ल भन के खाने? ''जे होस् केहि छैन तर खाने कुरा भए भईत हाल्यो'' ... उसको जवाफ आएपछि मैले मेनु तिर यसो  आँखा डुलाउन्दै लन्च सेट को अडर गरे ... अब भने मेरो ध्यान पुरै उनीतिरै लगाउने उदेश्यले सोधे ''अनि भन मिस्का आज कसरि याद गर्यौ?? के तिम्रो स्मरण बाट म निस्केको थीइन र? निक्कै समय पो भयो त हामीले नभेटेको त कि कसो ?? यो बिचमा भेट त टाढाको कुरा फोन सम्म थिएन आज एक्कासि ....'' मेरो कुरा बिचमै रोक्दै उस्ले भनि .. यी महिनाहरुमा जीवनले धेरै मोडहरु पार गरे .. कति मोडहरुमा ठेस लाग्यो कति मोडले लड़ायो.. तर बिस्तारै आफ्नै सहाराले उभिन सिके ... ति दिनहरुमा तपाईं बाट  सिकेका कुराले मलाई धेरै साहायता गर्यो यी सब बाट आफुलाई योग्य बनाउन... तपाईका कुराहरु बाट धेरै प्रभावित भएकी रहेछु... भेटघाट या फोन त हामी माझमा थिएन तर हरेक दिन साँझ  बिहान तपाईका कुरा दोहोर्याई तेहर्याई आफैलाई सम्झाउथे.. अनि जति ढेस लाग्थ्यो उठ्थे,, जति लडे झन झन बलियो बन्दै गए र आज म  'म' भएर हजुरको अगाडी छु... तपाईलाई धन्यवाद पनि दिउ अनि अझै केहि कुरा सिकौ जस्तो लाग्यो त्यसैले मात्र...''
       म बाट के सिक्यौ र त्यस्तो ?? मैले केहि सिकाए जस्तो त लाग्दैन त ? मैले उसको मन जान्न चाहे.... ''यो यो यति यति सिके भनेर त म भन्न नसकुला तर पहिलेकी म अनी ति केही दिनको हजुर सँगको भेट पछि कि म मा आँफै ले धेरै फरक पाएकी छु, केहि दिनको भेट अनितपाई का बिचारहरु  अनि  ''पढ्नु पर्छ  है यहि हो तिम्रो बेला पढ्ने दुनियाँ बुझ्ने '' यसले मेरो मन मा ठुलै हलचल ल्यायो,  त्यसपछिका दिनहरु मेरो किताब खोज्ने, पढ्ने, मनन गर्ने मै ब्यस्त भएँ.. ओशो , कृष्णमुर्ति, बिबेकानन्द, फ्रायड  ...  जति पढे,जाने अनि  अझै पढ्दै पनि छु .. यदि तपाइँ अनी मेरो  भेट नभएको भए खै मैले यो सब पढ्ने या पठ्थे या पढ्दैनथे, यी सब कुरा (जति अहिले बुझे ति) बुझ्थे कि बुझ्दिन थिए के थाहा र होइन ??''
अनि तिम्रो ब्वाई  फ्रेन्ड  को हालचाल के छ नि ?? बिहे कहिले गर्ने सोचाई छ ?? कतिको हुन्छ भेट ?? साँच्चै  कहाँ  छ अहिले ऊ?? मैले जवाफ नै नकुरी एकै पटक खर्खरती प्रश्न मात्रै सोधे... मेरो सोधाई पछी उस्ले भनि ''ठिकै छ राम्रै गर्दै हुनुहुन्छ, अचेल बिराटनगर हुनुहुन्छ, केहि महिना पछी यतै आउँने  जस्तो कुरा थ्यो ...'' टक्क रोकिई यति भनेर उ मैले फेरी सोधे अनि बिहे कहिले गर्छ्यौ त ?? 'बिहे खै हेरौ कहिले पो हुन्छ...''  सम्बन्ध बिग्रिएको त छैन नि ?? मैले उसका कुरा खोतल्ने मनले सोधे... ''ठिकै छ , सधै को जस्तै चल्दै छ न त नराम्रो न राम्रो बस चल्दै छ '' यति भनेर फेरी निक्कै टाढा लहरै मिलेका हिमाल तिर आफ्ना आँखा कुदाउन थाली... 
  आफुले रोजेकी छ्यौ उसलाई  तैपनि किन तिमि मा कुनै उत्साह देखिन्न नि यो कस्तो सम्बन्ध तिमीहरु बिचमा..?? मलाई पनि केहि जान्न मन लाग्दै आयो अनि सोधे.. ''यस्तै न हो सबै को मन एक्कै कहाँ  हुन्छ र नि.. मैले उसलाई होइन उस्ले मलाई रोजेको.. '' माया त गर्छ्यौ नि होइन र ?? '' ''माया त सँगै बस्दै अनि देख्दै आए'सी लागिनै हाल्छ.. घरमा पालेको कुनै जनावर त आत्मीय बन्छ केहि दिन मै भने..उ त मान्छे हो... हो मलाई उस्को असाधै माया लाग्छ तर खै किन हो उस्को मायाले मेरो मन आज सम्मा छुन सकेको छैन ....'' ति हिमाल बाट आँखा नहटाई. एक्कै सासमा उस्ले यो कुरा सकी.. लन्च पनि आयो ... अरु कुरा थाति राख्दै .. पहिले खाना खाउ है .. सहमतिमा मिस्काले मात्र  टाउको हल्लाएर हुन्छ संकेत गरि... हामी चुपचाप खाना खान थाल्यौ....
   खाना खाइसके पछी अघिकै कुरा फेरी जोड्ने मन मर्यो ..अनी  मैले सोधे अब कतै निस्कने कि यहीं बस्ने ??  म तिर हेर्दै उस्ले भनि ''तपाई जे भन्नु हुन्छ''  एकै छिन बजार निस्कौं न हुन्न? मैले घुम्ने योजना बताए.. उस्ले उसै गरी  टाउको हल्लाएर सहमति जनाई.. हामीले बोकेको हाम्रो झोला त्यहिँ रिसोर्टकै एउटा  कोठा  लिएर राख्यौ अनि निस्कियौ... सानो बजार घुलिखेल घुम्नु त कती  ठाउँ  थियो र... हामीले यसो टहल्नको  लागि के यु को एरिया छान्यौ र निस्कियौ... पुग्नु कहीं थिएन मात्र थियो समय बिताउनु ... के यु को हाता भित्रका केहि ठाउँहरु घुम्दै गर्दा मैले उसको हात समाउने साहस गरे, तर मन ढक्क पनि भयो. र पनि ''म त लोग्ने मान्छे हुँ'' भन्ने घमण्डले आफैलाई सम्झाएँ...अनि आँट गरेरै मेरो बायाँ तर्फ  हिडेकी मिस्काको दायाँ हात  समाते... उस्ले असजिलो मानिन बरु कसक्क पारेरआफ्नो हातले मेरो हात  कसी... यति भएपछी मेरो मनले आँट पायो.. अब मैले उसलाई सजिलै अँगालोमा कसे.. उ चुपचाप थिई... सायद मौन समर्थन या मौन बिद्रोह मैले ख्यालै गरिन...मिस्काको जिउको स्पर्शले गर्दा मलाई आफ्नै जिउको तातोले पोल्न थालिसकेको थियो...म अलिक अधर्य हुँदै गएको थिए...''मिस्का अब फर्कौ है'' मेरो आग्रहलाई पुरानै तरिकाले टाउको हल्लाएर हुन्छ को संकेत गरि.. सिधै कोठामा (जहाँ हाम्रो झोलाहरु थियो) पुगेर जिउलाई ओछ्यानमा फाले.. मन अस्थिर हुँदै थियो, छटपटी बढ्दै थियो, हात गोडा ताता हुँदै थिए.. एक प्रकारको बेचैनी बढ्दै थियो....
    बल्ल सम्झे मिस्का खै होली? यस्सो टाउको उठाएर हेरे उ झ्यालबाट बाहिर हेर्दै रहिछ, ओछ्यान बाटै उसलाई नियालेर हेरे... मन भरि नाना कल्पना र तर्कना आएँ.. ओछ्यान बाट उठेर उसको कान नजिकै गएर सोधे '' के हेरेकी यसरि टोलाएर'' मेरो सोधाईले सायद उसको एकान्तता टुटेछ क्यारे झसङ्ग हुँदै उस्ले ''केहि होइन त्यतिकै'' भनि... झन्डै साँझ पर्न लागिसकेको थियो , मैले भने ''के आज फर्कनु नै पर्ने हो तिमीलाई ?? उस्ले म तिर हेर्दै भनि '' किन नजाने सुर हो र हजुरको ??'' 'त्यसो त होइन त्यहिँ पनि अईहालीयो अब क्याम्प फायरिङ्ग किन छुटाउनु मिल्छ भने भोलि बिहानै निस्किउ भनेर ' मैले कुरा खोले.. एकै छिन सोचेर उस्ले भनि '' जाने पर्ने भन्ने त छैन'' मैले मन मनै गुने नगए पनि हुन्छ..
       थ्यांस मेरो मन राखेकोमा मैले उसलाई भने, ''यो औपचारिकता किन?? के को लागि ??''उस्ले भनि, यसो भन्दै गर्दा उ म तिर फर्केकी थिई, हामी आमुन्ने सामुन्ने भयौ... मेरो अगाडी एक जोडी कामिरहेका ओठहरु...मन शुन्य भयो... सास रोकियो...  मैले आँखा चिम्लिए अनि उसका ओठमा आफ्ना ओठ राखिदिए... एक  निमेषलाई  जिउभरी एक झड्का  तरङ्ग बाहेक अन्य सबै स्थीर भए सायद समय पनि....

                         पसिनाले निथ्रुक्कै भिजेकी मिस्का बाथरुम पसी... मलाई  भने ओछ्यान छोड्ने मन भएन...तैपनि मेनु हेरेर फ्रेन्च फ्राई, चिकेन म:म, अनि तन्दुरी संगै बियरको अडर दिए.. मिस्का फ्रेश भएर निस्की.. केहि लाज माने झैँ गरि अनि म तिर नहेरी चुपचाप निहुरिएर बसी...केहि बेरमा सबै अडर भएका खाना कोठामै आईपुग्यो... मैले भने मिस्का के खान्छ्यौ ?? उस्ले भनि ''सबै''  ल आऊ त मैले आफ्नो अघिल्लो तिरको कुर्सि देखाउदै उसलाई बोलाए... एक दुई फ्रेन्च फ्राई, अनि म:म खेर उस्ले भनि ''पुग्यो मलाई त '' यो नखाने ''मैले उसलाई जिस्क्याउदै बियर तिर औल्याउदै मैले भनि '' बदलामा उस्ले ठुला ठुला आँखा तरेर हेरी तर चुपचाप...म भने मिस्का संगै बियरको मात आफुमा उतार्दै थिए...  ''अब त सुत्नु पनि पर्ला भोलि बिहानै काठमान्डौ  अनि अफिस ......''' लामो  नि:शब्दता पछी मिस्काले भनि.. उ तिर यसो हेरेको त उ पहिले खै कुन बेला हो सुतिसकेकी रहिछ मोबाईल खोजेर घडी हेरे नौ बजिसकेछ... म चुपचाप मिस्का तिर बढे.....
             कोठाभरी छरिएको बिहानीको उज्ज्यालो अनि सर्सराएको चिसो हावाले गर्दा भर्खरै मात्र निदाएका आँखा उघ्रन मानिरहेका थिएनन... तै पनि कोठाको बस्तुस्थिति बुझ्ने उदेश्य लिदै जबर्जस्ती आँखा खोले आँखा अगाडी भर्खरै मात्र नुहाएर टावेल कपालमा बाध्दै गरेकी मिस्का देखा परी... साँझ  देखि रातभरी आफुले महशुश गरेको सबै कुरा सधै जस्तो सपना नभएर आज साँचै भएको अनुभूति बल्ल अन्तरात्माले स्वीकार गर्यो....''अब जानु पर्छा नि होइन र ??'' नजिकै उभिएर मिस्काले भनि,भर्खरै नुहाएकी मिस्काको शरीरको सुगन्धले मलाई तान्दै थियो... कता कता मात लागे झैँ हुँदै थियो...उस्लेले अन्तै हेरेको बखत पारेर मैले उसका हात तानेर आफु अनुकुल पारे र भने.. काठमान्डौ  गए पछी तिमि हुन्नौ जानु भन्दा नजानु नै ठिक''  उस्ले ''उउउउउ... खुबै होलानी '' बाहेक केहि भनिन.. एक पटक फेरी मैले उसलाई प्राप्त गरे... झन्डै आठ बजेको हुँदो हो..  ''अब त जानु पर्छ उठ्नुहोस... मैले कफी र ब्रेड मगाकी छु फ्रेश हुनुहोस '' मिस्काले कर गर्दै भनि.. मन नलागी नलागी उठेर बाथरुम पसी फ्रेश भएर निस्के... कफी अनि  ब्रेड आईसकेछ .. मिस्का मलाई पर्खदै रहिछीन.. सँगै कफी र नास्ता सक्यौ अनि फर्कने तयारीमा झोला मिलाई निस्कियौ...   ''ईफ यु फील ब्याड आई एम सरि मिस्का'' बाईकको  साईड ग्लासमा उसलाई हेर्दै मैले भने '' उस्ले भनि ''औपचारिकता आवश्यकता थिएन र छैन पनि अनि सरी पनि प्रकृति बिपरित को नै छ र'' उस्ले यति भने पछि म ढुक्क भए..

              झन्डै दश बजे तिर मिस्कालाई बानेश्वर छोडेर म सिधै अफिस पुगे.. ढिलो त भएको थिएन.. र पनि सबै स्टाफले मलाई सधैंको भन्दा बिशेष नजरले हेर्दै थिए............ मनमा छुट्टै उमङ्ग थियो अनि काममा जाँगर पनि... मन खुशी थियो.. मैले कोहि कसै तिर ध्यानै न'दि फटाफट आफ्नो क्याबिन छिरे अनि काम गर्न थाले तर मनमा भने लागिरह्यो त्यो सब हेराई अनि यो जाँगर कसरी ....??? कारण  कतै मिस्का.................
                             बाँकी मिस्का सँग अर्को भेट पछी ......

गजल ''नभन्नु है सानु''

मिलनकै कथा बुन्छु नभन्नु है सानु 
तिमीलाई सम्झी रुन्छु नभन्नु है सानु । 

हराए झै लक्ष्य लुटिएझै खुशी सारा 
म पागल प्रेमी हुन्छु नभन्नु है सानु । 

खुशी दिन्छु सधैं, आँसु मेरै भाग पार्छु 
मनको पीर् एक्लै फुन्छु नभन्नु है सानु । 

जुनतारा झार्ने, प्रेमिल कुरामा आई 
हेर म आकाश छुन्छु नभन्नु है सानु ।


मिलनकै कथा बुन्छु नभन्नु है सानु 
तिमीलाई सम्झी रुन्छु नभन्नु है सानु ।