आफ्नै कुरा

जीवन एक यात्रा। अनेकौ मोड अनी घुम्तिहरु आउछ नै। अनेकौ मोडमा अनेकौ सहयात्री पनि भेटिन्छन फरक यत्ती हो कती थाहै नभई  छुट्छन भने कती केही समय सम्म याद आउछन। र अन्तत: ति पनि हराउछन यही दुनियाँमा। यी सब भन्दा भिन्न कोही भेटिन्छन्, मनलाई छुन्छन,थाहै नपाई ति आउछन हाम्रो जीवनका सुख दु:खमा सहभागी हुन। दिन,हप्ता,महिना गर्दै सयम बितेको थाहा हुँदैन। फेरी एक दिन यस्तो आउछ ति सहयात्री सँग पनि छुट्टीनु पर्छ। तब यो  किन सोच्न सकिन्न कि त्यस्ता सहयात्री पहिले पनि छुटेका थिए अनी फेरी भेटिन्छन् र छुट्छन।   
यही त रहेँछ गराई र भोगाईको फरक । सुन्दा जती सहज लाग्छन,यी कुरा ब्यवहारमा उतार्न उत्ती कठिन। जो कोहीलाई भुल्छु भन्नु उसलाई झनै याद गर्नु रहेँछ। मन भरी छुट्नुको पिडा हुन्छन,आँशुहरु थाहै नपाई गूड्किन्छन।  एक तमासको छट्पटी र बेचैनी मात्र हुन्छ। बुवा,आमा,दाजु,दिदी सबै माझ हुँदा पनि केही नपुगे जस्तो, केही छुटेँ जस्तो, उसैको अभाव र उसैको कमी। के भयो ? को जवाफ दिन नसकेर नजवाफ बन्नु अनी मौनता भित्र आँफैलाई लुकाउनुको सिवाय केही छैन झैँ लाग्छ। कामकाज एकातिर थन्क्याएर उसैको बियोगमा आसुँ बगाउनु बन्छ अभिन्न हिस्सा बन्छ  दैनिकीको।
मन भित्रको उकुसमुकुस र बह पोख्ने कोई नहुँदा एक्लै एकान्तमा घण्टौ रुनेहरु पाईलै पिच्छे भेटिन्छन् । सबैका सामु आफुलाई सहज उपस्थिती गराउने तर एकान्त पाउन साथ टोलाउनेको जमात थुप्रै छ। यी सबै जिन्दगीका बिशेषता रहेँछन। जसरी हुन्छ 'जीवन'नामको एक यात्रा पार गर्नु छ। हाँसो,आँशु,दुख,सुख सबै यही यात्रा क्रममा भेटिने मोड र घुम्ती रहेँछन ।। 

No comments:

Post a Comment