''गेडीहरु''

1.

किन जानु बिदेश गाँउघरै असल ,
हुन्छ राम्रो यतानै गोडे माटो फसल,
सार्हो छ,
तिमीबिना बस्न गार्हो छ !!

2.

नजाउ म भन्दै थे तर गयौ छुटेर,
कोमल यो मन त टुक्रा टुक्रा फुटेर,
बासैमा,
कती कुरौ आउने आसैमा !!


3.

सम्झनामै हुन्छौ'रे दिनरात साँझैमा ,
मैले पनि राखेको तिमी मुटु माझैमा ,
बल्झेर,
मुटु दुख्छ तिमी सम्झेर !!

गजल -"के रै'छ''

के रै'छ मात खाएर हेरें !!
के रै'छ घात पाएर हेरें !!

सुने'थें के के अर्काको बाणी
के रै'छ बात धाएर हेरें !!

उज्यालो अनि साँझ यो कत्ती ?
के रै'छ रात छाएर हेरें !!

देखेको एक्ली "मञ्जरी" मात्र
के रै'छ पात चाएर हेरें !!



के रै'छ मात खाएर हेरें !!
के रै'छ घात पाएर हेरें !!

गजल -:"टिप्यौ फूल"

थे'न र काँडा टुपुक्कै टिप्यौ फूल !!
आफ्नो नै सम्झि थुपुक्कै टिप्यौ फूल !!

सजे'थ्यो बाग छपक्कै ढाकिएर
कसरी एक्लै भुसुक्कै टिप्यौ फूल !!

भमरा लाग्थ्यो जोगाइ राख्दै थिएँ
नदीई चाल खुसुक्कै टिप्यौ फूल !!

सजाइ डोली "मञ्जरी" लिन आऊ
डोली न बाजा लुसुक्कै टिप्यौ फूल !!



थे'न र काँडा टुपुक्कै टिप्यौ फूल !!
आफ्नो नै सम्झि थुपुक्कै टिप्यौ फूल !!

"केही हाईकु"

खुल्ला आकाश
छरपस्ट बादल
शुन्य यो मन !! (1)

देखेर फूल
लोभिएको भमरो
घाती सुन्गाभा !!(2)

टुटेको मन
टुक्रा टुक्रा सपना
रुझेका आँखा !! (3)

"गेडीहरु"

एकान्तमा जहिलै थाल्छौ किन बर्संन
टोलाएर बसेर बोल्दा थाल्यौ तर्सन
भिर छ,
हिजो आज तिम्रै पिर छ !!(1)

टाढा टाढा नबसौ अझै पनि भन्दै छु
औंलाहरु भाँचेर भेट्ने दिन गन्दै छु
छुदै छु,
तिम्रै फोटो हेरी रुदै छु !!(2)

आधी आधी जीवन दु:ख सुख बाडेर
बस्नु पर्थ्यो साथै मा गयौ किन छाडेर
रुदै छु,
पानी बिना माच्छो हुँदै छु !!(३)

हेरेर त्यो आकाश टोलाउछु पल्पल
याद तिम्रो आउँदा आँखा हुन्छ टल्पल
उनै हो,
मेरो लागि तिमी जुनै हो !!(4)

गजल

दुई मन जोडेर गयौ,
बाधा सबै तोडेर गयौ!!

एकै बाटो हिंड्न रोज्थे,
आई तिमी मोडेर गयौ!!


ढुङ्गै थियो यो मन मेरो,
माया दिई फोडेर गयौ!!


दियौ साथ सुमन तिम्रो,
आधा मनै छोडेर गयौ!!