Showing posts with label टुक्रा. Show all posts
Showing posts with label टुक्रा. Show all posts

दुई टुक्रा


(एक)
बोली नै रुखो मेरो झर्केकी हुँदै हैन,
मोडिएकी मात्र हुँ फर्केकी हुँदै हैन ।
थकाई मारौँ भनी बसेकी चौतारीमा,
ब्यर्थै तिमी मख्ख पर्यौ पर्खेकी हुँदै हैन ।

(दुई)
के सुनाउँ हाल अस्तव्यस्त छु अचेल,
तिमी त सोच्लाऊ खुब मस्त छु अचेल।
के छ त्यो मनमा लुकाएकी सबै सँग,
नसोध्नु यतै हेर्नु छरपस्ट छु अचेल।

दुई टुक्रा


एक
देउराली देवी भाकेकी छ्यौ रे,
मन्दिरमा पनि मागेकी छ्यौ रे।
'सुहाउन्न म त तिम्लाई' भन्थ्यौ,
त्यो मनमा अर्कै राखेकी छ्यौ रे ।।

दुई
किन होला जिन्दगी विधवाको ओठ जस्तो,
दैलो अघी उभिएको काम नलाग्ने बोट जस्तो ।
राखे पनि कामै छैन छोड्न पनि माया लाग्ने,
बिच सडकमा मिल्किएको हो कि खोटो नोट जस्तो ।।

जान्छौ

सम्झनामा आउँदा, आँखा रुझाएर जान्छौ !
मुटु भित्र छाउँदा, आँखा रुझाएर जान्छौ !!
मन मुटु सम्हाली, गाँठो पार्दा पिडा भित्रै,
तर्कनामा पाउँदा, आँखा रुझाएर जान्छौ !!

केही टुक्रा


दुनियाँ माझै एक्लै भएँ नि म तब !
सक्दिन साथ दिन भनी गयौ जब !!


विश्वाश टुट्यो,मन दुख्यो,छुट्यो नाता,
भुलेर पनि माया गर्दिन भो अब !!

चाहिन्न कोही गाँसी मुटु एक्लै छोड्छन्,
पराय जस्तै बने आफ्ना भन्ने सब !!



भरिन थाल्छन् आँखा

आउँछौ जब सम्झनामा, भरिन थाल्छन् आँखा !
छाउँछौ जब कल्पनामा, भरिन थाल्छन् आँखा !!

यो माया थियो साँच्चै चोखो, तैपनी टाढिनु पर्‍यो,
धाउँछौ जब सपनामा, भरिन थाल्छन् आँखा !!

अनिँदा रात कती कती, दिनमा भेटिने आश,
ल्याउँछौ जब तर्कनामा, भरिन थाल्छन् आँखा !!