तिमी
मेरी जून
फुङ्ग उढेको कपाल
चाहुरिएका भोगाईहरू
![]() |
फोटोमा आमा |
टोलाईरहन्छिन
मेरी जून अचेल ।
अस्ताएको मेरो बुढो सूर्यसँगै
मेरी जून अचेल मलिन भएकी छिन।
धमिल र निरिह भाव
अघि पछि टिमटिमाउँने ताराहरू हेर्छिन्
मन बुझाउँन खोज्छिन
तर कैले सम्म ?
जिन्दगी जिउँदै जादाँ
अनेक भोग्न पर्ने, सहनु पर्ने र महशुस गर्नै पर्ने
नियती बिरूध्द लड्ने हिम्मत गर्दिनन्
चुपचाप घुम्छिन् समयको चर्खामा।
पुनः नउदाउने सर्तमा
उनको संसारको घाम अस्ताइसकेको छ,
र पनि हरेक बिहान आफूलाई सम्हाल्छिन
सोच्छिन एकदिन म पनि अस्ताउँनेछु छु उनी जस्तै ।
हरेक दिन र रातहरू एकनास
के सोच्छिन कुन्नी
बोलाउँदा झस्किन्छिन निरस अनुहार
मेरी जून अचेल टोलाईरहन्छिन् ।दशैँ
मेरो संसारको सूर्य
समयको क्रुर पन्जामा
छट्पटिएको दुइ मन,
यौटा यहाँ
अर्को सात समुद्र पार।
मेरो संसारको बुढो सूर्य
जसको न्यानोपनले मेरो बाल्यकाल अद्वि
मेरो यौवन स्वतन्त्रत झल्मलायो,
जीवन थाक्न खोज्दा
बिसाउने चौतारी ,
अनि जिन्दगी सँग लड्ने साहस र शीतलता दियो।
सृष्टिको नियम हो,
बादल, वर्षा, उदाउनु र अस्ताउनु,
र पनि यो मन कामना गर्छ
सृष्टिको नियम भङ्गै होस्
तर
मेरो घामले कहिल्यै अस्ताउँन नप
त्यो बाल्यकाल
![]() | |
Photo: Google |