कविता

भुकभुके उज्यालो नहुँदै
सुनसान रातमा
चलमलाउँछ रात झै एक छाँया ।।

अस्पातलको एउटा कुनोबाट
अस्पातल बिउझनु भन्दा पहिले,
डाक्टर,नर्स उठ्नु अगावै,
वरपरका कुरुवा र बिरामी हाई काड्नु अगावै,
सुटुक्क फाल हान्छ झ्यालबाट एउटा छाँया
ढोकाको पालेले नथापाओस भनेर ।।

सडक सडक झैँ लाग्दैन उस्लाई,
हिँडाई हिँडाई झैँ लाग्दैन उसलाई,
के भा'को यस्तो ?
एक्कैछिन घोरिएर फेरी
सुलुलु ओरालो झर्छ आफ्नै गतिमा।।

खै हिजो सम्म यो सडक भरी भएका खाल्डाखुल्डी,
खै दाँयाँबायाँ उभिएका धुपी र केतुके,
खै त्यो फोहोरको डङुर,
खै.....
खै....
खै......
कस्को लास होला त्यो बिहानै धुवाँ बनिरहेँको,
कस्तो मै जस्तो रहेँछ,
बरा! अल्पायु मै मरेछ ।।    

No comments:

Post a Comment