आमा

आमा, तिमी भन्दा पर मैले देखेको छैन तिमीभन्दा अरु मैले महशुस गरेको पनि छैन्। तिमी भित्रको संसार मेरो यो बाहिरी दुनियाँ पनि तिमीमै सिमीत छ।
दिनहरु लामा लामा लागेका होलान् रातले झनै तर्साएको बेला कचमचिएको निद्रा, गाडिएका आँखा उपेक्षाहरु र एक्लोपनले निलेको बेला मलाई हेर है, म तिमीसँगै थिएँ र छु। आमा, दुनियाँले तिम्रो उपस्थिति स्वीकार नगर्दा ऐनामा आफूले आफैँलाई नदेख्दा तिमीलाई तिम्रो अस्तित्व संकटले घेर्दो हो तर, मैले तिमीमा मेरो संसार देखेको छु। तिम्रो स्पर्शले र तिम्रो उपस्थितिले म ‘म’ भएको छु। तिम्रै त्यो अनुहार हो जुन मैले यो भीडमा एक मात्र चिनेको छु। तिमीलाई मेरो संसार ठानेको छु। आमा, यी दिनहरु बितेर जानेछन्, तिमी र म रातभरी निदाउँने दिनपनि आउँनेछ। तर ऐले म बेला बेलामा झस्कन्छु तर्सन्छु र रुन्छु तिमीले काखमा लिँदा सुरक्षित ठान्छु मलाई एक्लै नछोड्नु है। ऐले म तिमी र तिमी वरपर नै रहन्छु ल म सधैँ यस्तै सानो पनि रहन्न सधैँ म तिमीलाई सताउने पनि छैन।

मेरी जून

 

फुङ्ग उढेको कपाल

चाहुरिएका भोगाईहरू

फोटोमा आमा
निरस अनुहार बोकेर

टोलाईरहन्छिन
मेरी
जून अचेल

 

अस्ताएको मेरो बुढो सूर्यसँगै

मेरी जून अचेल मलिन भएकी छिन।

धमिल निरिह भाव

अघि पछि टिमटिमाउँने ताराहरू हेर्छिन्

मन बुझाउँन खोज्छिन

तर कैले सम्म ?

जिन्दगी जिउँदै जादाँ

अनेक भोग्न पर्ने, सहनु पर्ने महशुस गर्नै पर्ने

नियती बिरूध्द लड्ने हिम्मत गर्दिनन्

चुपचाप घुम्छिन् समयको चर्खामा।

 

पुनः नउदाउने सर्तमा

उनको संसारको घाम अस्ताइसकेको ,

पनि हरेक बिहान आफूलाई सम्हाल्छिन

सोच्छिन एकदिन पनि अस्ताउँनेछु छु उनी जस्तै

 

हरेक दिन रातहरू एकनास

के सोच्छिन कुन्नी

बोलाउँदा झस्किन्छिन निरस अनुहार

मेरी जून अचेल टोलाईरहन्छिन्

म, तपाइँ र हामी आधुनिक मान्छे

 के  भनेर सोध्नुहोला ? 

फोटोः गुगल
जिन्दगी ठिक ठिकै छ। 

मन एक्लिएर के भो  

फेसबुकमा दुइ चार सय साथी छन्

प्रोफाइलको भित्र भित्र खोतलेर साथ दिन्छन्,

मेरा दुखमा दुखी भए झैँ गर्छन्,

खुसीमा साथ दिए झैँ हुन्छन् 

 ती फेरी फेसबुकमै हराउँछन्।  


 

मेसेजमा के  लेखेर भेटहुदाँ मुन्टो बटार्ने

झुक्किएर देखियो भने  आँखा अन्तै बिसाउँने 

फेसबुकमा आहाअनि मनमा असन्तोष बोकी

जिन्दगीको बोझले असिनपसिन

टुइटर  इन्साको चौतारीमा 

छ्यस्छ्यास्ती भेटिने 

आजका आधुनिक मान्छेहरु। 

 

चियो चर्चो नगरौँ भन्दापनि 

यो फेसबुक केही लुकाउँदैन  

ब्यूँझनु पहिल्यै याद बनेर आउँने 

यो कस्तो माया हो जतिबेला सँगै हुन रहर लाग्ने ? 

यौटा आँखा चिम्लेर किन नहोस् 

ब्यूझनु अधि फेसबुक खोतल्छु , 

-कसले नयाँ फोटा अपडेटेड गरेछन्

कस्का घरमा के के पाकेछ

को कोले के के खाएछन् ? 

जानकारी लिन्छु  छुट्टीको दिन हो भने  फेरी सुत्छु। 

हैन भने काममा कुद्छु 

किनकी  आधुनिक मान्छे। 

 

चुलो चिसै  घरको

पकाउने जाँगर खै  मनको ? 

साथिहरु पकवानको फोटा हाल्छन्

फेसबुक भरी देखाउँछन् आफैँ खान्छन्

मलाई बोलाउँदैनन्। 

घुम्न जान्छन् फोटा खिच्छन्

नाँच्छन् गाउँछन् 

अनेक गर्छन् फेसबुकमै  देखाउँछन् 

तर के  भनेर कहिल्यै सोध्दैनन् 

किनकी उनीहरू आधुनिक मान्छे। 

 

साथीभाइका कुरा छोडौँघरघरका कुरा जोडौँ

व्यक्ति व्यक्तिका कुरा खोतलौँ।  

फेसबुकमा अनलाईन देखियो

सञ्चै होला भन्ने बुझियो। 

समाजिक सञ्जालले तपाइँलाई जिउँदो प्रमाण गर्दियो

किन गर्नु फोन किन मेसेज लेख्नु

हरियो बत्ति बलेकै छ। 

उसको जिन्दगी चलेकै ,

सोधखोज गर्ने फुर्सद कहाँ   ?

 

 हजुर कता ? 

दिनभरी हाकिमका गनगनले

असारको गोरू चै थाकेर घर फर्किदाँ

जहान ढुस्स मुख पर्नेआँखा तर्ने  

भन्ने  हजुर कता ?

यौटा टिकटक बनाउँ  है। 

आत्मसमर्पण गर्नै पर्यो

अरअरो कम्मर पनि भाँच्नै पर्यो 

बुढा/बुढीलाई  खुशी राख्नै पर्यो। 

किनकी तपाइँ आधुनिक मान्छे। 

 

रोमान्टिक फोटा खिचौँ फेसबुकमा राखौँ   कमेन्ट गनम। 

बरु भरे ओछ्यानमा ढाड किन नफर्कियोस् 

कसैले देख्दैन्केही फरक पर्दैन् 

तर रोमान्टिक फोटा सबैले देख्नैपर्छ

पर्फेक्ट कमेन्ट आउनै पर्छ 

अझ भनौँ  फेसबुकमा जोइपोइले गाला जोड्नै पर्छ। 

गाला जोडेको फोटो सबैले हेर्नै पर्छ। 

किनकी हामी आधुनिक मान्छे। 

 

कसैलाई फेसबुकमा फोटा चाहियो

कसैलाई टिकटकमा भिडियो 

कसैलाई चिया खाजा  शान्ती चाहियो 

तर चाहियो चाहियो भनेर सबै कहाँ पाइयो। 

 

 खुशी छु कि छैन जान्दिन 

 खाली छु कि भरी त्यो पनि भन्दिन। 

तर  आधुनिक भने पक्कै छु। 

यो मन खाली भएर के भो  ? 

 सँग फेसबुक  टुइटर  अनि 

टिकटक पनि  

ती सबै फोटा  भिडियोले भरिपूर्ण छ।