गजल

कोल्टे फेर्दै आफ्नै मन जाँच्दा जांच्दै रात बित्यो!
को छ रुने मर्दा औंला भाँच्दा भाँच्दै रात बित्यो!!

गन्नु सम्म गनी सके छूटे को त छैन कोही,
को को आफ्नो को को गैर छान्दा छान्दै रात बित्यो!!

खै त मेरा आफ्ना भन्ने का का कती फेला परे,
आफुलेनै आँफैलाई सोध्दा सोध्दै रात बित्यो!!


यत्ती हुन मेरा भन्नु कयौ चोटि चाहरी हेरे,
यताउता छ की कोही खोज्दा खोज्दै रात बित्यो!!


कोल्टे फेर्दै आफ्नै मन जाँच्दा जांच्दै रात बित्यो!
को छ रुने मर्दा औंला भाँच्दा भाँच्दै रात बित्यो!!

गजल

एक्लै जिउने रहरमा साँच्चै एक्लो भएछु,
यत्रो बिराट शहरमा साँच्चै एक्लो भएछु!!

सुख पाउदा साथ दिने कती कती भा'थिए,
ज्यान मारा यो जहरमा साँच्चै एक्लो भएछु!!

रुप यौवन जवानीमै सारा रात बितेछ,
झस्के बिहानी प्रहरमा साँच्चै एक्लो भएछु!!

साथ किनार सम्मै रै'छ म के जान्नु त्यो जाल,
बर्खे भेलको लहरमा साँच्चै एक्लो भएछु!!


एक्लै जिउने रहरमा साँच्चै एक्लो भएछु,
यत्रो बिराट शहरमा साँच्चै एक्लो भएछु!!

''नयाँ बर्ष ''

नयाँ नयाँ पालुवालाई चुम्दै आयो नयाँ बर्ष,
बसन्तको मीठो गीत त्यो गुन्दै आयो नयाँ बर्ष!!

उमंग र उल्लासमय दिन अब आयो साथी,
कोपिला नी बसन्तसँगै फुल्दै आयो नयाँ बर्ष!!

बिगत त बित्यो सकियो पश्चाताप छैन कती,
नयाँ नयाँ रहर खुशी बुन्दै आयो नयाँ बर्ष!!

बसन्तको न्यानोपनले बिदा भयो चिसो मैलो,
कोइलीको आवाजसँगै झुम्दै आयो नयाँ बर्ष!!

''सानु तिमी''


सानु तिमी रिसाउँदा ।
मन मुटु बिझाउँदा ।

झरे मेरा आँशुहरु
तिम्ले बाटो बिराउँदा ।।

खुशी भा'थे त्यस दिन
सारा त्यता बिसाउँदा ।।

तिम्रा हर खुशी मेरा
सामु तिमी मुस्काउँदा ।।

एक्लो एक्लो भा'छु आज
तिम्ले मन तर्काउँदा ।।

''गजल''

तिम्रो बाटो कुर्दिन भो,
तिम्रा लागि जुर्दिन भो !!


यात्रा तिम्रो सकिएछ,
म त यात्रा तुर्दिन भो!!


दियौ आफ्ना इच्छा
दिन्न मेरो पुर्दिन भो!!

छर्नु छ नी सुवास त्यो
नफुल्दै त मुर्झिन्न भो!!


तिम्रो बाटो कुर्दिन भो,
तिम्रा लागि जुर्दिन भो !!

'मेरी माया'

मेरी माया जुन जस्ती,
मधुर त्यो धुन जस्ती!!

अंग अंग फैलिएकी,
कतै हो कि खुन जस्ती!!

अलिनो यो संसारमा,
मुखलाग्दो नुन जस्ती!!

लाखौं लाख बीच पनि,
मात्र मेरै हुन जस्ती!!

भित्र भित्रै सकिए म,
लाग्छ उनी घुन जस्ती!!

गजल


तिम्रो मेरो प्रिती देखी आँखा तर्ने धरै यहाँ,
तिम्रो मेरो साथ छुट्दा मन भर्ने धरै यहाँ!!


साँचो चोखो हाम्रो माया देखी डाह गर्नेहरु,
तोड्न नाता विष को त्यो बिज छर्ने धरै यहाँ!!

सँगै देख्दा इर्ष्या गर्ने कती हुन कती सानु,
किन कुन्नी होला तनी जाल गर्ने धेरै यहाँ!!

हुने छैनौ तिमी स्वर्थी यो लोक जस्तो,
एकातिर माया अनी अन्तै चर्ने धेरै यहाँ!!



तिम्रो मेरो प्रिती देखी आँखा तर्ने धरै यहाँ,
तिम्रो मेरो साथ छुट्दा मन भर्ने धरै यहाँ!!