टाढा भयौ तिमी

टाढा भयौ तिमी मलाई यता, दु:खायौं... 
हाँसो मात्र दियौ र त ति आसुँ, लुकायौं... 

हुन्थ्यो जीवन् सधैं सधैं नै भरीभराउ...
मेरै लागि त्यो मौका जाना-जानी, चुकायौं...

सागर झै स्थिर र बोक्दै गहिरो भाव...
जुध्ना साथै नयनहरु तिम्ले, झुकायौं...

खोजी थियो एउटा मुटु तिमी मै भेटे...
बोकी ल्यायौ मिठो मिलन प्रेम, फुकायौं... 

को होला र एक्लै खुशी यो दुनियाँ माझ...
थाम्यौ हात एक्लोपनको आसुँ, सुकायौं...

रहर या वास्तविकता ??

भिजेका परेलाहरु
चर्केका मनहरु
टुटेका सपनाहरु
यी सब
म कसरी दिऊ
तिमीलाई
त्यसैले
अब,
आँशुमा मात्र भेटिने छु
तर,
ति तिम्रा होइनन
मेरा आँखाबाट बग्नेछन
तिम्रा याद सँगै
तिम्रो सम्झना सँगै
किनकी,
यस्लाई मैले नै रोजे
जे बुझ्छौ तिमी
रहर या  वास्तविकता  ??

गजल :-एक्लै परे

छोडि गयौ जब तिमी संसारमा एक्लो  परेँ... 
नदिंदामा तिम्ले साथ जंघारमा एक्लो परेँ...

हराभरा बन पाखा उजाड पो लाग्छ किन...
फुल्ने झुल्ने रहर थ्यो बहारमा एक्लो परेँ ...

कसमको के भर भो थाहै न'भै टुट्यो जब... 
जीवन् अनी मरणको संघारमा एक्लो  परेँ...

रम्ने अनी रमाउने कथै जस्तो लाग्छ अचेल्...
सुर ताल मिल्दै बज्दो झंकारमा एक्लो परेँ ...


छोडि गयौ जब तिमी संसारमा एक्लो  परेँ... 
नदिंदामा तिम्ले साथ जंघारमा एक्लो  परेँ...