Showing posts with label गफगाफ. Show all posts
Showing posts with label गफगाफ. Show all posts

कक्षा कोठामा केही क्षण


क्लास पनि के आउँनु,स्कुल जस्तो दश बजे देखी पाँच बजे सम्म पढाउँछन, त्यै पनि ढोका थुनेर।स्कुल पनि के भन्नु बरु स्कुलमा यती प्रेसर त पर्दैन थियो,पढ्नु भनेको त सरहरुको आँखा छल्नु मात्रै न थ्यो।

ओई, आज पनि किन ठिलो आ'की? आज पनि पाउना आईलाग्या थियो कि क्या हो?

उफ्फ। कती हिरो बन्छ है त्यो। हेर न बोल्न पनि पोइसै तिर्न पर्ला झैँ,खुब जान्नेछु, यो क्लास त के टियु नै टप्छु सोच्दो हो, तेल्लाई के था कि ऊ भन्दा जान्ने अरु पनि छन् भनेर। भोली पर्सी रिजल्ट आउँदा अर्काले टपिदिन्छ अनी केटो हेर्या हेर्यै।उसको ठुला मान्छे सँग संगत छ रे भन्दैमा हामीलाई मान्छै पो देख्दैन त।

आ,दिदी मलाई त व्यर्थै यो नदुखेको कपाल डोरी ला'र दु:खाउन लागे झैँ लग्न थाल्यो,हुँदा खादाँको जागिर छोडेर पढ्न थालियो खै पार लाग्ला जस्तो छैन,अझ घरमा सासु आमाले भान्साको काम पनि गर्न दिनुहुन्न पढ्न बस भनेर, आफुलाई भने खै के भाको हो दिमागमा मरे घुस्दैन,किताब हेरेर मात्रै के गर्नु? फेरी कोर्स पनि के हो यो हुँदा न खाँदाको,थोरै तिनो भए पो, नेपालका त ल आफ्नो देशको पुरानो ग्रन्थ र उ बेलाको हाम्रो भाषा भनेर पढुँला रे त्यो तातो न छारोको पश्चिमा सभ्यता र ग्रीकको ईतिहास हामीलाई के काम।अझ त्यसैले टाउको दुखाउँछ झन।के काम हामीलाई त्यो सब जानेर पनि?

एई तेरो ब्वाई फ्रेन्ड सँगको झगडा मिल्यो? क्या यार तिमरु पनि सधैं झगडा गर्छौ।भोली पर्सी घराँ पनि झडाँ गरेर सासुले छुट्याउन पर्ला है तिमर्लाई त....
यदी तपाईंलाई अप्ठ्यारो पर्दैन भने आफ्नो नाम या मेल दिन सक्नुहुन्छ? म फेसबुकमा एड गर्छु नि हजुरलाई हुन्न?
क्याम्पस आउन थाल्या यत्रो एक बर्ष भयो र पनि अहिले सम्म एउटा ब्वाईफ्रेन बनाईनस?आफ्नो कक्षाकामा आँखा नगए यसो माथिल्लो कक्षा अनी अरु अरु डिपार्ट तिर्को हेर्नु नि, कस्तो लाटी,एम फिल मा आउने एक जाना क्या ह्यान्सी छ भन्या,मलाई क्या राम्रो लाग्छ। म तलाई देखाउँला है त तिनेरुको ह्याँ क्लास पर्‍या दिन।
ए सुनन, तिमीहरुको तिर कोठा पाईन्छ भने यसो बुझिदेउ न है। अहिले बसेको ठाउँमा पानी नै गतिलो छैन भन्या, जाडो हुँदा त ठिकै थियो धेरै पानी चहिन्न थियो अब गर्मी जो लाग्यो।
सपैले एक्जामको तयारी गर्न थालिसकेछन, म मात्रै हो बाबै अहिले सम्म कोर्स पनि राम्ररी नबुझ्ने, खै यो पाराले ले के गर्ने होला? दिक्क लाग्यो, झन राम्ररी पढ्नुपर्ला भनेर कामसाम छोडेर आईयो लास्टा फेल हुनी भएँ ।
हेर न त्यो केटी क्या राम्री लाग्छ मलाई तर के गर्नु ठिलो भैएछ यार,अर्कै सँग हिंड्न थालिसकिछ भन्या क्या ब्याड लक। अरु त आँखै जान्नन...
अई, बिहे गरेकी भएर पो हरा'की ? खै त निम्ता हाम्लाई चै? के हो कोई कोई आउँने बितिकै साथीलाई माया मरिदिएको? जे जे भए पनि पार्टी भाग चाहिन्छ है। बरु कुन दिन खाजा खुवाउने हो अघिल्लो दिनै भन्नु है म खाना नखाई आउँला...
तैले खाजा के ल्याकी छस् खै ले न ऐले नै खाउ कस्तो निद्रा लाग्यो के तै पनि भाग्थ्यो कि। बरु ब्रेकमा म खुवाउला नि तलाई पनि खाजा।
ह्या म त बाहिर जान्छु, यो सरको पिरेड पढ्नु भन्दा त नपढ्नु नै राम्रो। हेर बुझ्ने कै होइन बेक्कार दिमाग दुखाउनु मात्रै हो। बरु आईज तँ पनि । को पढोस् यस्तो बोरिङ्ग क्लास।
तिनिहरु त ग्रुपमै पढ्दै छन् रे। अस्तिनै देखी तयारी थालेका। बाहिर नदेखिने तर भित्र भित्रै खत्रा पढ्दा रहेँछन।क्लास तेती नबस्ने र बसे पनि लास्ट हल्ला गरेर बस्ने तर घरमा मरुन्जेल पढ्छन अरेनी त, हामी मात्र न क्लासमा पढ्नु न घराँ, हेर यै पारा हो भने निको चाल् छैन हाम्रो।
आफु त ऐले सम्म बा'कै फुलस्कलरसिपमा पढ्दै हो। यसपाली बजेट भाषण हुँदा अली बजेट बढाउन लाउनु पर्नी छ बरु कसरी पो हो सोच्दै छु ऐले देखी नै। तलाई पो ढुक्क छ त आफ्नै कमाई,आफ्नै रमाई।

क्यान्टिन गफ

''आज सर अलिक ढिलो आउनुहुन्छ रे'' भन्दै एउटा साथी कक्षाकोठा प्रवेश गर्छ । हल्ला र खुशीले कक्षा नै जुरुक्क उचालिन्छ । विद्यार्थी आखिर विद्यार्थी नै हो चाहेँ स्कुलका हुन या क्याम्पसका । सरको बोरिङ्ग लेक्चरबाट एकैछिन फुत्किन पाएका हामी गुरुरु कक्षा नै रित्तो पारेर क्यान्टिन पस्छौ चिया र तातो पकौडा खाने सुरले । अर्को क्यान्टिन बन्द भएकोले होला भिड निक्कै छ। हामी अलि खाली टेबुल हेर्दै खाँदखुद भएर सबै एकै बेन्चमा अटाएर बस्छौ। हामी भन्दा पछील्लो बेन्चमा दोस्रो बर्ष(मास्टर)का दिदिदाजुहरु पहिले देखी नै बस्दै हुनुहुन्थ्यो। सायद उहाँहरु कुनै बिषयमा कुरा गर्दै हुनुहुन्थ्यो, जसले त्यहाँको माहोल तताएको भान तुरुन्तै पाईन्थ्यो ।
हाम्रो ग्रुप पनि चिया र पकौडा लिएर आई खादै गफमा मस्त थियो तर मेरो ध्यान भने अघिनै देखी हामी भन्दा पछाडि तिर तानिदैँ थियो। साथीहरु के भन्दै थिए त्यता ध्यान नदिएर म पछाडिको बहस सुन्दै थिएँ, कुरा कहाँ देखी सुरु भयो थाहा थिएन तर जती सुने त्यती अनी त्यस्तै यहाँ लेख्ने कोशीस मेरो ।
बेन्चमा हामी झै खाँद्खुद भएर आठ जना बसेका थिए जहाँ तीन जना केटा र पाँच जना केटीहरु छन। तर बहस भने दुईजना बिच केन्द्रित छ अरु भने यदाकदा आफ्न बिचार मात्र राख्छनधेरै बोल्दैनन, लाग्छ ति यो जाडोमा चिया र पकौडा खान मै मस्त छन तर ति दुई भने चिया र पकौडा भन्दा आ-आफ्ना तर्कमा ध्यान दिँदैछन ।
लामो कपाल भएकी,गोरी र पातली वक्ता १
छोटो छोटो कपाल भएको काले काले केटो वक्ता २
कपाल छाडेकी र चस्मा लगाउने कहिले कहीँ मात्र बोल्ने केटी वक्ता  ३
चस्मा लाउने केटो वक्ता ४
वक्ता १ : ल तिमी भन आफ्नो बिचार, यो समाजको हैन दुनियाँको हैन तिमीलाई के लाग्छ ? के यो सहि हो?
वक्ता २: म एक जनाले बुझेर या मानेर मात्र यो हुने त हैन नि, हामी जुन समाजमा हुर्केका छौ त्यो समाजले यसलाई मान्दैन। यहाँ छोरीमान्छे नै दोषी देखाउने चलन छ । हो म तिम्रो कुरामा सहमत छु कि छोरा मान्छे र छोरी मान्छे दुबैको बराबरी हात हुन्छ ति दुबै उतिकै दोषी हुन्छन र पनि टाउको छोरीकै झुकाउछ यो दुनियाँले, छोरा मान्छे कहीँ कहिलै झुक्दैन अनी उसलाई झुक्न वाध्य पनि पारीन्न ।
वक्ता १: तर जे सुकै होस् म मान्दिन यो चलन। मलाई साह्रै रिस उठ्छ यो देख्दा कि यहाँ एउटा केटाले चार पाँच वटी केटी सँग जिस्किन्दाँ केही हुन्न, उल्टै साथीहरु माझ उ रवाफी भन्छ तर त्यहीँ कोही केही अली फ्रयाँन्क,हाँसेर बोल्ने र सबै सँग घुलमिल हुने स्वभावकी भए मान्छेहरु सोच्छन कि यो त सजिलै ओछ्यान सम्म पुग्छे। कती घटिया सोचाई हुन्छ मान्छेहरुको छि!
वक्ता ३: अनी नमानेर के गर्छेस हँ? तैले नमान्दैमा यो समाज आजको  भोली फेरिन्छ ?
वक्ता ४: अनी तिमेरुले याद गरेका छौ कि छैनौ यी यस्ता समस्या भनेको पढेलेखेका र आधुनिक भन्नेहरुको बिचमा मात्र छ ।
वक्ता १: तिम्रो कुरा ठीक हो। आफुलाई खुब आधुनिक र बुद्धीमानी ठान्नेहरुको अन्तर आत्मामा लुकेको पाखण्डीपनको यो भन्दा ठुलो अर्को नमुना के होला र? अझै प्रपोज गर्छन् यदी प्रपोज स्विकार भयो भने ए, फलानी त कस्ती एकै पटकमा मान्दी रहेँछे, कुन्नी कती जनासँग पो सम्बन्ध गाँसिहोली यसले, दुई चार दिन मस्ती गरुँ अनी देखाजाएगा भनेर साथीहरु माझ रवाफ देखाउँछ। यदी प्रपोज अस्वीकार भए पनि ए यल्ले त मलाई उल्कै गर्दै थीइ, यस्तीलाई कस्ले बाल दियोस,मलाई खुब फसाउँला  भन्नी सोचेकी थीइ होला कहाँ म त्यती सजिलै फस्छु र भन्छ र आँफै चोख बन्छ, ठुलो पल्टिन्छ। अब तिमेरु नै भनओ त यी दुईटै अवस्थामा किन छोरी मान्छेको मात्रै बेईज्जत हुन्छ?
वक्ता २: होलान एकाध त्यस्ता होलान, त्यसो भन्दैमा सबैलाई एउटै काँटिमा राख्नु पनि त गलत हुन्छ नि हैन र भन्या ?
वक्ता १ तिम्रो कुरा ठिकै हो। सबै तेस्तै नहोलान तर धेरै त्यस्तै छन, तिमी मान या नमान। राम्रो उदाहरण मैले आँफै फेला पारेकी छु यसको। मैले भेटेका मध्ये ९९.९ मान्छे त्यस्तै छन। बाँकी ०.०१ होलान छैनन भन्दिन।
''ओई सर आउँनु भयो रे, जाउ कक्षातिर'' भनेर सबै उठेर कक्षातिर लागे। ''ओई चाडो  आईज भन्या'' अर्कीले फेरी हात तानेर घिस्याई ।उनिहरुको बहस कती बेला कसरी टुंगियो कुन्नी  म भने तानिदै कक्षा तिर लागे। सरले के पढाउनु भयो केही बुझिन। मेरो मन,मष्तिस्कमा ती वक्ता १ दिदीको कुरा खेल्दै थियो। ओल्टाई पल्टाई ति दिदिको कुरा सम्झन्थे चित्त बुझ्थ्यो। साँच्चै किन यस्तो हुन्छ होला हँ ??
हिजो देखी म यिनै कुरामा अल्झिएकी छु ।