Showing posts with label गेडीहरु. Show all posts
Showing posts with label गेडीहरु. Show all posts

''गेडीहरु''

1.

किन जानु बिदेश गाँउघरै असल ,
हुन्छ राम्रो यतानै गोडे माटो फसल,
सार्हो छ,
तिमीबिना बस्न गार्हो छ !!

2.

नजाउ म भन्दै थे तर गयौ छुटेर,
कोमल यो मन त टुक्रा टुक्रा फुटेर,
बासैमा,
कती कुरौ आउने आसैमा !!


3.

सम्झनामै हुन्छौ'रे दिनरात साँझैमा ,
मैले पनि राखेको तिमी मुटु माझैमा ,
बल्झेर,
मुटु दुख्छ तिमी सम्झेर !!

"गेडीहरु"

एकान्तमा जहिलै थाल्छौ किन बर्संन
टोलाएर बसेर बोल्दा थाल्यौ तर्सन
भिर छ,
हिजो आज तिम्रै पिर छ !!(1)

टाढा टाढा नबसौ अझै पनि भन्दै छु
औंलाहरु भाँचेर भेट्ने दिन गन्दै छु
छुदै छु,
तिम्रै फोटो हेरी रुदै छु !!(2)

आधी आधी जीवन दु:ख सुख बाडेर
बस्नु पर्थ्यो साथै मा गयौ किन छाडेर
रुदै छु,
पानी बिना माच्छो हुँदै छु !!(३)

हेरेर त्यो आकाश टोलाउछु पल्पल
याद तिम्रो आउँदा आँखा हुन्छ टल्पल
उनै हो,
मेरो लागि तिमी जुनै हो !!(4)