कक्षा छुटेर निस्किदै गर्दा एउटी (पहिली) साथी कराउँछे:
'यार,लखरलखर एक्लै हिँड्न तँलाई कती पनि झ्याउ लाग्दैन हँ ?'
'यसलाई किन झ्याउ लाग्थ्यो नि एक्लै हिँड्न पाए बरु हामीसँगै हुँदा चै झ्याउ लाग्छ नि हैन?' बोल्दै गरेकीलाई जवाफ फर्काए झै गर्दै अर्की (दोस्री ) मलाई सुनाउँछे ।
'भयो चुपलाग् नक्कली हो,सधैं एउटै कुरामा कती कचकच गर्न सकेका खुरुखुरु हिँडओ अहिले बस छुट्छ अनी खान्छौ ठुलो भाग ।' अर्की (तेस्री ) न्यायधिस्नी हुन्छे ।
यी तिनवटी र म, हामी एउटा फ्ल्याटमा सँगै बस्छौ । कोही पुर्व कोही पश्चिमका भए पनि हाम्रो भेट गराएको थियो विश्वविद्यालय क्याम्पस कृतिपुरले । झन्डै समान उमेरका हामी एउटै कक्षाका सहपाठी हौँ । पहिलो वर्षको आधाआधीबाट सँगसँगै बस्न थालेका हामीले थेसिस पनि सकेर मात्र आ-आफ्नो बाटो रोज्ने निर्णय गरेका छौँ। अहिले सम्म राम्रै मिल्ती छ निहुँ खोज्ने यदाकदा मैले हो सहिदिन्छन् उनीहरु मेरो यस बानीलाई !त्यसैले यतिका समय यिनीहरु सँगै छु म । ....नत्र असरल्ल छरिएको लुगाफाटो र किताब अनी कफिका जुठा कपहरुले भरिएको कोठामा एक्लै बसिदिन्थेँ होला म निस्फिक्र। आजको यो झटारो चै आजपनि म उनिहरुसँगै घर नफर्की फेरी पाटन दरबार स्क्वायर तिर रल्लिन जाँदै छु भन्ने थाहा पाएपछी फालिएको हो ।
'ओेए, आज म पनि जान्छु नि है तँ सँगै, बरु केही बोल्दिन नि अनी तँ सँगै पनि हिँड्दिन डिस्टर्ब गर्छु झै लाग्छ भने।' उही पहिली साथी मलाई फकाउने सुरले भन्छे ।
अरु दिन झै अब उनिहरु '' जाओ न आँफै आँफै... सधैं नारिएर हिँड्नु पर्छ भन्ने छ र?' भन्ने मेरो रुखो जवाफ सुन्न सबै तम्तयार भए झै देखिन्छन तर म केही बोल्दिन। ज्याकेटको दुबै खल्तिमा हात हालेर बाटोका ससाना ढुङ्गालाई लात हान्दै तिनलाई बल बनाएर एकहोरो हिँड्छु ।
'सुनओ न आज तिनकुने तिर बाट बस नचढौँ ल, हतार के छ र नेपालबैँक हुँदै तलको गेटबाट निस्कुँ न है ।'
म तिनकुनेतिरको बाटो छोडेर अर्को बाटो लाग्छु ।
यन्त्रचालित तिनकुनेतिर सोझिएका उनिहरुको पाईला टक्क अडिन्छ मेरो कुरा सुनेर। तीनवटी नै मुखामुख गर्छन् र मलाई हेर्छन। कुन्नी किन हो उनीहरु मेरो कुरा काट्दैनन,मेरै पछी लाग्छन । हुन त म उनीहरुसँग खासै दोहोरो बोल्दिन उही काम परे मात्र हो । खाना पकाउने, भाँडा धुने, कुचो लगाउने जस्ता घरयासी काममा आफु आफु पालो गर्छन् तर उनीहरु मेरो बाटो हेर्दैनन,यो सबैको सट्टामा हरेक शनिवार बजार गईदिनु पर्छ मैले उनीहरु सँग। पहिली र दोस्री भन्दा शायद तेस्री सानै देखी होस्टलमा हुर्केकी म अनी मेरो स्वाभावलाई राम्ररी र सही बुझ्छे। उसैले ती दुईटी र मेरो चित्त यथास्थानमा बुझाउँछे। सधैंको लापर्वाही म अनी मेरो स्वभावबाट दिक्क नमानी ऊ मेरा छिरल्लिएका लुगाहरु तह लाउँछे, किताबमा जमेको धुलो झार्छे। किनकिन ऊ मलाई मेरी हजुरआमा झै लाग्छ।
दरवार स्क्वायर जान्छु त भनेँ तर जाऊ कि नजाऊको दोधार भएरै मैले यो लामो बाटो रोजेकी थिएँ । केही दिन अघि यसैगरी यी साथीहरुलाई छलेर पाटनतिर रल्लिदै गर्दा भेटेको थिएँ उसलाई। परेवाहरु जम्मा पारेर मैले गहुँ/मकै ख्वाएको उसले देखेको रहेछ । मेरो एकधुनता देखेर मलाई चिढ्याउनै होला उसले जानी जानी परेवा उडाईदिएको ।
*****
'कस्तो बेसोमतिलो मान्छे रै'छ। ' मुखबाट रुखो बोली निस्की त गो ।
''आफै जस्तो सोच्या हो?'' उस्तै रुखो बोलीमा जवाफ आयो ।
'तिम्लाई म किन आँफै जस्तो सोचुँ?'
''किनकी म तिमी जस्तै छु ।''
'म कस्ती छु ?'
''तिमी म जस्तै छ्यौ ?''
'................................काम छैन तिम्रो ?'
''नभए खोजिदिन्छ्यौ ?''
'के तालको मान्छे हौ बिनासित्तिमा किन निहुँ खोज्या होला?'
''निहुँ खोज्या होइन परिचय गर्न खोज्या अर्को आफु जस्तै मान्छे देखेर।''
'चिन्नु न जान्नु घचेडी माग्नु भन्या जस्तो।' म भुत्भुताउँछु !
मलाई मज्जैले झोँक चल्छ । भर्खरै सम्म ऊ सँग जुधिरहेका आँखाहरुलाई अन्तै फर्काउँछु ।
''अरे तिमी त साँच्चै रिसायौ जस्तो छ नि, सरी ल तिम्रो परेवा धपाईदिएकोमा, खै लेऊ म बोलाईदिन्छु फेरी तिम्रो परेवा ।'
ऊ मेरो हातको गहुँ/मकै खोसेर परेवा भए तिर हुर्याउन थाल्छ म उठेर हिँड्ने सुर कस्छु।
''नाम त भनेर जाउ ''
'भन्दिन के' म फन्किएर हिँड्छु ।
ऊ मलाई पछ्याउँछ ।
''तिमी पत्याउ या नपत्याउ तर मैले तिमीलाई निकै पहिले देखी नियाल्दै आएको छु, कुनै दिन तिमी उदास देखिन्छ्यौ कुनै दिन खुशी तर धेरै जसो कता कता हराए झै। धेरै दिनदेखी बोल्न खोजेको हुँ......तर हिम्मत जुटाउन यतिका दिन लाग्यो र पनि जुटाएँ।''
'..................................'
''कुन्नी किन हो तिमीप्रती आकर्षित छु। हरेक दिन आउँछु यहाँ तिमीलाई देख्न पाउने आशले तर तिमी सधैं भेटिन्नौ। दुई तीन दिनको लगातार पर्खाइ पछी जुन दिन तिमी पुन: यहाँ देखिन्छ्यौ त्यो दिन मेरो खुशीको सीमै हुन्न। राम्रा लागेका जती सबै चिज आफ्नो बनाउँ लाग्ने मानवीय स्वाभावबाट म पनि अछुतो छैन तर सम्बन्ध बन्नको लागि पर्याप्त समय आवश्यक छ यो म मान्दछु। ''
' अपरिचित व्यक्तिलाई लिएर एकहोरो यती सोच्नु ठीक होइन। तपाईं के जान्नु हुन्छ मेरो बारेमा ?'
''त्यही जान्न मन लगेर त तिमीलाई अगिनै देखी डिस्टर्ब गरेको।''
दरबार स्क्वायरको परिसरबाट लगभग बहिर निस्किन आँट्दै गरेकी मलाई देखेर ऊ फेरी भन्छ :
''सधैं झै फेरी पनि तिमीलाई कुर्नेछु अनी मेरो मन भन्छ तिमी पनि फेरी आउँनेछ्यौ। ''
*****
'ओेए केटी ध्यान कता छ ? अगाडिबाट आएको यत्रो बस देखिनस्? 'पाखुरामा समातेर सडक छेउ तान्दै गरेकी तेस्री साथीको आवाजले पाटन दरवारको परिसरबाट एकै पटक म कृतिपुरको परिसरमा खस्न आईपुग्छु। अनी पो छेवैँबाट छोएर गएको बसको हावाको ज्ञान हुन्छ मलाई। उसलाई हेरेर फिस्स हाँसिदिन्छु, यो मैले आफ्नो गल्ती स्विकार्ने तरिका पनि हो। टी.यू मुल गेटमा आईपुग्न लागेकोले अब मैले घर जाने या दरवार परिसर कता जाने एउटा निर्णय गर्नै पर्थ्यो। त्यो घटना घटेको दिन देखी म दरवार परिसर गएकी थीइन। त्यो दिन देखी पछी ऊ लगातार त्यहाँ आयो कि आएन होला भन्ने खुल्दुली त बेलाबखत लागेकै हो। छोटो र रुखो भेट भए पनि उसको प्रभाव मलाई नपरेको भने थिएन। सोचेँ जे त होला ..... आज भेटेँ भने राम्ररी कुराकानीको सुरुवात गर्नेछु। मनले पनि सहमति जनायो र भन्यो '.. यी तीनवटी बाहेक अर्को कोही भेटिएको छ जो तँलाई बुझ्छ....तँलाई सहिदिने अर्को एक जना थपियो ।'
'तिमरु पनि जाने भए हिँडओन्त आज... भरे बेलुका सँगै घर फर्किउँला ।'
एक्कासी मेरो कुरा सुनेर सबै अलमल्ल परे। कुनै प्रतिकृया नदेखाए पछी फेरी भने:' के ट्वाल्ल परिराख्या जाने भए हिँडओ बस आईसक्यो ...'आईरहेको पहेँलो बस देखाउँदै म झर्के, र बस रोक्न हात दिएँ ।

"राम्रा लागेका जती सबै चिज आफ्नो बनाउँ लाग्ने मानवीय स्वाभावबाट म पनि अछुतो छैन तर सम्बन्ध बन्नको लागि पर्याप्त समय आवश्यक छ" यो म मान्दछु। wow beautiful.... ' छोटो मिठो मन पर्यो त्यो भन्दा पनि मन पर्ने यहाको सब्द खेलाउने या छनोट कलाको कसरि बयान गरु .......लेख्दै जानु यहाँ जति पनि लेखिएका छन् केहि छोडेर लगभग सबै एकै किसिमकै (प्रेम) छन् तेसैले अबका लेख केहि फरक आउने प्रतिक्ष्या
ReplyDeleteराम्रा लागेका जती सबै चिज आफ्नो बनाउँ लाग्ने मानवीय स्वाभावबाट म पनि अछुतो छैन तर सम्बन्ध बन्नको लागि पर्याप्त समय आवश्यक छ यो म मान्दछु। ''
ReplyDelete(y)
ReplyDeleteराम्रो खिस्सा ..... अनि प्रस्तुति नि ! (Y)
ReplyDeleteसारै राम्रो छ (y)
ReplyDeletethanks all :)
ReplyDelete