दुखेको बेला


Photo: Google
आमा
तिमी जन्मेको माटो  
 जन्मेको माटो एकै भएपनि 
कालान्तरमा 
तिमी हिँड्ने बाटो र
 हिँड्ने बाटो  छुट्टाछुट्टै भईदियो। 

जन्मेको माटो  तिमी हिँडेको बाटो 
छुट्यो भनेर अचेल पीर लाग्दैन् मलाई ! 
बरु कताकता ठीकै भो भन्ने महशुस हुन्छ। 
अचेल दिनहुँ तिम्रै छोरीजस्ता 
कयैँन छोरीहरू 
कलिलैमा निमोठिन्छन् 
निर्घात  निर्बाध। 

कसरी बाँचेकी होलिन् ती जननी
आँखै अघि फक्रदै गरेका फूलजस्ता छोरीहरू
चुडिएकोनिमोठिएको सहेर ! 
किन पीडाको कुनै सीमा हुन्न र ?
सहनुको सिमाना हुन्न र ?

कति देख्नु र सुन्नु 
आमाको काखमा खेलिरहेका नाबालकहरू,
आँगनमा खेलिरहेका छोरीहरू
स्कुल गइरहेका विद्यार्थीहरू
क्षतविक्षत  रगताम्य भएको। 

कुत्सिङ अपराधी
छाडा  मदमत्त साँढेँ झैँ मडारिदैँ,
न्यायको भिख मागिरहेका 
लाचार  निरिह आँखाहरू देखेर 
अठ्ठाहास गर्दैहोला 
खुलमखुल्ला । 

आमा
मेरी छोरीले त्यो माटोमा जन्मनु नपरोस्,
कोपीला मै निमोठिँदा पनि 
ऐँया ! भन्न नपाउने त्यो माटोको के अर्थ ! 
माटोको माया मारी नभन्नु 
आफ्नोपनलाई पर सारि पनि नभन्नु
ममा त्यत्रो आँट छैन आमा ! 
किन अपराधीलाई अपराधी भन्न नपाइने
किन अपराधीलाई कठघरामा उभ्याउन नसकिने,
किन सिङ्गो समाज जुटाउँदा पनि न्याय नपाइने,
चीर निद्रामा सुतेको 
यो न्यायलयको ढोका कति ढकढक्याउनु ? 

अपराधी मुसुक्क हाँसेर अर्को फूल हत्याउन 
उद्दत भइसक्दा पनि 
त्यो न्यायलयले देख्दै देख्दैन्
देखोस् पनि कसरी 
पट्टी जो बाँधिएको छ। 
पैसाको पट्टी
पावरको पट्टी,
सत्ताको पट्टी
कुर्सीको पट्टी !!

पट्टी नै पट्टी  बाँधेको आँखाले 
न्याय दिने भरमा 
 मेरो  मेरी छोरीको भविष्य कसरी 
कल्पना गर्न सक्छु 

No comments:

Post a Comment