गोधूलीमा
घाम डुब्दै गर्दा
नुनिलो
पानी छोएर पुर्वतिर बहने
फोटोः गुगल |
तातो
हावा र
चन्द्रागिरीबाट
काठमाडौ ओर्लने
चिसो
हावाको फरकले
हरेक
साँझ 'नोस्टाल्जिक'
हुन्छु
म ।
पाखाभरी
फूल्ने प्याऊलीमा
रमाउने
यो मन
गमलामा डिजाईन गरेर फूलाईने 'डेजर्टरोज'मा
कसरी
अडिन्छ र?
पानी
पर्दा हरररर बसाउने माटो,
हरियो र हिलाम्य
खेत,
रुझाउने
झरी,
झ्याऊकिरीको
गित,
कोईलीको
मीठो कुहू,
कसरी
खोजूँ म
यहाँको
बलौटे माटो,
टायर
गनाउने बाटाहरु,
बालुवा
बोक्ने शुष्क हावा
र
निद्रा बिथोल्ने 'बुस
चोक'
को
रुखो आवाज भित्र ।
यहाँ
छ,
अग्ला
भवन,
फराकिला
बाटाहरू
अनि
साँघुरिँदै गएको छ मान्छेको
मन ।
हरेक
बिहान अनुहारमा
यौटा
हाँसिरहेको मुखुन्डो उनेर
दिन काट्छ
सुखको
खोजीमा,
अनि
हरेक साँझ मदिरामा मात्तिएर
खुसी
भएको नाटक गर्छ र,
अर्को
दिन उही दैनिकी पछ्याऊँछ
यन्त्रमानव।