आमा
आमा, तिमी भन्दा पर मैले देखेको छैन
तिमीभन्दा अरु मैले महशुस गरेको पनि छैन्।
तिमी भित्रको संसार मेरो
यो बाहिरी दुनियाँ पनि तिमीमै सिमीत छ।
दिनहरु लामा लामा लागेका होलान्
रातले झनै तर्साएको बेला
कचमचिएको निद्रा, गाडिएका आँखा
उपेक्षाहरु र एक्लोपनले निलेको बेला
मलाई हेर है, म तिमीसँगै थिएँ र छु।
आमा,
दुनियाँले तिम्रो उपस्थिति स्वीकार नगर्दा
ऐनामा आफूले आफैँलाई नदेख्दा
तिमीलाई तिम्रो अस्तित्व संकटले घेर्दो हो
तर, मैले तिमीमा मेरो संसार देखेको छु।
तिम्रो स्पर्शले र तिम्रो उपस्थितिले म ‘म’ भएको छु।
तिम्रै त्यो अनुहार हो
जुन मैले यो भीडमा एक मात्र चिनेको छु।
तिमीलाई मेरो संसार ठानेको छु।
आमा,
यी दिनहरु बितेर जानेछन्,
तिमी र म रातभरी निदाउँने दिनपनि आउँनेछ।
तर ऐले म बेला बेलामा झस्कन्छु तर्सन्छु र रुन्छु
तिमीले काखमा लिँदा सुरक्षित ठान्छु
मलाई एक्लै नछोड्नु है।
ऐले म तिमी र तिमी वरपर नै रहन्छु ल
म सधैँ यस्तै सानो पनि रहन्न
सधैँ म तिमीलाई सताउने पनि छैन।
Subscribe to:
Posts (Atom)