पापीहरुको शहर

पापीहरुको शहर अनी यस्तै हुन्छ यहाँ...
ठालुहरुको रहर अनी यस्तै हुन्छ यहाँ...

भन्छन एक गर्छन् अर्को भोग्ने भने छ अर्कै,
निर्दोषलाई जहर अनी यस्तै हुन्छ यहाँ...


अन्धकारले छाउँछ देखिन्न रे कतै घाम,
छैन बिहानी प्रहर अनी यस्तै हुन्छ अब...

जामिन् धर्ती त्यो सँगै मानव मन मुटु रुखो,
छैन बाँध र नहर अनी यस्तै हुन्छ यहाँ...


यसो उसो जसो तसो लेख्यो अनी भन्यो गजल्
चलनमा खै बहर अनी यस्तै हुन्छ यहाँ...

यस्तै छु

आँखा चिम्लिएर,
दुनियाँ भुलेर,
जती जती घात गर्छ  उ,
म त्यती त्यती नै  उसैलाई,
विश्वाश गरिदिन्छु...

अनिँदो रात,
बिझाउँदा परेला ,
भोको पेट,
र,
झर्दो आसुँ,
चुपचाप चुपचाप,
दिनै सहिदिंछु...


पागल प्रेमी,
एकलकाटेँ,
बेमत्लबी,
बानी लागाउँदै छु,
दिनै सुन्न ...

झर्दा आँशु मुस्कुराउन,
मुटु दुखाउँदै बाँच्न ,
अरु कसैको सपना साँच्न,
रहर कल्पना बनाउन,
सिकेकी छु,
एकान्तमा रमाउन...


सबैलाई ढाँट्दै ,
आफुलाई लुकाउँदै ,
तर,
खुल्दै एकान्तमा ,
कस्ले रोक्नु,
आँखा रुझाउँन ...

गजल

तन लाग्यो कसैले मन दिए तिमीलाई... 
मन मुटु को आफ्नो पन दिए तिमीलाई...

तिम्रो मेरो मिलन अनी छोडेका ती याद...
तिनै यादको रन वन दिए तिमीलाई...

तिमी भन्दा बाहेक अरु कसरी म रोजौं...
यही सम्झे र त यो जीवन् दिएँ तिमीलाई...