तिमी मेरो होलाउ भन्ने, ठहर मर्दै गयो...

तिमी मेरो होलाउ भन्ने, ठहर मर्दै गयो...
सँगै जिवन् जिउला भन्ने, रहर मर्दै गयो...

लेख्नु छैन गजल अब यादमा तिम्रो मैले...
याद उन्ने गजल को त्यो, बहर मर्दै गयो...

एक्लै यात्रा सहज बरु चहिन्न कोही साथ...
यस्तो लाग्छ अचेल दिनै, शहर मर्दै गयो...

आफ्नै प्यारो सपनी त्यो नै सिरान हाल्छु अब...
देख्नै पर्ने सपना तिम्रो,कहर मर्दै गयो...

कसो कसो परेछ बानी साहस बढ्दै आयो...
डस्दै तिम्ले छोडेको जती, जहर मर्दै गयो...

1 comment:

  1. दामी लेखेछौ सुमन तर बिछोड,पिडा, बेदना मात्र छन् यसो खुसि ,मिलनका कुरा पनि लेख्ने गरन यार ....:) तर जस्तो लेखे पनि दामी छ :) :)

    ReplyDelete