गजल :-एक्लै परे

छोडि गयौ जब तिमी संसारमा एक्लो  परेँ... 
नदिंदामा तिम्ले साथ जंघारमा एक्लो परेँ...

हराभरा बन पाखा उजाड पो लाग्छ किन...
फुल्ने झुल्ने रहर थ्यो बहारमा एक्लो परेँ ...

कसमको के भर भो थाहै न'भै टुट्यो जब... 
जीवन् अनी मरणको संघारमा एक्लो  परेँ...

रम्ने अनी रमाउने कथै जस्तो लाग्छ अचेल्...
सुर ताल मिल्दै बज्दो झंकारमा एक्लो परेँ ...


छोडि गयौ जब तिमी संसारमा एक्लो  परेँ... 
नदिंदामा तिम्ले साथ जंघारमा एक्लो  परेँ...

2 comments:

  1. सुटुक्कै यता ब्लगमा मात्र राखेर फेसबुकमा छेस्काछेस्कि मात्र लौ ठीक छ ।
    सुन्दर सिर्जनाहेर्नलाई अबदेखि मात्र ब्लगमा पाइने भएछ ।
    सुमन जी राम्र छन् सबै सेरहरु । रदिफलाई "परेँ" गर्नु होला चन्द्रबिन्दु दिएर ।
    अनुमति नदिए पनि सुटुक्क छिरेर हेरिदिएँ लु त ।

    ReplyDelete
  2. आभारी छु बिष्णु जी यहाँ सम्म आउनु भएकोमा अनी सुझावको लागि पनि...

    ReplyDelete