दुई टुक्रा


(एक)
बोली नै रुखो मेरो झर्केकी हुँदै हैन,
मोडिएकी मात्र हुँ फर्केकी हुँदै हैन ।
थकाई मारौँ भनी बसेकी चौतारीमा,
ब्यर्थै तिमी मख्ख पर्यौ पर्खेकी हुँदै हैन ।

(दुई)
के सुनाउँ हाल अस्तव्यस्त छु अचेल,
तिमी त सोच्लाऊ खुब मस्त छु अचेल।
के छ त्यो मनमा लुकाएकी सबै सँग,
नसोध्नु यतै हेर्नु छरपस्ट छु अचेल।

3 comments:

  1. तपाईको Twitter तथा Facebook मा केहि दिन अघि पढि सकेका टुक्काहरु आज फेरि पढ्न पाइयो । खुशी लाग्यो ।

    ReplyDelete
  2. गन्तब्य भो दुई धुर्बको तिम्रो र मेरो
    बाटो नै फरक थियो ,म तर्केको हुँदैं हैन ...........

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete