प्रिय 'तिमी',
फोटोः गुगल |
कती जान्ने रहेँछौ तिमी, कसरी मेरा मनका भावनाहरु कसरी लेख्यौ होला? कसरी तिम्रा र मेरा कुराहरु यति धेरै मिल्यो छक्क पर्दैछु। हामी न
बाल्यकालका साथी हौ, न त स्कुल,क्याम्पसका। अझ म त तिमीलाई चिन्दा पनि चिन्दिन । तिमीले पो मलाई
मेरा लेखाईहरू पढेर चिन्दा रहेँछौ। मेरा लेखाईमा आफुलाई भेट्ने कोही रहेँछ
यो थाहा पाएर म कत्ती खुशी भएँ बाबै ! मलाई लाग्थ्यो मेरो जस्तो जीवन भोगाई
वा जिन्दगीलाई हेर्ने मेरो जस्तै नजर कसैको पनि छैन होला। तर, आज तिमीले त मेरै दैनिकी, मेरै जीवन चोरेर मलाई नै चिठ्ठी लेखेको देख्दा सपना र बिपनाको भेद
छुट्याउन मलाई हम्मे हम्मे परेको थियो । आँफैलाई चिमोटे, यथार्थता बोध भयो, तिम्रो चिठ्ठी साँचो रहेँछ ।
अपरिचित साथी, मेरा हरेक कथाको पात्रमा या
मेरा हरेक लेखाईमा तिमीले कुनै न कुनै रुपले आफ्नो उपस्थिती पाएछौ । ती पात्रहरू
खुशी हुँदा तिमी खुशी भएको त दुख्दा तिमी पनि दुखेको खबर पाएँ। हेरन जीवन यस्तै छ, यहाँ न त सुखै सुख मिल्छ न दु:ख मात्रै। सुख दु:ख आधाआधी भन्या त्यै
भएर होला है। तिमीले त मलाई कथाकार मेरी सखी तिमीले मेरै कथा लेखीछ्यौ भने छौ भनेर
सम्बोधन गरेका रहेछौ, म कहाँ कथाकार हुँ र बाबै, आफ्नै मनका अनुभव, अनुभूति, केही कल्पना, अनी केही भोगाई र देखाईले जब मनमा उथलपुथल मच्चाउँछन् त्यती बेला
तिनलाई जस्ताको त्यस्तै लेखिदिन्छु बस। कतिलाई मन पर्छ कतिलाई बेकार
लाग्छ ।
तिम्रो गुनासो रहेछ कि अचेल
मैले लेख्न छोडे । तिमीले भनेको ठीकै हो । अचेल धेरै भयो म एकान्तमा हराउन छोडेको
। काम र माम को पछि लाग्दै ठीक्क भएको हो कि अल्छी भएकी हुँ कुन्नी ! सायद जिन्दगीको
दौडमा लागेर अनि अरू भन्दा पछाडि छोडिने डरले कल्पनामा घण्टौ हराउने मनलाई कतै
थन्क्याएर म सुन्दर भोली भेट्न कुदिरहेकी छु । थाहा छैन त्यो भोली कस्तो र कुन
रुपमा आऊनेछ । कहिलेकहीँ लाग्छ जिन्दगीलाई व्यवस्थित गर्ने बहानामा म झन
अस्तव्यस्त भईरहेकी छु । हप्ता र महिना होईन वर्ष भईसकेछ लेख्न छोडेकी । पहिले
तँछाड मछाड गरेर पोखिने शब्दहरु अब रोकिई रोकिई आऊँछन् । भन्छन् नि समय ज्यादै
परिवर्तनशील छ । हो त्यही परिवर्तित समयको बहावमा बहेकी छु म । थाहा छैन। किनारा
कति टाढा छ ! सायद कुनैदिन किनारा भेटेर जिन्दगी स्थिर हुनेछ या नहुन पनि सक्छ ।
जे होस् आज तिम्रो चिठीको जवाफ लेखेरै किन नहोस् फेरी ल्याप्पीसँग नजिक हुन
खोज्दैछु । शब्दहरू सँग पुनः खेल्ने रहर लागेको छ । यसको श्रेय तिमीलाई है त ।
आजलाई यति फेरी फेरी तिमीलाई आफ्ना लेखाईहरूका
माध्यमबाट भेट्ने कोशिस रहनेछ ।