सोच्थेँ
म खुशी हुन्छु
तर
मन मैले सोचे जति खुशी थिएन
।
हुनु
पर्ने जति उत्साह थिएन ।
सायद
देश छुट्ने पीर थियो
हो
यो त्यै देश हो
जहाँ
हुँदा सम्म म
दिनरात
सपना देख्थेँ
देश
छोडेर हिँड्ने,
अनि
बिरलै फर्किने ।
सानी
छँदा सोच्थेँ-
सधै
ऊँधो बग्ने
त्यो
ठूलो खोलाको पानी कहाँ जाँदो
हो ?
बा'
ले
भन्नुहुन्थ्यो 'गंगाजीमा
पुग्छ'
।
अनि
त्यसपछी ?
मेरा
नसकिने प्रश्नहरु..
बा'ले
जवाफ दिईरहनु हुन्थ्यो...
त्यस
पछि सागर महासागरमा जान्छ ।
आकाशमा
चील भन्दा माथी उड्ने
त्यो
हवाईजहाज कहाँ जान्छ ?
'त्यो
विदेश जान्छ,
धेरै
टाढा ।'
मेरा
हरेक सवालको बा'सँग
जवाफ थियो ।
झिँजो
नमानि बा'
मलाई
सम्झाईरहनु हुन्थ्यो ।
त्यो
ठूलो खोलाको गन्तव्य
अनि
त्यो हवाईजहाजको गन्तव्य
मैले
पनि पछ्याऊँन पाए !
पश्चिमको
त्यो काफलपाने डाँडो
र
पूर्वको जिलिङको टाकुरो भन्दा
परको
अद्भुत संसार !
पहिले कहिल्यै नदेखेको
दन्त्य
कथाको जस्तै होला वा भिन्नै
?
सुखद
भविष्यको खोजिमा
आफनो
प्रिय मान्छे सँग
आफूले
रोजेको गन्तव्य पछ्याऊँदा
कहिल्यै छोडेन मलाई
कहिल्यै छोडेन मलाई
देश
छोड्दाको नरमाईलोपनले !
हरेक
साँझको अस्ताऊँदो घामले
बाटो
हेरिरहेका बुढा बाआमाको झझल्को
बोक्छ ।
साँझको
चिसो बातासले
लेकबाट
बेसी बतासिने सिरेठो साम्झाऊँछ
।
त्यो
बाल्यकाल,
ती
खेतका आली र कान्लामा
मैले
सोध्ने प्रश्न र मेरा बा'को
जवाफ जस्तो
सरल
छैन विदेश ।
मेरो
मनमा उठ्ने यी अनगिन्ती सवालको
जवाफ
मेरा बा'
सँग
ऐले पनि होला त ?
मैले
सोचेको विदेश र
मैले
भोगेको विदेशको फरकले
अचेल
म अल्मल्लिरहेको हुन्छु आफैँ
भित्र !