''गेडीहरु''

1.

किन जानु बिदेश गाँउघरै असल ,
हुन्छ राम्रो यतानै गोडे माटो फसल,
सार्हो छ,
तिमीबिना बस्न गार्हो छ !!

2.

नजाउ म भन्दै थे तर गयौ छुटेर,
कोमल यो मन त टुक्रा टुक्रा फुटेर,
बासैमा,
कती कुरौ आउने आसैमा !!


3.

सम्झनामै हुन्छौ'रे दिनरात साँझैमा ,
मैले पनि राखेको तिमी मुटु माझैमा ,
बल्झेर,
मुटु दुख्छ तिमी सम्झेर !!

3 comments:

  1. मिठा रहेछन् गेडीहरु!

    ReplyDelete
  2. धन्यवाद यहाँहरुलाई !

    ReplyDelete