बालाई साहारा वकिङ स्टिक किनेपछि....


सानी हुँदा बा’ नै मेरा सबथोक थिए,
फोटोमा बा 
स्कुल सकेर घर पुग्दा बाले दिनुहुने 
भुटेका मकै  चियामा मैले संसार देख्थेँ। 
आमाबाट लुकाएर दिने रू  के तुलना 
खै  के सँग गरूँ ? 

सानै छदाँ बाले बोकेर खोला तार्नु भयो,
घाँसका मुठा बाँध्न सिकाउँनु भयो। 
बनका जामुनतिँदूभलायो  कटुसका 
स्वाद पनि चिनाउँनु भयो। 
पटुकीमा पोको पारेको अम्बा  चिउरी 
कहिल्यै सकिएनन् मेरा लागी। 

Pic: Google
चिप्लेटी ढुङ्गामा 
रातोमाटो भरेर सिन्काले 
बाले पहिलो कपुरी ‘’ चिनाउनु भयो।                           
जिवनमा नैतिकतादया  धैर्यको
महत्व सिकाउनु भयो।  

बाले कथा भन्न  बुन्न सिकाउनु भयो
ताराहरूलाई आपसमा जोडेर
मैले चित्र बनाउँन सिकेँ। 
तिनका कथा बुन्न र भन्न सिकेँ। 

मेरा हरेक अभावका अघि 
बा ठिङ्ग उभिनुहुन्थ्यो 
लर्खराएका पाइला अडिग बनाइदिने बा नै थिए,
उदासिएको मन  थलालिङ्ग भविष्य देखि आत्तिने 
हरेक साँझ बिहान 
बाले दिने हिम्मत नै  मेरा साथी थिए। 
मैले कहिल्यै केही कुराको अभाव महशुस गरिन 
किनकी मेरा बा सधैँ मेरा लागि हुनुहुन्थ्यो। 

आज बालाई मेरो साथ चाहिने बेला भएको छ। 
आफैँले सुनाएका कथाहरू मबाट सुन्ने मन गर्नुहुन्छ,
धर्मराएका पाइला अडिग साथी खोज्छन्  
आँगनको छेऊमा उभिएको बुढो रुख झैँ 
मेरा बा पनि मेरो बाटो हेर्नुहुन्छ 

बालाई साहारा दिन जानुको सट्टा
बालाई साहारा दिन
वकिङ स्टिक किन्दैछु म। 

बा तपाइँकी असल छोरी बन्न सकेँ सकिन् कुन्नी 
तर,  तपाइकी बुढेसकालकी साथी 
बन्नै सकिन्। 
तपाइको आशासपना पुरा गरेँ गरिन् ? 
तर धर्मराएका पाइलाहरूको 
 साथी बन्न सक्दै सकिन।
 त्यो वकिङ स्टिकको साथ 
त्यै आँगनको बुढो रुख 
अनि धमिलिदैँ  गएको स्मृति,
हराउँदै गएका आशहरू
 बाटो हेरिरहने आँखाहरूको भार मैले तिर्न सकिन। 
हो बा 
मैले ती तपाइँका तमाम अनिंदा रातहरू बिर्साउन सकिन्।
बाटो हेरिरहने आँखाहरूको भार मैले तिर्नै सकिन। 


भ्रम कि यथार्थ


फोटोः गुगल
आमा,
ऊ त्यो परको डाँडा  उता के छ?
त्यहाँ भन्दा पर ठुलो शहर ,
छोरी ठूली हुन्छे धेरै पढ्छे,
अनी एक दिन त्यै डाडोँ पारिको शहर जान्छे,
सानी छदाँ आमा यसै भन्नुहुन्थ्यो।

 दंग पर्थेगमक्क फुल्थे 
पल्लाघरे ठूलीकान्छीलाई भन्थे,
हेरठूल्कान्छी त्यो डाडाँ पारि शहर  रे,
 ठूली भए'सी त्यै जाने हो रे
मेरी आमाले भन्नुभा'को 
आँखीभौँ उचाल्दै आश्चर्य मान्थी ठूलीकान्छी
अनि तुरुन्तै उदास हुँदै भन्थी
मेरा बाले पठाउन्नन बाबै,
 जान पाउन्न त्यहाँ। 

त्यो डाडोँ नाघेरा शहर पस्ने दिन,
रातो टिका संगै खुशी  एक भारी पिर चिन्ता थियो,
मेरी आमाको आँखामा। 
छोरीले अझै पढ्ने  गाउँमा उचों शिर हुने आशामा
बाबा गर्वले फर्‍याक फुरुक्क गर्दै हुनुहुन्थ्यो।

त्यै डाँडापारीको शहरमा छोरीले आमाबाबाको रहर पुरा गरी,
गाउँमा उहाँहरुको मान पनि बढाई,
''उस्की जस्ती छोरी भए पो'' भन्दा
बाबाको छाती चौडिएको 
 हाँस्दै नसुने झैँ गरेको पनि देखी।
तर..........
छोरीलाई शहरले पनि पुगेन कि  !

शहर बाहिर हुँदै देश बाहिरको बाटो पछ्याई उसले
बा आमा खुशी नै हुनुभो। 
छोरीका आँखामा टल्किएका सपना देख्नु भो  
आखाँमा आफ्नो आँशु लुकाएर,
सन्तानको खुशी आफ्नै ठान्नु भो !

गाऊँ.....शहर...  देश...छुट्दै गए,
तर उसको मनबाट जन्मेको गाँऊ हराएन
बा आमा हराएनन् 
बन बनेली  पाखा पखेरी हराएनन् 
खोल्चाखोल्छी  काफल  ऐँसेलु बिर्से सकिन। 
बाह्रैमास प्याउँली  गुँरास ढकमक्क फुल्ने उसका आँखा,
अचेल 
शुष्कसपनाहीन थाके थाके जस्ता देखिन्छन्। 
कुन्नी कुन खुशी खोज्न हिंडेकी थिई,
थाहा छैन उसको खोज पुरा भयो भएन ?!
थाहा छैन उसले आफैँलाई पाइ
 या हराइ ?
समुन्द्रको नीर नुनिलो पानीमा। 

एक रात...
अनन्त फैलिएको आकाशमा 
उसले आमाको घड़ी तिनतारे खोजी,
ताराका पौराणिक कथा भन्ने
बाबाको अटल  निडर ध्रुव तारा खोजी
सप्तऋषी पनि खोजी 
अनि बाले सुनाएका लोक कथाका एक एक पात्र खोजी। 
तर खै  सबै ??
यहाँको  आकाश पनि आफू जस्तै,
एक्लो एक्लो देखी
आकाशको साथमा सधैँ ताराहरू रहने बाको कथा
झुठो  पो हो कि ? या
ताराहरू लुकाउने यो आकाशको छाती झुठो !
अचेल हरेक रात उसको मनमा यही खेल्छ। 

हरेक बिहान बा लाई फोनमा सुनाउँछे
बा यहाँको आकाशमा  ताराहरू पनि छैनन्,
आमाको घडी तिनतारे पनि छैन्। 
हाम्री आमा यहाँ भाभए के गर्दा हुन् ? 

तिमी  गयौ छोरी यो आकाश नाँघेर,
तर ताराहरू यही छन् नानी हामीसँगै।  
आमा अचेल तिनतारे भन्दा बढी घड़ी हेर्छिन्
अनि भन्छिन् ताराहरूले कान्छीका याद बोक्छन्,
उसका आँखा टिमटिमाए झैँ लाग्छ ताराको उज्यालो,
मुस्कुराएकी छोरी झैँ देख्छु जूनलाई पनि
भो  घडी नै हेर्छु ! 
बाका कुरा सुनेर उसको आखाँको गुराँस फूल्यो  कि झर्यो  खै कुन्नी ?