सम्झनामा दशैँ


कुनै बेला थियो जब
शारदीय गोधुलीमा 
जब घामले रातो रङ छोडेर 
सुनौला रङ बोक्न थाल्छन्,
तब दशैँको रमझम सुरु हुन्थ्यो।  
हिमाल बाट एक झोक्का चिसो बतासले
खेतबारीमा लहलहाएका 
धान  कोदोको बास्ना
बोकेर गाउँमा दशैँ भित्रिन्थ्यो। 

झमक्क रात परेपछि
भरीया अघि पछि लाएर
तल्लाघर ठूलबाकाँ 
 आइपुग्नु हुन्थ्यो दाइहरू काठमान्डौँ देखि 
दशैँ बोकेर। 
सबेरै उठेर केट्केटीले बाटाका कान्ला ताछेर,
झाडी बुटा फाँडेरडुङ्गा माटा पन्छाएर 
 तगारा सम्मै सिनित्त सफा पारेर 
गाउँमा दशैँ बोलाइन्थ्यो। 

रातोमाटे देखि खेताला लाएर 
धोक्राभरी बोकेको माटोले 
घरका मटान,भित्ता  आँगन 
लिपेर आमाले दशैँ बोलाउनु हुन्थ्यो। 
पारीपाखा पुगेर 
दुध जस्तै कमेरो खनी 
पोको बाँधेर बा आँगनमा उक्लनु हुन्थ्यो 
 दशैँ बोलाउनु हुन्थ्यो। 
रेडियोका पुराना बेटरी जम्मा पारेर 
दिदीले घरका झ्यालढोकामा 
चिटिक्क मिलाएर कालो लाउथिन् 
 दशैँ बोलाउँथिन्।
शङ्ख  घण्टको मधुरतामा 
ढाकिएको जमरा छेऊमा
बाले दिनहुँ चण्डी पाठ 
गर्नुहुन्थ्यो  पो 
दशैँ आउँथ्यो। 

आँगनको डिल देखि तगारा साम्मै
बारीका छेऊकुनामा 
लहरै, ढकमक्क फुल्न थालेका
लालुपाते, गोदावरी, सयपत्री र मखमलीको स्वागतले
गावैँ एक सुन्दर बगैँचा भान हुन्थो र 
बल्ल दशैँ दशैँ लाग्थ्यो ।
रातो भित्तामा सेतो कमेरो अनि
निख्खर काला झ्याल ढोकामा उभिएको घरहरू
बिवाहकी बेहुली झैँ आकर्षक देखिन्थेँ
 दशैँ बोलाउँथेँ। 

बाँसका लिङ्गा काट्न,
घरघर बाँबियो बटुल्न पिङ बाट्न
 पिङ हाल्न सारा गाउँ धुरिन्थे 
अनि बल्ल दशैँ आउँथ्यो। 

निधारभरी टिका  टाउका भरी जमरा बोकी,
कसले कति दक्षिणा पायो 
मावल को को गयो ?
अनि पिङमा कति भीड  
मेरो पालो कतिखेर आउँछ ?
यो सब
हिसाब किताब गरिन्थ्यो  पो दशैँ 
साँच्चै दशैँ हुन्थ्यो। 

अहिलका रित्ता घर,
सुनसान गाउँघर
 दोबाटोमा पिङ 
 टिका लगाउन हिँड्नेको 
लस्कर  !
 केटाकेटीको कोलाहल !

बुढाबुढी बाआमा पिँढीको छेऊमा
परदेशिएका छोराछोरीको बाटो हेर्दा हेर्दै
छोराछोरी आउने दिन गन्दा गन्दै
दशैँ आएको  गएको समेत 
हेक्का हुन्न कि ! 

अचेल  दशैँ पनि सुटुक्क आउँछ 
मेरो घरमा आएको दशैँ 
मेरा छिमेकीले थाहै पाउँदैनन्। 
यौटै घरभित्र बास बसे पनि 
कसैलाई दशैँ आउँछ
कसैलाई पत्तै हुन्न। 
हो अचेल दशैँ चुपचाप आउँछ  चुपचाप जान्छ। 



दुखेको बेला


Photo: Google
आमा
तिमी जन्मेको माटो  
 जन्मेको माटो एकै भएपनि 
कालान्तरमा 
तिमी हिँड्ने बाटो र
 हिँड्ने बाटो  छुट्टाछुट्टै भईदियो। 

जन्मेको माटो  तिमी हिँडेको बाटो 
छुट्यो भनेर अचेल पीर लाग्दैन् मलाई ! 
बरु कताकता ठीकै भो भन्ने महशुस हुन्छ। 
अचेल दिनहुँ तिम्रै छोरीजस्ता 
कयैँन छोरीहरू 
कलिलैमा निमोठिन्छन् 
निर्घात  निर्बाध। 

कसरी बाँचेकी होलिन् ती जननी
आँखै अघि फक्रदै गरेका फूलजस्ता छोरीहरू
चुडिएकोनिमोठिएको सहेर ! 
किन पीडाको कुनै सीमा हुन्न र ?
सहनुको सिमाना हुन्न र ?

कति देख्नु र सुन्नु 
आमाको काखमा खेलिरहेका नाबालकहरू,
आँगनमा खेलिरहेका छोरीहरू
स्कुल गइरहेका विद्यार्थीहरू
क्षतविक्षत  रगताम्य भएको। 

कुत्सिङ अपराधी
छाडा  मदमत्त साँढेँ झैँ मडारिदैँ,
न्यायको भिख मागिरहेका 
लाचार  निरिह आँखाहरू देखेर 
अठ्ठाहास गर्दैहोला 
खुलमखुल्ला । 

आमा
मेरी छोरीले त्यो माटोमा जन्मनु नपरोस्,
कोपीला मै निमोठिँदा पनि 
ऐँया ! भन्न नपाउने त्यो माटोको के अर्थ ! 
माटोको माया मारी नभन्नु 
आफ्नोपनलाई पर सारि पनि नभन्नु
ममा त्यत्रो आँट छैन आमा ! 
किन अपराधीलाई अपराधी भन्न नपाइने
किन अपराधीलाई कठघरामा उभ्याउन नसकिने,
किन सिङ्गो समाज जुटाउँदा पनि न्याय नपाइने,
चीर निद्रामा सुतेको 
यो न्यायलयको ढोका कति ढकढक्याउनु ? 

अपराधी मुसुक्क हाँसेर अर्को फूल हत्याउन 
उद्दत भइसक्दा पनि 
त्यो न्यायलयले देख्दै देख्दैन्
देखोस् पनि कसरी 
पट्टी जो बाँधिएको छ। 
पैसाको पट्टी
पावरको पट्टी,
सत्ताको पट्टी
कुर्सीको पट्टी !!

पट्टी नै पट्टी  बाँधेको आँखाले 
न्याय दिने भरमा 
 मेरो  मेरी छोरीको भविष्य कसरी 
कल्पना गर्न सक्छु 

बालाई साहारा वकिङ स्टिक किनेपछि....


सानी हुँदा बा’ नै मेरा सबथोक थिए,
फोटोमा बा 
स्कुल सकेर घर पुग्दा बाले दिनुहुने 
भुटेका मकै  चियामा मैले संसार देख्थेँ। 
आमाबाट लुकाएर दिने रू  के तुलना 
खै  के सँग गरूँ ? 

सानै छदाँ बाले बोकेर खोला तार्नु भयो,
घाँसका मुठा बाँध्न सिकाउँनु भयो। 
बनका जामुनतिँदूभलायो  कटुसका 
स्वाद पनि चिनाउँनु भयो। 
पटुकीमा पोको पारेको अम्बा  चिउरी 
कहिल्यै सकिएनन् मेरा लागी। 

Pic: Google
चिप्लेटी ढुङ्गामा 
रातोमाटो भरेर सिन्काले 
बाले पहिलो कपुरी ‘’ चिनाउनु भयो।                           
जिवनमा नैतिकतादया  धैर्यको
महत्व सिकाउनु भयो।  

बाले कथा भन्न  बुन्न सिकाउनु भयो
ताराहरूलाई आपसमा जोडेर
मैले चित्र बनाउँन सिकेँ। 
तिनका कथा बुन्न र भन्न सिकेँ। 

मेरा हरेक अभावका अघि 
बा ठिङ्ग उभिनुहुन्थ्यो 
लर्खराएका पाइला अडिग बनाइदिने बा नै थिए,
उदासिएको मन  थलालिङ्ग भविष्य देखि आत्तिने 
हरेक साँझ बिहान 
बाले दिने हिम्मत नै  मेरा साथी थिए। 
मैले कहिल्यै केही कुराको अभाव महशुस गरिन 
किनकी मेरा बा सधैँ मेरा लागि हुनुहुन्थ्यो। 

आज बालाई मेरो साथ चाहिने बेला भएको छ। 
आफैँले सुनाएका कथाहरू मबाट सुन्ने मन गर्नुहुन्छ,
धर्मराएका पाइला अडिग साथी खोज्छन्  
आँगनको छेऊमा उभिएको बुढो रुख झैँ 
मेरा बा पनि मेरो बाटो हेर्नुहुन्छ 

बालाई साहारा दिन जानुको सट्टा
बालाई साहारा दिन
वकिङ स्टिक किन्दैछु म। 

बा तपाइँकी असल छोरी बन्न सकेँ सकिन् कुन्नी 
तर,  तपाइकी बुढेसकालकी साथी 
बन्नै सकिन्। 
तपाइको आशासपना पुरा गरेँ गरिन् ? 
तर धर्मराएका पाइलाहरूको 
 साथी बन्न सक्दै सकिन।
 त्यो वकिङ स्टिकको साथ 
त्यै आँगनको बुढो रुख 
अनि धमिलिदैँ  गएको स्मृति,
हराउँदै गएका आशहरू
 बाटो हेरिरहने आँखाहरूको भार मैले तिर्न सकिन। 
हो बा 
मैले ती तपाइँका तमाम अनिंदा रातहरू बिर्साउन सकिन्।
बाटो हेरिरहने आँखाहरूको भार मैले तिर्नै सकिन।