के पाएर ,

के पाएर दीलमा सजाएर तिमीलाई,
परेलीका क्षीणमा बसाएर तिमीलाई !!


ठिकै भयो छुट्यो साथ टुट्यो नाता पनि,
बिर्साउछु यी आँखा रुझाएर तिमीलाई!!


समाहित सागर नदी भए जस्तै गरी,
के नै भो र मभित्र मिलाएर तिमीलाई!!


अनमोल मानेथे दाज्नु थेन केहीसँग,
राख्दिन'भो शिरमा चढाएर तिमीलाई!!

चाहिएन राम भो बेकसुर सिता त्याग्ने,
फेरौ कि त साटो उल्ट्एर तिमीलाई!!

No comments:

Post a Comment