पर्खाइमै तिम्रो सकिसके सासहरु

पर्खाइमै तिम्रो सकिसके सासहरु
नफर्कदा तिमी मरिसके आसहरु

बेदना र दुरी सबै सबै बिर्सिबसे
कुर्दा कुर्दै धेरै बितिसके मासहरु

बितेका ती दिन अधर रोज्दा खेरी
हिजोआज दिनै घटिसके गासहरु

हराभरा फुल्ने सुवासीने फुलहरु
आभवमा तिम्रा रित्तिसके बासहरु

त्यो काखको माया सम्झदामा दिनरात
नमिठोयादका बिझाउने रासहरु

No comments:

Post a Comment