''नयाँ बर्ष ''

नयाँ नयाँ पालुवालाई चुम्दै आयो नयाँ बर्ष,
बसन्तको मीठो गीत त्यो गुन्दै आयो नयाँ बर्ष!!

उमंग र उल्लासमय दिन अब आयो साथी,
कोपिला नी बसन्तसँगै फुल्दै आयो नयाँ बर्ष!!

बिगत त बित्यो सकियो पश्चाताप छैन कती,
नयाँ नयाँ रहर खुशी बुन्दै आयो नयाँ बर्ष!!

बसन्तको न्यानोपनले बिदा भयो चिसो मैलो,
कोइलीको आवाजसँगै झुम्दै आयो नयाँ बर्ष!!

2 comments:

  1. <3 हिजोसम्म जे गल्ती भयो, भयो, त्यसलाई सच्याउँदै अव यो नयाँ वर्षमा तोकिएकै समयमा संविधान बनाउन सवै दल एकजुट होउन्, देशमा अमनचयन, समृद्धि, विकासनिर्माण, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायत सवै क्षेत्रमा सुधार होस् भन्दै नयाँ बर्ष २०६७ तथा मातातीर्थ औंशी (आमाको मुख हेर्ने दिन) को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु <3

    ReplyDelete
  2. मलाई तपाईको छोटो पङ्क्तिमा लेख्ने तरिका मन पर्यो। नयाँ वर्षको शुभकामना सहित।

    ReplyDelete