गजल

कोल्टे फेर्दै आफ्नै मन जाँच्दा जांच्दै रात बित्यो!
को छ रुने मर्दा औंला भाँच्दा भाँच्दै रात बित्यो!!

गन्नु सम्म गनी सके छूटे को त छैन कोही,
को को आफ्नो को को गैर छान्दा छान्दै रात बित्यो!!

खै त मेरा आफ्ना भन्ने का का कती फेला परे,
आफुलेनै आँफैलाई सोध्दा सोध्दै रात बित्यो!!


यत्ती हुन मेरा भन्नु कयौ चोटि चाहरी हेरे,
यताउता छ की कोही खोज्दा खोज्दै रात बित्यो!!


कोल्टे फेर्दै आफ्नै मन जाँच्दा जांच्दै रात बित्यो!
को छ रुने मर्दा औंला भाँच्दा भाँच्दै रात बित्यो!!

No comments:

Post a Comment