पर्खदै छु

हरेक उषा
हरेक गोधुलीले
एक झोक्का बतास
सुस्तरी
मन्द मन्द
मलाई छुदै
तिम्रै याद
तिम्रै झझल्को
सँगै
ती सुखद हामीले भोगेका
देखेका
अनी,
कल्पना गरेको सुन्दर संसारको
प्यास बढाउन
मलाई पठाउँछ !
ति झोक्का
मलाई छुँदै जान्छन,
अनी,
तिम्रा याद छरपस्ट छर्दै जान्छन,
निक्कै टाढा
त्यो क्षितिज भन्दा पनि !
म सोच्दछु,
ति झोक्कले तिमीलाई भेट्लान
मेरो हाल सुनाउलान !
र ,
तिमी त्यसै सँग आउँने छौ
अनी,
मेरो पर्खाइले पूर्णता पाउला !
यस्तै यस्तै...
सम्झना अनी कल्पनामा
आँफैलाई हराउँदै
तिनै रहर माझ आफुलाई नियाल्दै
हरेक उषा सँगै
अनी,
हरेक गोधुली सँगै
तिमीलाई पर्खदै छु,
बाटो हेर्दै छु !!!

1 comment:

  1. हरेक उषा सँगै
    अनी,
    हरेक गोधुली सँगै
    तिमीलाई पर्खदै छु,
    बाटो हेर्दै छु !!!wow

    ReplyDelete