लप्सीफेदीको उकालो लाग्दै गर्दा उस्ले मलाई एक्कासी सोधी '' तपाईले बिहे किन नगर्नु भएको अहिले सम्म??'' म के जवाफ दिने आँफैमा अलमल्ल परे किनकी, ऊ बाट यस्तो प्रश्न आउँला मैले सोच्दै नसोचेको ... उसलाई टार्ने बिचार गर्दै भने हतारो किन गर्नु र होइन? मैले यो भनि नसक्दै तुरुन्तै उस्ले भनि ''अब त बेला पनि त हुन थाल्यो नि होइन र ??'' मैले पनि उसलाई अल्मल्याउने उदेश्य राख्दै भने '' काहाँ लेखेको छ कि बिहे गर्ने यति बर्ष हो त्यस पछी ढिलो हुन्छ भनेर '' मेरो जवाफले एकै छिन ऊ मौन देखीई....मैले बाईक निरन्तर कुदाईरहें .. ढुंगा छापिएको बाटो अनि त्यो बाटोको शुन्य अनुभव भएको मलाई केहि असजिलो भने पक्कै लाग्दै थियो तै पनि ऊ सँगको यात्रा अनि त्यो दिन भरी मैले उसको साथ पाउँने कुराले थोरै खुशी पनि थियो...
कार्तिक निख्रदो अनी मंसिर लाग्दो भएकाले उपत्यकामा जाडो बढिसकेको थियो.. हामी उपत्यकालाई पछाडी छोड्दै केहि उचाई जाँदै भएकाले चिसो झन झन बढ्दै थियो... घना जंगल को बिच बिचै रहेको उक्त बाटोमा चिसो हावा चल्दै थियो.. जति जति उकालो बढ्दै गयो हाम्रो लागि नयाँ नयाँ वातावरण देखा पर्न थाल्यो... निक्कै रोमान्चक यात्रामा सहभागी भए झैँ लाग्दै थियो... तर बेला बेलामा उसका केहि प्रश्नहरु ले मलाई नाजवाफ बनाउथे.. उ जति जति मलाई प्रश्न गर्दै जान्थी म माथि त्यतिनै हावी पनि हुन्थी ...
'ऊ'.... उसलाई मैले चिनेको त्यति धेरै त भएको छैन र पनि हामीमा एक प्रकारको आत्मियता गाँसिएको छ... मलाई ऊ केहि अचम्मकी भने पक्कै लाग्छे, हेर्दा त सामान्य न त अग्ली न होची, न त मोटी न दुब्ली, न त राम्री न त नराम्री नै, तर पनि मलाई उ मन पर्थी.. कहिले निक्कै गम्भीर हुने त कहिले निकै रमाईलो गर्नु पर्ने उसको बानी .. कयौ घण्टा एक्लै एकान्तमा बस्न रमाउँथी ... सायद यी यस्तै केहि बानी उसका अनि मेरा मिल्दाजुल्दा थिए त्यसैले हामी नजिक थियौ कि ...
मैले उसको बारेमा जे जति जान्न चाहे पनि म सफल भने पक्कै भईन, यस कारण कि उसलाई न त अन्तर्मुखी भन्न सकिन्थ्यो न त बैरमुखी नै कति कुरा भन्थी भने कतिपय कुरा मनमै लुकाउँथी ... आजको यात्रामा भने म उसका बारेमा थप केहि कुरा जान्ने मनसायमा थिए, उ केही खुल्दै पनि थीई अघिल्ला भेटमा भन्दा ....
राजधानी नजिकैको कुनै गाउ बाट एस एल सी पछी आफ्नी दीदी तथा दाजु सँगै राजधानी छिरेकी उ उच्च शिक्षा हासिल गर्ने अभिलाषा सहित.. दश जोड दुई सम्म को पढाई पछी भने उसको जीवनमा निक्कै परिवर्तन आएको र आफ्नो लागि आफै गर्दै आएकी रहिछिन.. सबै सँग सजिलै नजिक हुने बानीका कारण कयौ दुख त कयौ खुशी पनि सबै अनुभव थियो उ संग... आज पनि उ घरि खुशी हुन्थी त उतिन्खेरै खै के के सम्झेर भावुक पनि ...
जरसिं पौवा र चौकी भन्ज्यांग हुँदै हामी उपत्याका देखि झन्डै एक्काई बाईस किलोमिटर टाढा अनि निक्कै उचाईमा पुगिसकेका थियौ, जब हाम्रो यात्रा झुले गाँउ तिर मोडियो उ थोरै रमाउन थाली, सायद उसलाई आफ्नो गाउको झल्को आएछ क्यारे ...मैले उसको बारे थप केहि कुरा जान्ने मनसायले सोधे ''तिम्रो के कस्तो योजना छ नि भविष्यको'' यसको उत्तर दिनु पूर्व केहि बेर मौन रहेर भनि मैले भबिष्य देखेको छैन के प्रमाण छ खै भबिष्य आउँछ भन्ने?? म त आज (बर्तमान मा बाँच्ने ) खुशी रहने कोशिस गर्छु बस त्यहिँ हो म सँग कुनै योजना छैन कि जीवन यसरि उसरी बिताउला भनेर ... भोलिलाई के साँच्नु छ र ??'' उसको यस कुराले म झन् बिचल्लित हुन पुगे, कारण मलाई त घर परिवार, आफन्त, दाजुभाईले के भन्लान अनि भोलिको जीवन के कस्तो होला भनेर खुबै पिर लाग्थ्यो.. तर एउटी केटीको यस्तो कुराले अवश्यनै मलाई सोच्न बाँध्य पार्यो... मैले बिस्तारै सोधे '' के तिमीलाई घर परिवार अनि छिमेकीले के भन्लान भन्ने पिर छैन??'' उस्ले तुरुन्तै बोलि जब म एक्लै थिए संघर्ष गर्दै थिए, त त्यतिबेला घर परिवार अनि छिमेकीले खै मलाई के गरे र? आज म जे छु जस्तो छु आफ्नै कारण ले छु, भने अब म फेरी किन उनीहरु को वास्ता गरु ?? मैले फेरी सोधे ''त्यसो भए के तिमि आफुलाई यो समाज को मान्दिनौ ?? आखिर तिमिले यहि बस्नु पर्छ नि त होइन ?? '' मेरो यस प्रश्नलाई उस्ले सहजै भनि ''हो पनि पनि यहि समाज कि नै हुँ, तर मेरो यो समाज संग केहि लिनु दिनु छैन'' मैले फेरी तुरुन्तै अर्को झटारो छोडे 'तिम्रा त धेरै पुरुष साथीहरु छन् नि असजिलो लाग्दैन ?? ' उस्ले उस्तै गरि तुरुन्तै भनि ''किन असजिलो लाग्नु ? त्यसो हो भने तपाईलाई असजिलो लाग्दै छ र तपाईको साथी केटी हुँदा ?? मैले हतार हतार भने ''छैन म त एउटा लेखक मान्छे, को संग भेट्छु को संग भेट्दिन भन्ने नै छैन, मलाई त बस मेरो कथाको पात्र भेट्नु आवश्यक छ,महिला या पुरुष होइन...'' मेरो जवाफ सुनेर ऊ हाँसी...मैले चुपचाप हेरे मात्र त्यो हाँसोलाई .... नजिकै देखिएका हिमाल झैँ थिए उसका दाँत टम्म मिलेका ... ऊ फेरी बोली ''के अब मेरो नि कथा लेख्नु हुन्छ?'' मैले भने ''सोच्नु पर्छ'' ..'यदि लेख्नु भयो भने शिर्षक के दिनु हुन्छ नि' - फेरी ऊ बोलि, मैले भने 'त्यो पनि सोच्नु पर्छ'. ''के म तपाईले लेख्नु भएको मेरो कथाको शिर्षक दिऊ ?? उसको जवाफ दिंदै ' भने ''तिम्रो कथा जुन बेला लेख्छु त्यो बेला तिमीलाई फोन गरेर सोध्ने छु या भेटेरै देखाउने छु अनि राखुला है '' मेरो कुरा नसकिदै उस्ले हाँस्दै भनि ''खै के थाहा र पछी भनेको कहिले पो हो फेरी पछी फोनमा या यस्तै भेट होला के भर र ?? पक्का त छैन नि होइन ?'' मैले भने ''किन नहुनु फोन, इमेल, फेसफुक, अनि ...अरु पनि त माध्यम छन् नि होइन र ??'' ऊ केहि बोलिन...मैले सम्झे मौन समर्थन...
आज निक्कै दिन पछी उसको कथा तयार भयो तर अफशोच !! साँच्चै उसलाई न त फोन मा भेटेको छु न त इमेल नै रिप्लाई आएको छ,,, उनको फेसबुक अनि अरु सामाजिक साइट पनि निक्कै पहिले देखि अपडेट भएका छैनन .. आज मलाई उनलाई भेटेर भन्नु थियो ''मैले तिम्रो कथा लेखे ल, अब तिमी शिर्षक देउ'' तर... खै उनि कहाँ के गर्दै होलिन .... के उनले यो पढ़लिन ?? के मेरो कथाले शिर्षक पाउँला त ??