गजल :-'' मन लुकाउँछन यहाँ''

जानेरै, मन लुकाउँछन यहाँ...
छानेरै, घाऊ दुखाउँछन यहाँ...


पराई माझ  पनि आफन्त कोही ...
मानेरै, पिर फुकाउँछन यहाँ...


शिखर पुग्न आँट्यो एउटा भने...
तानेरै, उँधो झुकाउँछन यहाँ...


दुनियाँ स्वर्थी थियो, छ, र रहला...
हानेरै, तीर चुकाउँछन यहाँ... 

2 comments:

  1. मञ्जरी जी तपाईका सिर्जनाहरु फेसबुक हुँदै ब्लगसम्म आइपुगे । मलाई गजलहरु निकै मन पर्छन् यहाँका । यहाँको सिर्जनशिल यात्रा नरोकियोस् मेरो कामना छ । मन लुकाउनेले लुकाउन दुखाउनेले दुखाउन तर...........

    ReplyDelete