फुले पछी झर्नै पर्थ्यो झर्दा किन मन दुख्यो ?
सार्नै पर्थ्यो बास मनको, सर्दा किन मन दुख्यो ??
सहयात्री थे'नौ हामी संयोगको भेट थियो,
छुट्टीयौँ र तर्यौँ साँघु, तर्दा किन मन दुख्यो ??
मेरी थि'नौ कहिलै तिमी न त म नै तिम्रो हुँ,
पराईले भर्यो सिउँदो, भर्दा किन मन दुख्यो ??
अपरिचित झैँ बने बाध्यता त्याँ त्यस्तै थियो,
नदेखे झैँ गरेँ तिम्लाई, गर्दा किन मन दुख्यो ??
फुले पछी झर्नै पर्थ्यो झर्दा किन मन दुख्यो ?
सार्नै पर्थ्यो बास मनको, सर्दा किन मन दुख्यो ??
वाह !
ReplyDeleteशब्द अझ सतत बग्ने चयन भएको भए सिर्जना "ए वान" थियो ..
ReplyDeleteWaw nice gazal
ReplyDelete