अब अरु केही, केही, केही... चाहिँदैन


अब कुनै आन्दोलन चाहिँदैन, बन्द चाहिँदैन,
अब कुनै जुलुस चाहिँदैन, धर्ना चाहिँदैन,
अब कुनै सर्वहारा चाहिँदैन, प्रजातन्त्रवादी चाहिँदैन,
अब कुनै निरङ्कुस चाहिँदैन, समाजवादी चाहिँदैन,
अब कुनै नेता चाहिँदैन, कार्यकर्ता चाहिँदैन,
अब कुनै परिवर्तन चाहिँदैन, क्रान्ति चाहिँदैन,
अब कुनै संविधान चाहिँदैन, कानुन चाहिँदैन,
अब कुनै राहत चाहिँदैन, सुविधा चाहिँदैन,
अब कुनै बिकास चाहिँदैन, योजना चाहिदैन,
अब कुनै संघियता चाहिँदैन, राज्य चाहिँदैन,
अब कुनै शासक चाहिँदैन, शोषक चाहिँदैन,
अब कुनै सेना चाहिँदैन, सुरक्षा चाहिँदैन,
अब कुनै शान्ति चाहिँदैन, बैठक चाहिँदैन,
अब कुनै सहमति चाहिदैन, निर्णय चाहिँदैन,
अब कुनै नयाँ नेपाल चाहिँदैन,
सबै सबै पुगिसक्यो,
अब अरु कुनै मुर्ख्याई चाहिँदैन,
अब अरु केही केही केही... चाहिँदैन,
तर,
हामीलाई आफ्नै बनिबुतामा बाँच्न देऊ !

3 comments:

  1. कविताको पाठकलाई आकर्षित गर्ने शैली दमदार लागेन ...केहि हरफ पढ्दैमा आँखा हटाउन मन लाग्यो..

    ReplyDelete