''आमालाई नभन्नु नि है'' बा'ले ईस्टकोटको देब्रे खल्तीबाट रु पाँचको नोट् दिँदै भन्नु भो । कुरा त्यस्तै ५२\५३ साल तिरको हो। म घर नजिकैको प्राथमिक बिद्यालयमा पढ्थेँ। अघी पछी दैनिक २\३ रुप्पेमै बुझ्ने मन त्यो दिन रु पाँच लेखेको रातो नोट् देख्दा पहिले त केही सोच्नै सक्या होइन तर पछी मेरा आँखा झिलिक्क बलेका पो थिए कि खुशीले । अहिलेको १००\२०० रुप्पे भन्दा पनि बढी महत्व थियो उतिबेला त्यो पाँच रुप्पेको। पाँच रुप्पे बोक्न कि त दसैं कुर्नु पर्थ्यो,कि मावल पुग्नु पर्थ्यो, कि त घरमा वर्षौ पछी कोई नातेदार आईपुग्नु पर्थ्यो नत्र त ठुलै बाजी मार्नु पर्थ्यो। बाजी त मैले मारेकै थिए तर विपक्षी बिनाको बजी सजिलै मरेको थ्यो।
'हुन्छ' को भावमा टाउको हल्लाई बा'को हातबाट ट्याप्प पाँच रुप्पेको नोट् समातेर म स्कुल हान्निएँ।
नथापेको बाजी मारेको खुशीयालीमा बुरुक्क उफ्रेर स्कुल पुगेँ। बाटो उती लामो त थिएन तर अझ चाडै कटेको भान भयो अहिले सोच्दा लाग्छ सायद साथीहरुलाई रु पाँच देखाउँने हतारो पनि थियो कि। गाउँमा त्यो पनि हामी जस्ता बाहुलाले सिँगान पुछ्न नछोडेका केटाकेटीलाई पाँच रुप्पे नै मनग्ये थियो। आखिर किन्नु पनि त एक रुप्पेको चार वटा आउने डल्ले चकलेट भन्दा अरु के नै पो हुन्थ्यो र। तर पाँच रुप्पे हात लागेको दिनपनी के डल्ले चकलेट खानु र आज मो'र खाले ल्याक्टो खाम पाँचको दशवटा त आउँछ सबैलाई एकुन्ट पनि पुग्छ कक्षामा पुग्ने बितिक्कै दश जनाको सहमतीमा यो निर्णय पारीत भयो। अब समस्या थियो चकलेट किन्न को जाने ? म आँफै जाने त प्रश्नै उठ्दैनथ्यो कारण चकलेट भएको पसल घर मेरो आफ्नै थियो। जो सुकै पनि एकै जनाले रु पाँचको चकलेट किन्न जादाँ मेरी आमा खुब केरकार गर्नु हुन्थ्यो कारण कहिलेकही कतिका घरबाट चोरेर ल्याईने पैसा हुन्थ्यो । म बाहेक बाँकी नौ मध्ये एउटाले भन्यो पहिले उ गएर रु दुई बराबरको चार वटा चकलेट र रु तीन फिर्ता ल्याउने अनी लगत्तै पछी अर्को गएर रु तीनको छ वटा चकलेट ल्याउने । छलफलले निर्णय त गरिसकेको थियो अब केवल पर्खाई थियो त एक बज्ने र हाफट्यामको सिठी बज्ने।
म बाआमाकी कान्छी छोरी अझ बुढेसकालमा जन्मेकी । दाई काठमाडौँ तिर बस्नु हुन्थ्यो सानै देखी मैले उही दसैंमा झुलुक्क देख्थेँ २\४ दिन त्यत्ती हो। दाई मलाई दाई भन्दा बढी पाउना जस्तो लाग्थ्यो जो वर्ष दुइ वर्ष एकध पटक आइपुग्छ । दिदीले गाऊँको स्कुलको पढाई सकेर बजारमा अर्की दिदीको घरमा बसेर पढ्न थालेकी थीइन। घरमा बाआमा र म जम्मा तीज जना हुन्थ्यौ। आमा र बा मध्ये एक जना स्कुल सुरु भए देखी नछुटे सम्म पसल हेर्नु हुन्थ्यो भने अर्कोले वस्तुभाउको हेरचाह। म पुलपुलिएर हुर्केकी थिएँ। आमा बालाई भनिरहनु हुन्थ्यो कि 'धेरै सड्काउने हैन नि छोरीलाई, जे जे जती भन्यो त्यै त्यै दिएर।' तर बा सुनेको नसुन्यै गर्दिनु हुन्थ्यो। बाले मलाई दैनिक पैसा दिने र त्यो पैसा कुनै न कुनै तरिका अपनाएर पुन: चकलेट किनन आफ्नै घरमा आईपुग्ने कुरा आमालाई पनि थाहा नभएको त पक्कै होइन तर तर किन हो आमाले कहिलै थाहा पाए झैँ पनि गर्नु भएन। एक बज्ने बितिक्कै नौ जना मध्येको एउटा चकलेट किन्न कुद्यो। 'कस्ले पठा'को हाम्री नानीले त होइन नि ?' आमाले मुखै ताकेर सोध्नु भएछ । यता मैले पाठ पढाएर पठाएकी थिएँ कि ''पसलमा आमा भए कोल्ले पठा'को भन्नु हुन्छ अरु जस्ले पाठ'को भने पनि भन तर मैले चै नभन नि फेरी मर्लास', बा भए त सोध्नु हुन्न जा'। पाठ पठाउनु यस मानेमा जरुरी थियो कि कयौं पटक सत्य ओकलिएर पैसा मात्र दिने बादलामा चकलेट नआएको परिस्थिती हामीले भोगेका थियौ। 'होइन' भन्ने भावमा मुन्टो हल्लाएर चार वटा चकलेट र रु तीन बोकेर ऊ अाईपुगे पछी त्यही प्रकृया दोहोर्याएर रु पाँचको दशवटा ल्याक्टो चकलेटको 'टिफिन' खायो दश जनाको समुहले ।

No comments:
Post a Comment