गजल
छोड्नै पर्ने घर देश के थियो रहर कि कहर ?
ऐँठन पार्ने सपनी किन आउँछ हरेक प्रहर।
खै कसको लागि कुन खुसी खोज्दैछु म यहाँ,
मान्छेले मान्छेलाई मान्छे नगन्ने यो कस्तो शहर ?
अंनिदा आँखा र भोको पेटको पनि आश त हुन्छ नि,
किन हुन्छ जिन्दगी यो कसैलाई चैन कसैलाई बगर !
बुढाबुढी बाबा आमा बाटो हेर्छन् हिउँद बर्खैँ
कि साहारा छोराछोरी कि त पाए हुन्थ्यो जहर।
चाडवाड पात्रोमा आउँछ घर भित्र्याउने समय खै र ?
यौटा सकिदा दुइटा बढ्ने रक्तबीज जस्ता रहर।
No comments:
Post a Comment