हरेक साँझ,
सुस्तरी चलेको बतासले
तिम्रा गालाहरूमा हल्का स्पर्श गर्दा
तिमीलाई मेरो झझल्को आउँछ कि आउँदैन् ?
बुफ्यालो क्रिकको चिसो पानीमा
दुबै गोडा डुबाउँदा
तिम्रा पाइतालाहरूमा लाग्ने हल्का का उकुतीले
तिमीलाई मेरो झझल्को आउँछ कि आउँदैन् ?
शनिबारीय साँझ
सामुन्द्रिक किनारमा हात समातेर
बरालिएका जोडीहरु देख्दा
तिम्रो मनमा काउकुती लाग्छ कि लाग्दै न् ?
हरेक बिहान घाम उदाउनु भन्दा पैले
चराहरू ब्यूँझनु अघि
तिम्रा यादले सताउँछन् मलाई।
ओ पहाडी गुराँस !
तिमीलाई सञ्चै छ ?
अनि तिमीले भित्र्याउने नयाँ वर्ष?
हेप्पी न्यू इयर पहाडी गुराँस।