"हजुरको "


पवन सँग साइनो गाँस्ने बातै मीठो हजुरको!!
छडके नजर हेरिदिदाँ मातै मीठो हजुरको!!


एकान्तमा कानेखुशी हजुरको बानी देख्दा,
अन्त कतै हेरिदिदा घातै मीठो हजुरको!!


अनायासै आँधी चली कतै टाढा भएपनि,
अमूल्य सम्झनाको खातै मीठो हजुरको!!


बैशाखी ती वेग सँगै कतै टाढा पुग्न आँटे,
साहारा दिन आए हातै मीठो हजुरको!!


फुल अनि भमराको सम्बन्ध बुझेरनै,
अघि अब बढन सके नातै मीठो हजुरको!!

यस्तै छ यहाँ ??????


कसैलाई आफ्नो सोच्नु हुन्न यहाँ जसलाई आफ्नो सोच्यो उसैले आफुलाई सबै भन्दा ठुलो शत्रु मानिरहेको हुन्छ तर हामी थापाएर पनी नपाएको जस्तो गर्नु परेको छ !! 
हाँसो त केही दिन को साथी मात्रै रहेछ वास्तवमा जिंन्दगी त केवल आँशु को खेल न रहेछ
सायद थोरे मात्र ख़ुशी ले पनी काहाली लाग्दो दुख लाई धुन नै पर्दों रहेछ !!