"हजुरको "


पवन सँग साइनो गाँस्ने बातै मीठो हजुरको!!
छडके नजर हेरिदिदाँ मातै मीठो हजुरको!!


एकान्तमा कानेखुशी हजुरको बानी देख्दा,
अन्त कतै हेरिदिदा घातै मीठो हजुरको!!


अनायासै आँधी चली कतै टाढा भएपनि,
अमूल्य सम्झनाको खातै मीठो हजुरको!!


बैशाखी ती वेग सँगै कतै टाढा पुग्न आँटे,
साहारा दिन आए हातै मीठो हजुरको!!


फुल अनि भमराको सम्बन्ध बुझेरनै,
अघि अब बढन सके नातै मीठो हजुरको!!

No comments:

Post a Comment