म, तपाइँ र हामी आधुनिक मान्छे

 के  भनेर सोध्नुहोला ? 

फोटोः गुगल
जिन्दगी ठिक ठिकै छ। 

मन एक्लिएर के भो  

फेसबुकमा दुइ चार सय साथी छन्

प्रोफाइलको भित्र भित्र खोतलेर साथ दिन्छन्,

मेरा दुखमा दुखी भए झैँ गर्छन्,

खुसीमा साथ दिए झैँ हुन्छन् 

 ती फेरी फेसबुकमै हराउँछन्।  


 

मेसेजमा के  लेखेर भेटहुदाँ मुन्टो बटार्ने

झुक्किएर देखियो भने  आँखा अन्तै बिसाउँने 

फेसबुकमा आहाअनि मनमा असन्तोष बोकी

जिन्दगीको बोझले असिनपसिन

टुइटर  इन्साको चौतारीमा 

छ्यस्छ्यास्ती भेटिने 

आजका आधुनिक मान्छेहरु। 

 

चियो चर्चो नगरौँ भन्दापनि 

यो फेसबुक केही लुकाउँदैन  

ब्यूँझनु पहिल्यै याद बनेर आउँने 

यो कस्तो माया हो जतिबेला सँगै हुन रहर लाग्ने ? 

यौटा आँखा चिम्लेर किन नहोस् 

ब्यूझनु अधि फेसबुक खोतल्छु , 

-कसले नयाँ फोटा अपडेटेड गरेछन्

कस्का घरमा के के पाकेछ

को कोले के के खाएछन् ? 

जानकारी लिन्छु  छुट्टीको दिन हो भने  फेरी सुत्छु। 

हैन भने काममा कुद्छु 

किनकी  आधुनिक मान्छे। 

 

चुलो चिसै  घरको

पकाउने जाँगर खै  मनको ? 

साथिहरु पकवानको फोटा हाल्छन्

फेसबुक भरी देखाउँछन् आफैँ खान्छन्

मलाई बोलाउँदैनन्। 

घुम्न जान्छन् फोटा खिच्छन्

नाँच्छन् गाउँछन् 

अनेक गर्छन् फेसबुकमै  देखाउँछन् 

तर के  भनेर कहिल्यै सोध्दैनन् 

किनकी उनीहरू आधुनिक मान्छे। 

 

साथीभाइका कुरा छोडौँघरघरका कुरा जोडौँ

व्यक्ति व्यक्तिका कुरा खोतलौँ।  

फेसबुकमा अनलाईन देखियो

सञ्चै होला भन्ने बुझियो। 

समाजिक सञ्जालले तपाइँलाई जिउँदो प्रमाण गर्दियो

किन गर्नु फोन किन मेसेज लेख्नु

हरियो बत्ति बलेकै छ। 

उसको जिन्दगी चलेकै ,

सोधखोज गर्ने फुर्सद कहाँ   ?

 

 हजुर कता ? 

दिनभरी हाकिमका गनगनले

असारको गोरू चै थाकेर घर फर्किदाँ

जहान ढुस्स मुख पर्नेआँखा तर्ने  

भन्ने  हजुर कता ?

यौटा टिकटक बनाउँ  है। 

आत्मसमर्पण गर्नै पर्यो

अरअरो कम्मर पनि भाँच्नै पर्यो 

बुढा/बुढीलाई  खुशी राख्नै पर्यो। 

किनकी तपाइँ आधुनिक मान्छे। 

 

रोमान्टिक फोटा खिचौँ फेसबुकमा राखौँ   कमेन्ट गनम। 

बरु भरे ओछ्यानमा ढाड किन नफर्कियोस् 

कसैले देख्दैन्केही फरक पर्दैन् 

तर रोमान्टिक फोटा सबैले देख्नैपर्छ

पर्फेक्ट कमेन्ट आउनै पर्छ 

अझ भनौँ  फेसबुकमा जोइपोइले गाला जोड्नै पर्छ। 

गाला जोडेको फोटो सबैले हेर्नै पर्छ। 

किनकी हामी आधुनिक मान्छे। 

 

कसैलाई फेसबुकमा फोटा चाहियो

कसैलाई टिकटकमा भिडियो 

कसैलाई चिया खाजा  शान्ती चाहियो 

तर चाहियो चाहियो भनेर सबै कहाँ पाइयो। 

 

 खुशी छु कि छैन जान्दिन 

 खाली छु कि भरी त्यो पनि भन्दिन। 

तर  आधुनिक भने पक्कै छु। 

यो मन खाली भएर के भो  ? 

 सँग फेसबुक  टुइटर  अनि 

टिकटक पनि  

ती सबै फोटा  भिडियोले भरिपूर्ण छ। 

 

दशैँ

शारदीय लालिमा बोकेर घाम दैलोमा आइपुग्दा,
खेतका धान झुल्छन्, 
बारीमा कोदो फुल्छन् 
सुक्सुकाउँदो आँगन छेऊमा 
सयपत्री र मखमली कोपिला मुस्काउँदा पनि 
यो मनमा दशैँ किन भित्रिदैन कुन्नी? 
 
साँच्चै नढाँटी भन्नुस् त तपाइको मनमा ‘दशैँ’ नआएको कति भयो? 
देखाउन कै लागि मान्ने दशैँ 
र पात्रोमा आएर जाने दशैँको भो हिसाब नगरौँ ! 
लौ न ए हजुर, 
नढाँटी भन्नुस् त तपाइको मनमा ‘दशैँ’ नआएको कति भयो? 
यो मनमा दशैँ उदाउन छोडेको त वर्षौ पो भइसकेछ।
 
मेरो मनको दशैँ कसरी आउँथ्यो था’छ ? (सुन्न मन छ?) 
लौ सुन्नुस् है 
दशैँ त उत्साह र उमङ्ग सँगै आउन पर्थ्यो, 
वर्ष दिन व्यग्र भएर, 
औला भाँची भाँची दिन गनेर 
अझैँ भन्दा, 
दशैँले त्यो आकाशे रङको सर्ट र गाढा निलो फ्रक लिएर आउन पर्थ्यो। (याद छ नि है? ) 
 मेरो दशैँले लाहुरे घर फर्काउन पर्थो, 
बाटाघाटा र घर रङ्ग्याउन पर्थ्यो 
रातो माटे डाँडाँमा आमा भाउजुहरुको कल्याङमल्याङ सुनिन पर्थ्यो। 
खै त ? 
 
उता गाउँ सुनसान छ रे। 
आफन्तहरु नभेट्नु भन्ने खबर छ। 
छर छिमेकी टाढै बस्ने नियम छ।
 न दोबाटामा पिङ छ, 
न मनमा शरदको उमङ्ग ? 
यो कस्तो दशैँ हो हजुर ? 
यता परदेशीका टिकट क्यान्सिल, 
उता बा आमाको मन सिथिल। 
 
आकाशे रङको सर्ट र गाढा निलो फ्रक 
दोबाटाको पिङ सिनित्त बाटाघाटा, 
अब फेरी त्यो दशैँ कहिले आउँला खै? 
आउँला कि नआउला ?
घडी उल्टो घुमाएर आउने भए 
म त्यो बालापन र त्यै दशैँमा पुग्थेँ। 
जहाँ म बा लाई घुर्क्याउँथेँ 
अनि त्यै स्कुले सर्ट फ्रक लाएर मावल जानु ? 
खै नयाँ लुगा ?
 
 समय फेरियो दशैँ फेरियो 
म फेरिएँ लुगा पनि धेरै फेरियो 
तर मलाई त्यै आकाशे सर्ट र फ्रकसँगको दशैँमात्र मात्रै यादमा रहिरह्यो 
र रहिरहनेछ।

मेरो संसारको सूर्य


समयको क्रुर पन्जामा 

छट्पटिएको दुइ मन,

यौटा यहाँ 

अर्को सात समुद्र पार। 

मेरो संसारको बुढो सूर्य 

जसको न्यानोपनले  मेरो बाल्यकाल अद्वितीय बन्यो।

मेरो यौवन स्वतन्त्रत झल्मलायो,

जीवन थाक्न खोज्दा 

बिसाउने चौतारी ,

अनि जिन्दगी सँग लड्ने साहस र शीतलता दियो। 


सृष्टिको नियम हो,

बादल, वर्षा, उदाउनु  अस्ताउनु

 पनि यो मन कामना गर्छ

सृष्टिको नियम भङ्गै होस्

तर 

मेरो घामले कहिल्यै अस्ताउँन नपरोस्।