तिम्रो मेरो प्रेम कथा,

सधैं दुख्ने पाटो बन्यो तिम्रो मेरो प्रेम कथा,
नटुग्गिने बाटो बन्यो तिम्रो मेरो प्रेम कथा!!

प्रतिशोध पुरानै त्यो तिम्रो मनमा अटल रै छ,
फेर्यौ मलाई साटो बन्यो तिम्रो मेरो प्रेम कथा!!

दुनियाँ हो किन छोड्थ्यो थोरै ठाउँ पाए पछी,
नमेटिने टाटो बन्यो तिम्रो मेरो प्रेम कथा!!

चह्रयाउछन घाउ हरु मुटु माझ सधैं भरी,
उप्किरहने खाटो बन्यो तिम्रो मेरो प्रेम कथा!!

अग्लिएथ्यो माया सगर छुने अभिलाशामा,
भुई झार्ने भाटो भयो तिम्रो मेरो प्रेम कथा!!

2 comments:

  1. राम्रो लाग्यो , दोस्रो सेरमा रदिफको कथा छुटेको रहेछ ,धेरै सेरहरुमा मिटर नमिल्दो पाएँ मतला कै आधारमा अरु सेरहरुलाई पनि बगाउनु भयो भने गज्जब हुन्थ्यो । भाव ,लेखनशैली राम्रो लाग्यो ।

    ReplyDelete
  2. गजल मिठो छ। बनौटका कुरा दिनेशजीले गरिसक्नुभएकै छ।

    ReplyDelete