कविता:-छरपस्ट सपनाहरु...

मनको कुनामा,
बर्षौ देखी को रहर,
कतै टाढा पुगेर सुन्दर संसार बसाउने,
तर,
कहिलै कल्पना सम्म नगरेको
र ,
सोच्न सम्म पनि नभ्याएको ,
निर्दयी समयले उस्लाई सिकार बनायो,
उल्टो हिंडेर,
आफ्नो सक्कली रुप देखायो,
एका एकै...
अनवरत...
एक माथि अर्को गर्दै
आफ्ना थप्पडहरु बर्षायो,
अनी
टुट्यो रहर,टुक्रियो मन,
छरपस्ट सपनाहरु....

चाहे अरुको तोडेरै किन नहोस्,
आफ्नो रहरहरु
आफ्नो मनहरु
पुर हुनै पर्‍यो,,
यो अहंम..
कुन्नी कहिले देखी पालेर हो ,
कसैले थाहै नपाउने गरी
भित्र भित्रै ,
एक्लै एक्लै,
सबैका रहरहरु...
मनहरु...
सपनाहरु...
सुटुक्क सखाप पारेर,
आफु मस्त हुँदै सबै का सामु
पून:
दुधले नुहाएर आउँछ
तर,
के थाहा निर्दयीलाई
मनहरु दुखेको...
रहरहरु पोखिएको...
अनी,
जता ततै छरपस्टिएका सपनाहरु,
र ,
तिनका दु:ख नबुझिदिँदा ,
टुट्यो रहर,टुक्रियो मन,
छरपस्ट सपनाहरु....

No comments:

Post a Comment