दोष कस्लाई दिने ?


चाहेर पनि
नचाहे जस्तै,
देखेरै पनि
नदेखे जस्तो,
आफ्नै मन मारेर
पल पल जिउदै
अनी ,
पल पलमा मर्दै
रहरका कुरा त खै के गर्नु र?
मेरा रहर,
अनी,सपनाहरु
छरपस्ट पारेर
धेरै पहिले नै छरिसकेको छु
त्यो खाली चौर भरी
एक मुठी निला फूलहरुको साथमा !
दोष कस्लाई दिने ?
तिमीलाई
कि,
मलाई
या यो समयलाई
जस्ले पटक्कै बुझ्दैन
वा,
बुझ्न चाहँदैन
कि,
बुझेर पनि अबुझ बन्छ?
तिम्रो रहर
मेरो सपना
अनी,
हाम्रो भविष्य !!

2 comments:

  1. दोष त्यो बन्धनको हो...
    जुन सम्बन्धबिचमा कोरिएको थियो...

    दोष त्यो मुटुको हो...
    जसको कारणले बन्धन फोरिएको थियो...

    ReplyDelete
  2. दोष पाउने दोषी त्यही हो जसले सदैव जानेर बुझेर गरेका गल्तीको स्वीकार गर्दैन । जो सुगन्धित फूलमा क्षणिक रस पल्किएको भमराको रूपमा रहन्छ ।
    गोर्खेसाइँलो
    www.pallawa.com.np सञ्चालक ।

    ReplyDelete