गजल ''नभन्नु है सानु''

मिलनकै कथा बुन्छु नभन्नु है सानु 
तिमीलाई सम्झी रुन्छु नभन्नु है सानु । 

हराए झै लक्ष्य लुटिएझै खुशी सारा 
म पागल प्रेमी हुन्छु नभन्नु है सानु । 

खुशी दिन्छु सधैं, आँसु मेरै भाग पार्छु 
मनको पीर् एक्लै फुन्छु नभन्नु है सानु । 

जुनतारा झार्ने, प्रेमिल कुरामा आई 
हेर म आकाश छुन्छु नभन्नु है सानु ।


मिलनकै कथा बुन्छु नभन्नु है सानु 
तिमीलाई सम्झी रुन्छु नभन्नु है सानु । 

No comments:

Post a Comment