खुशी मिल्छ भने डाँडै,काटेर जाऊ !
मन मुटु अन्त कतै,साटेर जाऊ !!
मुटु मिले सोच मिले तन मिल्दैथ्यो
(आवाज् मिले धड्कन् मिले तन नि मिल्दैथ्यो,)
धोकेवाज् न पर्यौ आखिर फाटेर जाऊ !!
जुट्ला साथ बस्ला माया मन मिले त,
प्रेमील् डोरी नौला-नौला,बाटेर जाऊ !!
रच्दै छौ रे नयाँ नाता हल्ला चल्या छ,
थाहा छैन भनी अझै, ढाँटेर जाऊ !!
बाग बिच असुरक्षित 'मञ्जरी' देख्दा,
यता उती झारपात काँडा,छाँटेर जाऊ !!
सुमनजी,
ReplyDeleteयहाँ नेपालीमनहरूमा प्रव्रेश गरेपछि म पनि सुमन मंजरीको मनको कुनाकुना चाहर्न थाले ।
यो गजलको भाव राम्रो छ तर पदावली मिलाउनका लागि पदहरूको अलि अनुपयुक्त प्रयोग भएको हो कि जस्तो लाग्यो । राम्रो लेख्ने सम्भावना देखेँ । अलिकति ध्यान दिनु भयो भने पक्कै पनि पाठकको मन जित्न सक्नु हुने छ । जस्तो दोस्रो शेरमा
आवाज् मिले धड्कन् मिले तन नि मिल्दैथ्यो, को सट्टा
मन मिले मुटु मिले तन नि मिल्दथ्षो अथवा बोली मिले जस्ता पदहरू राखी निर्माण गर्न सके समान पद, समान स्वरले गजललाइ मीठास र लयमा एकरूपता ल्याउन सक्थ्यो जस्तो लाग्छ । हुन त म पनि सिकारू नै हुँ, सिक्दैछु । तर लेखनमा शब्द चयनले धेरै ठूलो महत्व राख्छ सुमन जी । अन्यथा नलिनु होला है । धन्यवाद ।
http://www.nepalimanharu.com/
शिव प्रकाश जी यहाँ प्रती आभारी छु भर्खरै मात्र गजल लेखन तर्फ लागेकी मलाई हजुरको को सुझाब सल्लाह वरदानै सवित हुनेछ कारण मैले आफुलाई अझै निखार्ने मौका पाऊँने छु यहाँको सल्लाह अनी मेरो आफ्नो सोच अनुरुप ''आवज मिले धड्कन् मिले तन नि मिल्दैथ्यो'' यसलाई ''मुटु मिले सोच मिले तन मिल्दैथ्यो'' बनाएँ आगामी दिनहरुमा पनि यस्तै यस्तै सल्लाहको अपेक्षा....
ReplyDelete