गजल


अर्कैको हुन्छौ रे तिमी !
पराई बन्छौ रे तिमी !!

मेटाई हाम्रो साईनो...
अन्त नै सर्छौ रे तिमी !!

भुलु कि अब त भनी...
मनमा गुन्छौ रे तिमी !!

जीवन भर नसम्झी ...
मलाई भुल्छौ रे तिमी !!

सुमन् को साथ छोडेर...
टाढा गै फुल्छौ रे तिमी !!!

No comments:

Post a Comment