गजल -आफ्नो पाएँ


मुटुभित्र खोजी हेर्दा, तिमीलाई आफ्नो पाएँ,
त्यसैले त जूनी काट्ने, साँचो माया मैले लाएँ !!

दिन्छु माया हुन्न घात,बाचा गर्यौ सधैंलाई,
साँच्चै चोखो मन देखी, मैले पनि कसम् खाएँ !!

जानाजानी सताउथ्यौ, यताउती छेल्लिएर,
भेट्न सागर खोला झैँ,यत्रतत्र मैले धाएँ !!

साथ तिम्रो स्विकार्य भो,अन्त नजर् लाउदिन् भो,
सहयात्रा गर्छु भनी,आँट अब गरी आएँ !!

मुटुभित्र खोजी हेर्दा, तिमीलाई आफ्नो पाएँ,
त्यसैले त जूनी काट्ने, साँचो माया मैले लाएँ !!

1 comment:

  1. सायदै कमै होलान मायाका कुरा गर्दा मन नपराउनेहरु .....अनि पोस्टमा प्रस्तुत भएको भाव र फोटोले निकै मन तानी रह्यो ! सुमन जी एउटा कुरा भने है -- तपाइ यति राम्रो सर्जक हुनु हुन्छ, अनि यी गजलहरुमा टाउको जोड्ने (टाइटल राख्न ) छाड्नु भए अझ राम्रो हुने थियो कि ? गजल लाइ फुली नलगाइदिएकै राम्रो भन्छन ! कि कसो ? बरु सजिलो को लागि गजको नम्बर (१) / (२)...गर्दे राख्न पनि सक्नु हुन्छ !

    अनि अर्को कुरा तपाइको यो ब्लगको कमेन्ट सेटिंग मिलाउनु होला किन भने गुगलमा लग इन नभई कमेन्ट गर्न सकिदैन ! मिल्ने बनाउनु भए बेस हुने थियो !

    ReplyDelete